किराती र तिवारीले के पाए नयाँ पार्टी ?

  • असार २५, २०७८
  • १,८१८ पटक पढिएको
  • छाल खबर

छाल खवर
काठमाडौं ,२५असार ःगोपाल किराती र सन्ध्या तिवारीले पार्टीको नाम परिवर्तन गरेकाछन् ।

सर्वोच्च अदालतले नेकपाका रुपमा एक भएको पूर्वमाओवादी र पूर्वएमालेलाई पूर्ववत रुपमा फर्काइदिएपछि उक्त नाममा दल दर्ता गरेका गोपाल किराती र सन्ध्या तिवारीले आफ्नो पार्टीको नाम फेरेका हुन् ।

निर्वाचन आयोगमा नेकपा माओवादी केन्द्र दलका रुपमा दर्ता गरेका किरातीको नयाँ पार्टीको नाम एकीकृत नेपाल कम्युष्टि पार्टी र नेकपा एमाले भनेर दल दर्ता गरेकी तिवारीले पार्टीको नाम जनता जनवादी पार्टी (जजपा) राखेका छन् ।

सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपालाई विभाजन गराई पुरानै माओवादी र एमाले ब्युँताइदिएपछि किराती र तिवारीको पार्टी पनि खारेज हुन पुगेको थियो । त्यसपछि निर्वाचन आयोगले दुवैलाई पत्र लेखेर पार्टीको नाम फेर्न भनेको थियो ।

दुवैले पार्टीको नाम सच्याए पनि किरातीले भने पार्टीको चुनाव चिन्ह फेरेका छैनन् ।

यसअघि हसियाँ हथौडा नै कायम रहेको थियो । सर्वोच्चले पूरानै माओवादी ब्युँताएपछि त्यो चुनाव चिन्ह उनले प्रयोग गर्न पाउँदैनन् ।

तिवारीले भने पार्टीको नाम राख्दै पार्टीको चुनाव चिन्ह साविककै डाँडामाथिको उदाउँदो सूर्य राखेका छन् ।

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic