नौलो बस्ती जोगाउन किशोर राईको सहयोग

  • असार २६, २०७८
  • ७,९४३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२५असार ः नेपाली कांग्रेसका जिल्ला सदस्य तथा धरानका पूर्व नगर सभापति,समाजसेवि किशोर राईले वस्ति संरक्षणका लागि तारजाली प्रदान गरेकाछन्

राईले शनिवार धरान–१६ स्थित नौलो बस्तीमा पुगेर खोला कटान नियन्त्रणका लागि तारजाली दिएका हुन् ।

राईले बस्तीमै पुगेर स्थानीयलाई ३६ थान तारजालीर त्यसमा ढुंगा भर्नका लागि नगद १० हजार नगद समेत प्रदान गरेका थिए । तारजाली पाए पश्चात स्थानीय उत्तम कार्कीले किशोर राईलाई धन्यवाद दिदै वस्ति संरक्षणमा केही मात्रामा भएपनि टेवा पुगेको वताए ।

ppppppp

धरानका खोला स्थायी रुपमा तटबन्धन गरेर बस्ती सुरक्षित गर्नुपर्ने राईले जोडदिएकाछन् ।

राईले आफुले सकेको सहयोग धरानबासीकालागी सधै गरिरहने प्रतिबद्धता व्यक्त गरेकाछन् ।

राईले कोरोना संक्रमणका कारण लकडाउन भएको समयमा पनि खोला किनारका विपन्न परिवारलाई राहत वितरण गर्नुका साथै विपन्न वस्तिमा स्वास्थ्य सामाग्री वितरण गरेका थिए भने निःशुल्क एम्वुलेन्स सेवा समेत सञ्चालन गरेका थिए ।

सर्दु खोलाले कटान गर्न थालेपछि स्थानीयबासी चिन्तित बनेका छन् । वर्षेनी खोलामा आउने वाढीले वस्तिलाई क्षति गर्ने गरेको छ । स्थायी तटवन्ध निर्माणमा स्थानीय निकायले खासै चासो दिने गरेको छैन ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic