माओवादी केन्द्र बैधानिक रहेको निर्वाचन आयोगको भनाई

  • असार २७, २०७८
  • २,८७३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं,२७ असार ः नेकपा (माओवादी केन्द्र) वैधानिक भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगमा माओवादी केन्द्र विघटन गर्नुपर्ने माग गरी दर्ता निवेदन परेपछि आयोगले छानविन गरी वैधानिक भएको जानकारी गराएको हो ।

आयोगले विघटन गर्नुपर्ने मागको निवेदनलाई खारेज गरेको छ ।

माओवादी केन्द्रविरुद्ध परेको निवेदनमाथि आइतबार निर्वाचन आयोगले छानविन गरेको थियो ।

माओवादी विघटन गर्नुपर्ने माग गरी दर्ता भएको निवेदन खारेज गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएकाछन् ।

श्रेष्ठका अनुसार माओवादी केन्द्र वैधानिक रहेको आयोगले ठहर गरेको छ।नेकपा (एमाले)मा प्रवेश गरेका पूर्वमाओवादी नेताहरूका तर्फबाट अधिवक्ता सरोज बुढाथोकीले माओवादीविरुद्ध आयोगमा निवेदन दिएका थिए।

उनले पुष्पकमल दाहाल नेतृत्वको नेकपा (माओवादी केन्द्र)को वैधानिकतामा प्रश्न उठाउदै खारेज गर्न माग गरेका थिए।
टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा र गौरीशंकर चौधरीले आयोग पुगेर निवेदनमाथि छानविन गर्न माग गरेका थिए।

नेपालको संविधान, प्रचलिन कानून, राजनीतिक दल सम्बन्धी ऐन र उपलब्ध तथ्यहरूका आधारमा माओवादी केन्द्र वैधानिक रहेको आयोगले ठहर गरेको प्रवक्ता श्रेष्ठको भनाई रहेको छ ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic