लागू औषध नियन्त्रणमा सवैको भूमिका वरावर हुनुपर्छ–एसपि थापा

  • साउन ३, २०७८
  • ७,५०३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३ साउन ः जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख सञ्जयसिहं थापाले लागु औषध नियन्त्रणका लागि प्रहरी प्रशासनले मात्र संभव नभएको वताएकाछन् ।

शनिवार र्याडिकल लाईट नेपाल प्रालीले आयोजना गरेको ‘एसइइ स्पिकर धरान–२०७८ मा वोल्दै थापाले सो कुरा वताएका हुन् ।

थापाले लागुऔषध तथा दुव्र्यसन नियन्त्रण कुनै एक क्षेत्रबाट मात्र संभव नहुने वताउदै त्यसका लागि समाजका सवै पक्षले साझा जिम्मेवारी लिनुपर्ने उल्लेख गरेकाछन् ।

लागुऔषध प्रयोग र कारोबार नियन्त्रणमा प्रहरीले मात्र गर्नुपर्ने समाजको सोचाई गलत भएको वताउदै दुव्र्यसन जस्तो समाजको गम्भिर समस्या समाजका सवै वर्ग र तहबाट उत्तिकै जिम्मेवारी लिएमात्र संभव हुने वताए ।

‘एसइइ स्पिकर धरान–२०७८’को पहिलो अडिसनमा ‘लागु औषध नियन्त्रणमा विद्यार्थीको भुमिका’ विषय राखिएको थियो ।

एसपी थापाले लागु औषध नियन्त्रणमा विद्यार्थी अवस्था देखि नै जनचेतना आवस्यक रहेको कुरामा जोडदिएका थिए ।

लागू औषधको प्रमुख चुनौति नै २० वर्ष भन्दा मुनिका बालबालिका भएकोले विद्यार्थीले लागुऔषध दुव्र्यसन नियन्त्रणमा सक्रिय हुनु पर्ने र त्यसका लागि स्थानीय सरकारहरुले समन्व्यकारी भुमिका खेल्नु पर्ने बताए ।

धरान उपमहानगरपालिका वडा नं १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले संमृद्ध देशको परिकल्पना गर्न सृजनशील युवा पुस्ता एकजुट भएर लाग्नुपर्नेमा जोडदिएका थिए ।

पहिलो अडिसनबाट १५ जना छनौट

र्याडिकल राईट नेपालले आयोजना गरेको ‘एसइइ स्पिकर धरान–२०७८’को पहिलो अडिसनबाट १५ जना छनौट भएका छन् ।

कुल २३ जना सहभागि मध्ये १५ जना दोस्रो अडिसनका लागि छनौट भएका हुन् ।

धरान–१३ स्थित वडा कार्यालयको सभाहलमा भएको पहिलो चरणको अडिसनमा धरानका सामुदायीक र निजी विद्यालयका विद्यार्थीहरु सहभागि थिए ।

एसइइ दिएर बसेका विद्यार्थीहरु मध्येबाट ‘एसइइ स्पिकर धरान–२०७८’ छनौट गर्न बक्तृत्वकला को आयोजना गरिएको र्याडिकल लाईट का सञ्चालक तिर्थ कार्किले जानकारी दिए ।अब दोस्रो चरणको अडिसनबाट फाइनल चरणमा विद्यार्थीहरु प्रबेश गर्ने छन् ।

प्रतियोगितामा विजयी विद्यार्थीले नगद पुरस्कार, प्लस टु का लागि निशुल्क छात्रबृद्धि देखि पचास प्रतिसत छात्रबृद्धिमा सौन्र्दय सम्बन्धि तालिम पाउने छन् ।विजेता हरुले प्लस टु को छात्रबृद्धिका लागि काठमाण्डौ को जेभियर्स केलज,धरानको धरान मेघा कलेज,सुनाखरी एकेडेमी,सियोन स्कुल तथा युएन नबोदय कलेजमा छात्रबृद्धी पाउने छन् ।

त्यसतै लेडिज विद्यार्थीहरुले आफुले चाहेको ब्युटिसियन कोर्ष ५० प्रतिसत छात्रबृद्धीमा पाउने छन् भने पुरुष विद्यार्थीले आफ्ना परिवारका महिला सदस्यहरुलाई सिफारीस गर्न सक्ने आयोजकले जनाएको छ ।

त्यसका लागि आर्या ब्युटि आर्ट एण्ड एकेडेमी धरानले छात्रबृद्धि दिने सञ्चालक कार्किले जनकारी दिए ।

शनिबारको पहिलो अडिसनबाट दिपेन भण्डारी,विनिता श्रेष्ठ,रेजिना विक,कञ्चन ल्वागुन,अंकित ढुङगाना,विनोद काफ्ले,तुलशा राई,मौषम पराजुली,अस्मिता राई,सुजन श्रेष्ठ,सदिक्षा राई,रोदन राई,मनिषा नेपाली,पार्वता लिम्बु र अभिषेक राई दोस्रो चरणका लागि छनाौट भएका छन् ।

र्याडिकल लाईट नेपाल का अध्यक्ष हिमाल कार्किको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुवर,सुनाखरी एकेडेमीका प्रिन्सीपल मिलन राई,नेपाल पत्रकार महासघं सुनसरीका सहसचीब भोला श्रेष्ठ लागायतको उपस्थिती रहेको थियो ।

प्रतियोगिताको निर्णयकको जिम्मेवारी कोशीपत्र दैनिकका सम्पादक राजेश विद्रोही र समता स्कुल इटहरीका शिक्षक जेपी काफ्ले रहेका छन् ।

प्रतियोगितालाई आगामी दिनहरुमा निरन्तरता दिदै जाने आयोजक तीर्थ कार्कीले जानकारी दिए । बालबालिका भित्र रहेको प्रतिभालाई प्रष्फुटन गर्नको लागि यस्ता कार्यक्रमहरु गरीएको कार्कीको भनाई रहेको छ ।

 

हर्कराज राई सुनसरी १ बाट निर्वाचित

छाल खवर धरान,२४ फागुन ः सुनसरी निर्वाचन क्षेत्र नं १ बाट श्रम संस्कृति पार् ...

झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

छाल खवर धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा र ...

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

पत्रमार्फत सुझाव दिन मनोज भट्टराईको युवालाई आह्वा

छाल खवर धरान,१६ फागुन ः नेपाली कम्युनिस्ट पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ ...

सुनसरी–१ मा एमालेको इतिहास दोहोरिने नेताहरुको  दाव

छाल खवर धरान,१६ फागुन ःनेकपा एमालेले सुनसरी क्षेत्र नं.१ मा आफ्नो पार्टीले ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic