१० बुँदे सहमतिलाई सबैले इमान्दारीपूर्वक कार्यान्वयन गर्न भीम आचार्यको सुझाव

  • असार २८, २०७८
  • १२६ पटक पढिएको
  • छाल खबर

छाल खवर
काठमाडौं,२८ असारः नेकपा एमालेका केन्द्रीय सचिव भीम आचार्यले १० बुँदे सहमतिलाई इमान्दारिताका साथ कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

केही समयदेखि पार्टी एकताका पक्षमा खटिएका आचार्यले कार्यदलले तयार गरेको १० वुँदे सहमतिालाई अक्षरंश कायान्वयन गर्दै पार्टी एकता जोगाउनु पर्ने वताएका हुन् ।

आइतवार राति ओली र नेपाल पक्षको कार्यदलस्तरमा भएको सो सहमतिप्रति आफू सन्तुष्ट रहेको आचार्यले वताएकाछन् ।

आचार्यले १० वु‘दे सहमति नेकपा एमालेको भविष्य,स्थायित्व, वामपन्थी आन्दोलन, जनता, राष्ट्र सबैको लागि अपरिहार्य रहेको र त्यसप्रति आफू पूर्ण सन्तुष्ट रहेको उल्लेख गरेकाछन् ।

सहमतिको पालना सबैले इमान्दारितापूर्वक गर्ने अपेक्षा लिएको समेत उनको भनाई रहेको छ । कसैको नियतप्रति म शंका गर्न चाहन्न । सबैले इमान्दारितापूर्वक पालना गर्नु होला भन्ने अपेक्षा मैले राखेको छु आचार्यले भने । १० बुँदे सहमतिमा कसको के नियत छ भन्नेतिर नजान उनले नेता–कार्यकर्ताहरुलाई आग्रह गरेकाछन् । 

अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षका पाँच–पाँच जना नेताहरु सम्मिलित कार्यदलले १० बुँदे सहमति जुटाएको थियो ।

कार्यदलमा अध्यक्ष ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल तथा नेपाल पक्षबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त सदस्य थिए ।

यो सहमतिले मुलुकभरका नेता तथा कार्यकर्ताहरु उत्साहित वनेकाछन् । कार्यकर्ताहरुले छिदै खुशीयालीका साथ घरघरमा दिपावलि मनाउन पाइने आसा रहेको वताएकाछन् ।

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic