नेशनल एकेडेमीमा यस वर्षदेखि लिम्बु, राई बान्तावा र नेवारी भाषामा पढाई हुने मातृभाषामा शिक्षा दिने नेपालमै पहिलो प्लस टु

  • साउन ७, २०७८
  • ७,५९७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,७ साउन ः धरान–२ स्थित नेशनल एकेडेमी २०५८ सालमा स्थापित भए देखि निरन्तर प्लस टु माध्यमिक शिक्षामा सर्मपित शैक्षिक संस्था हो ।यस कलेजले नया विधि र प्रविधिहरुमा सधै जोड दिदै आएको छ ।

यसै सन्दर्भमा सरकारले कक्षा ११ मा सामाजिक शिक्षालाई अनिवार्य बनाए संगै सामाजिक शिक्षा विषय पढाईलाई परिणाम मुखी बनाउन कलेजले यसै शैक्षिक सत्र देखि विधार्थीहरुलाई लिम्बुु, राई बान्तावा तथा नेवारी भाषा पढाउने भएको छ । यो ११ कक्षामा गरिएको नया प्रयोग हो ।

राज्यले शिक्षा क्षेत्रका उत्पादनहरु सामाजिक परिवेश अनुकुल हुन सकेनन, उनीहरुको सामाजिक विकास हुन सकेन भन्ने निचोडका साथ माध्यामिक शिक्षा कक्षा १२ सम्म सामाजिक शिक्षा अनिवार्य गरेको र विधार्थीहरुलाई समाज र समुदाय संग अझ नजिक जोड्न र उनीहरुको सामाजिक विकासमा सहयोग पुर्याउन विभिन्न भाषाको शिक्षण शुरु गर्न लागिएकोे कलेजका सिईओ देव सुब्बाले बताउनु भयो ।

शिक्षा क्षेत्रलाई बढी पेशा ब्यावसायको रुपमा बुझिएको र हाल अनावश्यक प्रतिस्पर्धा गरी विधार्थीहरुको भविष्य माथि खेलवाड भइरहेको, शिक्षा पैसा, प्रमाण पत्र र फेसनका रुपमा बुझ्न थालिएकाले लिम्बु, राई बान्तावा र नेवारी भाषाको पठन पाठनले नेशनल कलेजले आफुनो सामाजिक दायित्व पुरा गर्न प्रयास गरेका कलेजका प्रिन्सिपल श्रीसिसा राइको भनाई छ ।

साथै यी भाषाको पठनपाठन पुर्ण विषयको रुपमा नभई सामाजिक शिक्षा विषयको उदेश्य पुरा गर्न सहायक कक्षाको रुपमा संञ्चालन गर्न लागेको उहाले बताउनु भयो ।

स्थानीय सरकार धरान उपमहानगरपालिकाले आफुनो आ.ब. २०७८ ०८९ मा बहुभाषा पाठाशालाको अवधारणा ल्याएको सन्दर्भमा आफ्नो कलेजले थोरै भएपनि निजि स्तरबाट सहयोग पुर्याउन सक्ने कलेजका अध्यक्ष सालिकराम राईले बतााउनु भयो ।

उहाले नेपालमा धेरै भाषाहरु बोलिएता पनि आफ्नो स्रोत साधनले हाललाई ३ भाषा मात्र सहायक विषयको रुपमा पठनपाठन गर्न लागिएको बताउनु भयो ।

कलेजले जहिले पनि जीवन उपयोगी शिक्षामा जोड दिएकाले नेशनल एकेडेमी पढ्ने विधार्थीहरु समाज, समुदाय, र बजारमा स्थापित हुन सजिलो हुने जनाउनु भयो । विधार्थी तथा अविभावकलाई कुनै कलेज भर्ना गर्न अगाडि कलेजको बारेमा राम्ररी बुझ्न सुझाउनु भयो ।

नया प्रविधिहरु भित्रयाउने क्रममा यस अगाडि कलेजले आफ्नो कलेजलाई आईटीमय बनाउन आईटी हार्डवेयर तथा सफुटवेयर ल्याव समेत निर्माण गरी सकेको छ ।

विधार्थी तथा अभिभावकहरुलाई आईटीमुखी बनाउन यसै शैक्षिक सत्रबाट अनलाइन फारम भर्न सकिने ब्यावस्था कलेजले गरेको छ । यसमा विधार्थीहरुलाई प्रत्साहन गर्न विधार्थीहरुलाई अनलाइन फारम भरेमा रिवार्डको समेत ब्यावस्था कलेजले गरेको छ ।

यो कलेजले यसै शैक्षिक सत्रबाट सफ्टवेयर कम्पनी कस्मस इन्भाइटेड इन्टरनेशनल प्रा.लि.को सहकार्यमा सुचना प्रविधिलाई पुर्ण रुपमा आफ्नो पठनपाठन तथा कलेज संञ्चालनमा उपयोग गर्दै कलेजले आफुलाई पुर्ण आईटीमय बनाएको छ ।

कलेजका सम्पुर्ण कलेजको शिक्षण विधि र प्रशासनिक निगरानीका अनलाइन एकान्टिङ, फि पेमेन्ट,आईटी शिक्षण विधि, शिक्षक तथा कर्मचारीहरुको पेरोल, बाओमेट्रि«क एटेन्डेन्स प्रणाली, शिक्षणको लागि स्मार्ट इन्टरेक्टिभ बोर्ड तथा अनलाइन जुमिङ कक्षा जस्ता कामहरुमा आईटीको प्रयोग गरेको छ ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic