१० बुँदे सहमतिलाई सबैले इमान्दारीपूर्वक कार्यान्वयन गर्न भीम आचार्यको सुझाव

  • असार २८, २०७८
  • १५४ पटक पढिएको
  • छाल खबर

छाल खवर
काठमाडौं,२८ असारः नेकपा एमालेका केन्द्रीय सचिव भीम आचार्यले १० बुँदे सहमतिलाई इमान्दारिताका साथ कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

केही समयदेखि पार्टी एकताका पक्षमा खटिएका आचार्यले कार्यदलले तयार गरेको १० वुँदे सहमतिालाई अक्षरंश कायान्वयन गर्दै पार्टी एकता जोगाउनु पर्ने वताएका हुन् ।

आइतवार राति ओली र नेपाल पक्षको कार्यदलस्तरमा भएको सो सहमतिप्रति आफू सन्तुष्ट रहेको आचार्यले वताएकाछन् ।

आचार्यले १० वु‘दे सहमति नेकपा एमालेको भविष्य,स्थायित्व, वामपन्थी आन्दोलन, जनता, राष्ट्र सबैको लागि अपरिहार्य रहेको र त्यसप्रति आफू पूर्ण सन्तुष्ट रहेको उल्लेख गरेकाछन् ।

सहमतिको पालना सबैले इमान्दारितापूर्वक गर्ने अपेक्षा लिएको समेत उनको भनाई रहेको छ । कसैको नियतप्रति म शंका गर्न चाहन्न । सबैले इमान्दारितापूर्वक पालना गर्नु होला भन्ने अपेक्षा मैले राखेको छु आचार्यले भने । १० बुँदे सहमतिमा कसको के नियत छ भन्नेतिर नजान उनले नेता–कार्यकर्ताहरुलाई आग्रह गरेकाछन् । 

अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षका पाँच–पाँच जना नेताहरु सम्मिलित कार्यदलले १० बुँदे सहमति जुटाएको थियो ।

कार्यदलमा अध्यक्ष ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल तथा नेपाल पक्षबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त सदस्य थिए ।

यो सहमतिले मुलुकभरका नेता तथा कार्यकर्ताहरु उत्साहित वनेकाछन् । कार्यकर्ताहरुले छिदै खुशीयालीका साथ घरघरमा दिपावलि मनाउन पाइने आसा रहेको वताएकाछन् ।

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic