“पार्टि एकताको लागि अन्तिमसम्म लाग्छु र पार्टी फुटको पक्षमा कुनै हालतमा लाग्दिनँ”–– भीम आचार्य

  • साउन ६, २०७८
  • ६,००० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,६ साउन ः नेकपा एमालेका सचिव भीम आर्चायले पार्टी एकताको बिकल्प नरहेको बताउनु भएको छ ।

उहाले आफु अन्तिम क्षणसम्म एकताको लागि लागिरहने तर पार्टी कसैले फुटाउन लागे त्यसको पक्षमा नरहने स्पष्ट पार्नभएको छ ।

एक टेलिभिजनसँगको अन्तरवार्ताको क्रममा नेता आचार्यले पार्टीका कुनै नेताहरु पार्टी बिभाजनको पक्षमा लाग्ने कुरा आँफुले कल्पना पनि नगरेको बताउनुभयो । पार्टि फुट्यो भने तपाईँ कता लाग्नुहुन्छ भन्ने प्रश्नमा आचार्यले “ केपीओलि र माधव नेपाल दुवैजना पार्टि एकढिक्का भएर अगाडि जानुपर्छ भन्ने पक्षमै हुनुहुन्छ भन्ने विश्वास मैले लिएको छु ।

यदि वहाँहरु मध्ये कोहि पार्टी फुटाउन लाग्नुहुन्छ भने म त्यसको समर्थन गरेर जनता र कार्यकर्तालाई धोका दिन सक्दिनँ ।”

उहाले संसद जोगिने ग्यारेन्टि पश्चातपनि केहि सांसदहरुले विश्वासको पक्षमा मतदान गरेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । उहाले आफूहरुको प्रमुख एजेन्डा संसद जोगियोस् र पुरा कार्यकाल चलोस् भन्ने रहेको उल्लेख गर्नुभयो ।

जसपाको दुवै समुहले विश्वासको पक्षमा मत हालेपछि संसद जोगिने ग्यारेन्टि भएको थियो र पार्टि एकढिक्का बनाएर लैजानको लागि भएपनि एमालेका सांसदहरुले विश्वासको मतको पक्षमा मतदान गर्नु उचितकार्य नभएको उहाको भनाई थियो ।

पार्टि एकताको प्रयास अन्तिमसम्म जारी राख्ने वताउदै पार्टी एकताको पक्षमा सतिसाल झै उभिने स्पष्ट पार्नुभयो ।

“कार्यदलले कुनै हिसाबमा काम गर्ने वातावरण नबनेको अवस्थामा मैले यो एकताको अभियान सुरु गरेको हो । हामि केहि साथिहरुको अथक प्रयास पछि दश बुँदेबाट एकताको स्टेप चालिसकिएको छ । हामि अन्तिमसम्म यो प्रयास जारी राख्छौँ” उहाको भनाई थियो ।”

एकताको पक्षमा लागेको भनेर केहि फुटवादिहरुले आफुलाई सामाजिक सञ्जालमा निरन्तर प्रहार गरेतापनि आफु यो अभियानम ाअन्तिमसम्म दृढतापुर्वक लाग्ने स्पष्ट गर्नुभयो ।

फुट्यो भने ठुलै भाग खान पार्ईने भन्ने भ्रम केहिले पालेको भन्दै आचार्यले यस्तो भ्रमबाट मुक्तहुन सुझावदिनुभएको छ ।

आचार्य पछिल्लो केहि समयदेखि नेकपा एमालेको विवाद समाधान र पार्टि एकताको लागि भनेर निरन्तर संवादमा रहनुभएको छ ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic