माओवादी केन्द्र बैधानिक रहेको निर्वाचन आयोगको भनाई

  • असार २७, २०७८
  • २,८३७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं,२७ असार ः नेकपा (माओवादी केन्द्र) वैधानिक भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगमा माओवादी केन्द्र विघटन गर्नुपर्ने माग गरी दर्ता निवेदन परेपछि आयोगले छानविन गरी वैधानिक भएको जानकारी गराएको हो ।

आयोगले विघटन गर्नुपर्ने मागको निवेदनलाई खारेज गरेको छ ।

माओवादी केन्द्रविरुद्ध परेको निवेदनमाथि आइतबार निर्वाचन आयोगले छानविन गरेको थियो ।

माओवादी विघटन गर्नुपर्ने माग गरी दर्ता भएको निवेदन खारेज गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएकाछन् ।

श्रेष्ठका अनुसार माओवादी केन्द्र वैधानिक रहेको आयोगले ठहर गरेको छ।नेकपा (एमाले)मा प्रवेश गरेका पूर्वमाओवादी नेताहरूका तर्फबाट अधिवक्ता सरोज बुढाथोकीले माओवादीविरुद्ध आयोगमा निवेदन दिएका थिए।

उनले पुष्पकमल दाहाल नेतृत्वको नेकपा (माओवादी केन्द्र)को वैधानिकतामा प्रश्न उठाउदै खारेज गर्न माग गरेका थिए।
टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा र गौरीशंकर चौधरीले आयोग पुगेर निवेदनमाथि छानविन गर्न माग गरेका थिए।

नेपालको संविधान, प्रचलिन कानून, राजनीतिक दल सम्बन्धी ऐन र उपलब्ध तथ्यहरूका आधारमा माओवादी केन्द्र वैधानिक रहेको आयोगले ठहर गरेको प्रवक्ता श्रेष्ठको भनाई रहेको छ ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic