खोपकेन्द्रमा राजनीतिक दलबाट पनि प्रतिनिधि पठाउने निर्णय

  • साउन १६, २०७८
  • १,७३९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१६ साउन ः कोरोना विरुद्धको खोपमा दुरुपयोग भएको भन्ने व्यापक विरोध भएपछि धरानमा खोप कार्यक्रमलाई व्यवस्थित गरीने भएको छ ।

नगरप्रमुख तिलक राईको अध्यक्षतामा शुक्रबार धरान उपमहानगरपालिकामा बसेको सर्वदलिय बैठकले यस्तो निर्णय गरेको हो ।

धरानमा अब केहीदिन भित्रमा अमेरिकन जोनसन एण्ड जोनसन खोप आउँदै छ ।

धरानमा गएको सोमबार, मंगलबार र बुधबार तीन दिन चाईनिज भेरोसेल खोपको पहिलो मात्रा लगाइएको थियो ।

यो खोप ५५ बर्ष उमेर भन्दा माथि र विभिन्न लक्षित समुहलाई लगाइएको थियो । तीन दिनमा धरानमा ११ हजार बढीले खोपको पहिलो मात्रा लगाएका थिए ।

बैठकमा तिन दिनसम्म सञ्चालन गरिएको खोप अभियानमा थुप्रै कमिकमजोरीहरु भएको विषयमा समिक्षा समेत गरिएको थियो ।

सर्वदलिय बैठकले आगामी खोप कार्यक्रमलाई सरल र सहज बनाउने निर्णय गरेको छ । ७ वटै खोप केन्द्रहरुमा राजनीतिक दलहरुबाट समेत अनुगमनका लागि १÷१ जना प्रतिनिधि पठाउने, ७ वटै खोप केन्द्रहरुमा सम्बन्धित वडाको १÷१ जना जनप्रतिनिधि रहने समेत व्यवस्था गर्ने निर्णय गरेको छ ।

खोप केन्द्रहरुमा लक्षित समुहका वडावाईज अलग÷अलग लाईन लगाएर खोप लगाईने व्यवस्था गर्ने निर्णय गरेको छ ।

यस्तै, खोपलाई व्यवस्थित गर्न २० वटै वडाका वडाध्यक्षहरुकोे अध्यक्षतामा राजनितिक दलको प्रतिनिधिसहितको संयन्त्र (समिति) बनाई लक्षित समुहको तथ्यांक संकलन, खोप केन्द्र व्यवस्थापन गर्न समेत निर्णय भएको छ । साथै, नगरपालिकालाई सुझाव दिने गरि वडा समितिलाई अनुरोध गर्ने पनि निर्णय गरेको छ ।

बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी, राष्ट्रिय जनमुक्ति, संघिय लिम्बुवान, नेकपा माले, राप्रपा नेपालका नेताहरुको उपस्थिति रहेको थियो ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic