एकीकृत शहरी विकास आयोजनालाई रकम विनियोजन गरेकोमा जसपाको आपत्ति रकम भुक्तानी गरे कडा आन्दोलन गर्ने चेतावनि

  • साउन १, २०७८
  • १४,६२८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१ साउन ः एकीकृत शहरी विकास आयोजनालाई वजेट विनियोजन गरेकोमा जनता समाजवादी पार्टी (जसपा)धरान उपमहानगर समितिले आपत्ति जनाएको छ ।

जसपाका धरान नगर समिति अध्यक्ष ताजुव लिम्वुले विहिवार एक विज्ञप्ति जारी गर्दै रकम विनियोजन गरेकोमा आपत्ती जनाएका हुन् ।

नवौं नगरसभाबाट आ.व. ०७८÷०७९को नीति तथा कार्यक्रमको आर्थिक वजेटमा १ करोड पचास लाख बजेट विनियोजन गरिएकोमा थियो ।jasapa

जसपाले आयोजनाको डिपिआर र डिजाइनभन्दा बाहिर गएर चारकोशे जंगलमा थप २ वटा वेल खनिएको र सोही वेलको बाँकी रहेको रकम भुक्तानी गर्न उक्त बजेट विनियोजन गरिएको दावी गर्दै विरोध जनाएको छ ।

जसपाले डिपिआरमा नभएको योजनाको ठेकेदरलाई भुक्तानी नगर्न पनि माग समेत गरेको छ । आफ्नो मागलाई सुनुवाई नभए जस्तोसुकै कठोर कदम चाल्न पनि बाध्य हुने चेतावनि समेत विज्ञप्तीमा दिइएको छ ।

निर्वाचन आचार संहिता उल्लंघन गर्दै २०७६ मंसिर ८ गते कार्यवाहक मेयर रहदा उपमेयरले कार्यपालिकाको निर्णय विना, नगर परिषदमा छलफल वा पास नगरि बिना टेण्डर २ वटा बेल खन्न अमुक ठेकेदारलाई जिम्मा दिएको आरोप समेत विज्ञप्तिमा लगाईको छ ।

नगरवासीको हितका लागि बन्ने कुनैपनि योजना,नीति तथा कार्यक्रम वैधानिक तवरबाट गरीनुपर्छ भन्ने हाम्रो वुझाई रहेको छ विज्ञप्तिमा भनिएको छ ।

गलत योजनालई धरान नगरपालिकाको गरीमामय नगरसभाले गम्भिर छलफल र बहर्सै नगरी तथास्तुकै तवरले प्रोत्साहन गर्नु खेदजनक रहेको विज्ञप्तिमा लिम्वुले जनाएकाछन् ।

स्वेच्छाचारी तवरबाट हुने वा विगतमा गरीएका र भविष्यमा निरन्तरता पाउने योजनाहरुलाई नगरसभामा गम्भीर छलफल गरी नीतिगत तवरबाट अगाडी वढाउनु अनिवार्य हुने पनि जनाईएको छ ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic