पूर्व भलिवल खेलाडी थोप्राद्धारा बल र जाली हस्तान्तरण

  • साउन ८, २०७८
  • १०,३२४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,८ साउन ः पूर्व भलिवल खेलाडी राजकुमार थोप्राले धरान–२० लाई २ थान भलिवल र नेट हस्तान्तरण गरेकाछन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा धरान उपमहानगर समितिको उपाध्यक्ष पदको प्रत्यासी समेत रहेका थोप्राले भल र नेट हस्तान्तरण गरेका हुन् ।

थोप्राले नेपाली कांग्रेसका २० नं. वडाका वुथ सभापति राजकुमार तामाङलाई एक कार्यक्रमका वीच हस्तान्तरण गरेका हुन् ।

आफूपनि खेलाडी भएको र खेलक्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहन गर्नको लागि बल प्रदान गरीएको थोप्राले बताए ।

खेल क्षेत्रबाट स्वस्थ्य जीवन जीउन सकिने र खेलकुदको पनि विकास गर्न सकिने भएकोले पनि यसक्षेत्रतर्फ लाग्न युवाहरुलाई प्रोत्साहन गर्नुपर्नेमा थोप्रोको भनाई रहेको छ ।

कार्यक्रममा बल लिदै वुथ सभापति राजकुमार तामाङले खेलाडीहरुलाई प्रोत्साहन मिल्ने प्रतिक्रिया दिएकाछन् । उनले वडाका भलिवल खेलाडीहरुलाई प्रोत्साहन मिल्ने दावी समेत गरेका थिए ।

वडामा भलिवल मैदानमा वडा भित्रका खेलाडीहरुले नियमित रुपमा खेलको अभ्यास गर्ने गरेका छन् ।

खेलकुद क्षेत्रको विकासमा सवैले ध्यान दिन सकेमा युवाहरु कुलतमा लाग्नबाट रोक्न सकिने र खेल क्षेत्रको विकासमा समेत टेवा पुग्ने तामाङको भनाई रहेको थियो ।

 

 



राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic