नेशनल एकेडेमीमा यस वर्षदेखि लिम्बु, राई बान्तावा र नेवारी भाषामा पढाई हुने मातृभाषामा शिक्षा दिने नेपालमै पहिलो प्लस टु

  • साउन ७, २०७८
  • ७,५७६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,७ साउन ः धरान–२ स्थित नेशनल एकेडेमी २०५८ सालमा स्थापित भए देखि निरन्तर प्लस टु माध्यमिक शिक्षामा सर्मपित शैक्षिक संस्था हो ।यस कलेजले नया विधि र प्रविधिहरुमा सधै जोड दिदै आएको छ ।

यसै सन्दर्भमा सरकारले कक्षा ११ मा सामाजिक शिक्षालाई अनिवार्य बनाए संगै सामाजिक शिक्षा विषय पढाईलाई परिणाम मुखी बनाउन कलेजले यसै शैक्षिक सत्र देखि विधार्थीहरुलाई लिम्बुु, राई बान्तावा तथा नेवारी भाषा पढाउने भएको छ । यो ११ कक्षामा गरिएको नया प्रयोग हो ।

राज्यले शिक्षा क्षेत्रका उत्पादनहरु सामाजिक परिवेश अनुकुल हुन सकेनन, उनीहरुको सामाजिक विकास हुन सकेन भन्ने निचोडका साथ माध्यामिक शिक्षा कक्षा १२ सम्म सामाजिक शिक्षा अनिवार्य गरेको र विधार्थीहरुलाई समाज र समुदाय संग अझ नजिक जोड्न र उनीहरुको सामाजिक विकासमा सहयोग पुर्याउन विभिन्न भाषाको शिक्षण शुरु गर्न लागिएकोे कलेजका सिईओ देव सुब्बाले बताउनु भयो ।

शिक्षा क्षेत्रलाई बढी पेशा ब्यावसायको रुपमा बुझिएको र हाल अनावश्यक प्रतिस्पर्धा गरी विधार्थीहरुको भविष्य माथि खेलवाड भइरहेको, शिक्षा पैसा, प्रमाण पत्र र फेसनका रुपमा बुझ्न थालिएकाले लिम्बु, राई बान्तावा र नेवारी भाषाको पठन पाठनले नेशनल कलेजले आफुनो सामाजिक दायित्व पुरा गर्न प्रयास गरेका कलेजका प्रिन्सिपल श्रीसिसा राइको भनाई छ ।

साथै यी भाषाको पठनपाठन पुर्ण विषयको रुपमा नभई सामाजिक शिक्षा विषयको उदेश्य पुरा गर्न सहायक कक्षाको रुपमा संञ्चालन गर्न लागेको उहाले बताउनु भयो ।

स्थानीय सरकार धरान उपमहानगरपालिकाले आफुनो आ.ब. २०७८ ०८९ मा बहुभाषा पाठाशालाको अवधारणा ल्याएको सन्दर्भमा आफ्नो कलेजले थोरै भएपनि निजि स्तरबाट सहयोग पुर्याउन सक्ने कलेजका अध्यक्ष सालिकराम राईले बतााउनु भयो ।

उहाले नेपालमा धेरै भाषाहरु बोलिएता पनि आफ्नो स्रोत साधनले हाललाई ३ भाषा मात्र सहायक विषयको रुपमा पठनपाठन गर्न लागिएको बताउनु भयो ।

कलेजले जहिले पनि जीवन उपयोगी शिक्षामा जोड दिएकाले नेशनल एकेडेमी पढ्ने विधार्थीहरु समाज, समुदाय, र बजारमा स्थापित हुन सजिलो हुने जनाउनु भयो । विधार्थी तथा अविभावकलाई कुनै कलेज भर्ना गर्न अगाडि कलेजको बारेमा राम्ररी बुझ्न सुझाउनु भयो ।

नया प्रविधिहरु भित्रयाउने क्रममा यस अगाडि कलेजले आफ्नो कलेजलाई आईटीमय बनाउन आईटी हार्डवेयर तथा सफुटवेयर ल्याव समेत निर्माण गरी सकेको छ ।

विधार्थी तथा अभिभावकहरुलाई आईटीमुखी बनाउन यसै शैक्षिक सत्रबाट अनलाइन फारम भर्न सकिने ब्यावस्था कलेजले गरेको छ । यसमा विधार्थीहरुलाई प्रत्साहन गर्न विधार्थीहरुलाई अनलाइन फारम भरेमा रिवार्डको समेत ब्यावस्था कलेजले गरेको छ ।

यो कलेजले यसै शैक्षिक सत्रबाट सफ्टवेयर कम्पनी कस्मस इन्भाइटेड इन्टरनेशनल प्रा.लि.को सहकार्यमा सुचना प्रविधिलाई पुर्ण रुपमा आफ्नो पठनपाठन तथा कलेज संञ्चालनमा उपयोग गर्दै कलेजले आफुलाई पुर्ण आईटीमय बनाएको छ ।

कलेजका सम्पुर्ण कलेजको शिक्षण विधि र प्रशासनिक निगरानीका अनलाइन एकान्टिङ, फि पेमेन्ट,आईटी शिक्षण विधि, शिक्षक तथा कर्मचारीहरुको पेरोल, बाओमेट्रि«क एटेन्डेन्स प्रणाली, शिक्षणको लागि स्मार्ट इन्टरेक्टिभ बोर्ड तथा अनलाइन जुमिङ कक्षा जस्ता कामहरुमा आईटीको प्रयोग गरेको छ ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic