ओलीका कट्टर विरोधी भीम रावल एकाएक माधव नेपालबाट किन अलग्गिए ?

  • साउन ३, २०७८
  • ९,०३७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं,३ साउन ःमाधव कुमार नेपालनिकट अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामाको घोषणा गरेका छन् ।

उनले आइतबार सिंहदरबारमा भएको माधव नेपालपक्षका सांसदहरुको भेलामा उनले राजीनामा दिएको घोषणा गरेका हुन् ।

आफू पार्टी एकताको पक्षमा १० बुँदे सहमति कार्यान्वयन गर्न लागे पनि माधव नेपालबाटै सहयोग नभएको भन्दै रावलले देउवालाई विश्वासको मत दिनु भन्दा सांसद पदबाट राजीनामा दिएर दबाब सिर्जना गर्न खोजेको बताइएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धारा ७६ ९५० अनुसार प्रधानमन्त्रीमा दावी पेश गर्दा भीम रावलसहित एमालेका २६ सांसदले समर्थन गरेका थिए ।

सर्वोच्च अदालतको आदेशमा देउवा प्रधानमन्त्री नियुक्त भएर विश्वासको मत लिने दिन रावलले राजीनामाको घोषणा गरेका हुन् ।

‘माधव नेपाल र केपी शर्मा ओलीबीचको विवाद समाधानका लागि बनाइएको कार्यदल र त्यसले जारी गरेको १० बुँदे सहमतिलाई माधव नेपालले अस्वीकार गर्नुभएको थियो। तर, त्यसविपरीत मत दिने निर्णय गरियो। एमाले पार्टीको नेता भएकाले पार्टीले गरेको संस्थागत निर्णय मान्नुपर्ने हुन्छ। त्यसैले यो अनैतिक राजनीतिक खेलमा सहभागी नहुने मनसायका साथ उहाँले राजीनामा दिनुभएको हो’ स्रोतले भन्यो ।

रावल पछिल्लो समय नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलमा नेपाल समूहबाट संयोजक थिए। पार्टी एकता कायमै राख्न उनको जोडबल थियो।एमाले अध्यक्ष केपी शर्मा ओलीका कट्टर आलोचकका रुपमा चिनिएका रावलले एकाएक राजिनामा दिएपछि यसबारे चाँसो बढेको छ ।

ओली पक्षबाट रावललाई ठूलै अफर आएको हुनसक्ने आँकलन गरिएको छ ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic