ओलीका कट्टर विरोधी भीम रावल एकाएक माधव नेपालबाट किन अलग्गिए ?

  • साउन ३, २०७८
  • ९,००१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं,३ साउन ःमाधव कुमार नेपालनिकट अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामाको घोषणा गरेका छन् ।

उनले आइतबार सिंहदरबारमा भएको माधव नेपालपक्षका सांसदहरुको भेलामा उनले राजीनामा दिएको घोषणा गरेका हुन् ।

आफू पार्टी एकताको पक्षमा १० बुँदे सहमति कार्यान्वयन गर्न लागे पनि माधव नेपालबाटै सहयोग नभएको भन्दै रावलले देउवालाई विश्वासको मत दिनु भन्दा सांसद पदबाट राजीनामा दिएर दबाब सिर्जना गर्न खोजेको बताइएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धारा ७६ ९५० अनुसार प्रधानमन्त्रीमा दावी पेश गर्दा भीम रावलसहित एमालेका २६ सांसदले समर्थन गरेका थिए ।

सर्वोच्च अदालतको आदेशमा देउवा प्रधानमन्त्री नियुक्त भएर विश्वासको मत लिने दिन रावलले राजीनामाको घोषणा गरेका हुन् ।

‘माधव नेपाल र केपी शर्मा ओलीबीचको विवाद समाधानका लागि बनाइएको कार्यदल र त्यसले जारी गरेको १० बुँदे सहमतिलाई माधव नेपालले अस्वीकार गर्नुभएको थियो। तर, त्यसविपरीत मत दिने निर्णय गरियो। एमाले पार्टीको नेता भएकाले पार्टीले गरेको संस्थागत निर्णय मान्नुपर्ने हुन्छ। त्यसैले यो अनैतिक राजनीतिक खेलमा सहभागी नहुने मनसायका साथ उहाँले राजीनामा दिनुभएको हो’ स्रोतले भन्यो ।

रावल पछिल्लो समय नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलमा नेपाल समूहबाट संयोजक थिए। पार्टी एकता कायमै राख्न उनको जोडबल थियो।एमाले अध्यक्ष केपी शर्मा ओलीका कट्टर आलोचकका रुपमा चिनिएका रावलले एकाएक राजिनामा दिएपछि यसबारे चाँसो बढेको छ ।

ओली पक्षबाट रावललाई ठूलै अफर आएको हुनसक्ने आँकलन गरिएको छ ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic