नौलो बस्ती जोगाउन किशोर राईको सहयोग

  • असार २६, २०७८
  • ७,९२४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२५असार ः नेपाली कांग्रेसका जिल्ला सदस्य तथा धरानका पूर्व नगर सभापति,समाजसेवि किशोर राईले वस्ति संरक्षणका लागि तारजाली प्रदान गरेकाछन्

राईले शनिवार धरान–१६ स्थित नौलो बस्तीमा पुगेर खोला कटान नियन्त्रणका लागि तारजाली दिएका हुन् ।

राईले बस्तीमै पुगेर स्थानीयलाई ३६ थान तारजालीर त्यसमा ढुंगा भर्नका लागि नगद १० हजार नगद समेत प्रदान गरेका थिए । तारजाली पाए पश्चात स्थानीय उत्तम कार्कीले किशोर राईलाई धन्यवाद दिदै वस्ति संरक्षणमा केही मात्रामा भएपनि टेवा पुगेको वताए ।

ppppppp

धरानका खोला स्थायी रुपमा तटबन्धन गरेर बस्ती सुरक्षित गर्नुपर्ने राईले जोडदिएकाछन् ।

राईले आफुले सकेको सहयोग धरानबासीकालागी सधै गरिरहने प्रतिबद्धता व्यक्त गरेकाछन् ।

राईले कोरोना संक्रमणका कारण लकडाउन भएको समयमा पनि खोला किनारका विपन्न परिवारलाई राहत वितरण गर्नुका साथै विपन्न वस्तिमा स्वास्थ्य सामाग्री वितरण गरेका थिए भने निःशुल्क एम्वुलेन्स सेवा समेत सञ्चालन गरेका थिए ।

सर्दु खोलाले कटान गर्न थालेपछि स्थानीयबासी चिन्तित बनेका छन् । वर्षेनी खोलामा आउने वाढीले वस्तिलाई क्षति गर्ने गरेको छ । स्थायी तटवन्ध निर्माणमा स्थानीय निकायले खासै चासो दिने गरेको छैन ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic