किराती र तिवारीले के पाए नयाँ पार्टी ?

  • असार २५, २०७८
  • १,७८४ पटक पढिएको
  • छाल खबर

छाल खवर
काठमाडौं ,२५असार ःगोपाल किराती र सन्ध्या तिवारीले पार्टीको नाम परिवर्तन गरेकाछन् ।

सर्वोच्च अदालतले नेकपाका रुपमा एक भएको पूर्वमाओवादी र पूर्वएमालेलाई पूर्ववत रुपमा फर्काइदिएपछि उक्त नाममा दल दर्ता गरेका गोपाल किराती र सन्ध्या तिवारीले आफ्नो पार्टीको नाम फेरेका हुन् ।

निर्वाचन आयोगमा नेकपा माओवादी केन्द्र दलका रुपमा दर्ता गरेका किरातीको नयाँ पार्टीको नाम एकीकृत नेपाल कम्युष्टि पार्टी र नेकपा एमाले भनेर दल दर्ता गरेकी तिवारीले पार्टीको नाम जनता जनवादी पार्टी (जजपा) राखेका छन् ।

सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपालाई विभाजन गराई पुरानै माओवादी र एमाले ब्युँताइदिएपछि किराती र तिवारीको पार्टी पनि खारेज हुन पुगेको थियो । त्यसपछि निर्वाचन आयोगले दुवैलाई पत्र लेखेर पार्टीको नाम फेर्न भनेको थियो ।

दुवैले पार्टीको नाम सच्याए पनि किरातीले भने पार्टीको चुनाव चिन्ह फेरेका छैनन् ।

यसअघि हसियाँ हथौडा नै कायम रहेको थियो । सर्वोच्चले पूरानै माओवादी ब्युँताएपछि त्यो चुनाव चिन्ह उनले प्रयोग गर्न पाउँदैनन् ।

तिवारीले भने पार्टीको नाम राख्दै पार्टीको चुनाव चिन्ह साविककै डाँडामाथिको उदाउँदो सूर्य राखेका छन् ।

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic