नेशनल एकेडेमी धरानको सिईओमा देव सुब्बा

  • साउन ४, २०७८
  • १०,९३५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,४ साउन ः धरानकै पुरानो शैक्षिक संस्था मध्ये एक नेशनल एकेडेमीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा देव सुब्बा नियुक्त हुनुभएको छ ।

एकेडेमी सञ्चालक समितिको शनिबार सम्पन्न बैठकले उक्त जिम्मेवारी सुब्बालाई दिइएको सो एकेडेमीका अध्यक्ष शालिक शतासक राईले जानकारी दिनुभयो ।

सुब्बा एकेडेमीको संस्थापकका साथै पछिल्लो समय निर्देशकका रुपमा कार्यरत हुनुहुन्थ्यो । नयाँ परिवेशमा एकेडेमीलाई नयाँ सोँच र शैली सहित व्यवस्थापनमा अगाडी बढाउनुपर्ने आवश्यकतालाई पुरा गर्न सुब्बालाई सो पदमा नियुक्त गरिएको अध्यक्ष राईले जानकारी दिनुभयो ।

नवनियुक्त सिईओ सुब्बा धरानमा लामो समयदेखि शिक्षाक्षेत्रमा क्रियाशिल जुझारु युवा हुनुहुन्छ ।

यसअघि उहाँले आवर होम स्कुलको अध्यक्षको जिम्मेवारी समेत सम्हालिसक्नुभएको छ ।

उहाँ कुनैपनि क्षेत्रमा बदलिँदो परिवेश अनुसार नयाँ सोँच र मान्यताका अघि बढ्न सिर्जनात्मक दृष्टिकोण राख्ने र उक्त दृष्टिकोणलाई कार्यन्वयन गरेरै छाड्ने युवाका रुपमा चिनिनुहुन्छ । प्रविधि, समाज र बजार सम्बन्धि गहिरो ज्ञान भएका सुब्बा कम्प्युटर एशोसियन प्रदेश १ को अध्यक्ष भई कार्य गरिसक्नुभएको छ ।

खोज अनुसन्धानमुलक बैचारिक लेखनमा समेत निरन्तर क्रियाशिल उहाँ धरानका एक बौद्धिक व्यक्तित्वका रुपमा परिचित हुनुहुन्छ ।

वि.सं. २०५८ सालमा स्थापित नेशनल एकेडेमी धरानकै पुराना संस्थागत विद्यालयहरु मध्ये एक हो । कुनैबेला यस एकेडेमीमा प्रदेश नं. १ का पुर्वप्रमुख डा.गोविन्दबहादुर तुम्बाहाङ प्राचार्यको रुपमा हुनुहुन्थ्यो ।

सुचना प्रविधिको नयाँ युगमा विद्यार्थी र अभिभावकहरुको माग र चाहनालाई ध्यानमा राखी एकेडेमीलाई यसै शैक्षिकसत्रदेखि सुचना प्रविधिमय बनाइने नवनियुक्त सिईओ देव सुब्बाले बताउनुभयो । हाल यस एकेडेमीमा व्यवस्थापन, शिक्षा र मानविकि सङ्कायमा अध्यापन गराइन्छ ।

नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ को प्रि रजिष्ट्रेशन समेत जारी रहेको उहाँले जानारी दिनुभयो ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic