कोरोना विरुद्धको खोप लगाउन धनकुटा उद्योग वाणिज्य र्संघको माग

  • साउन १६, २०७८
  • २,२७९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धनकुटा, १६ साउन ः धनकुटाका उद्योगी व्यावासायीहरुलाई कोरोना विरुद्धको खोप लगाउन धनकुटा उद्योग बाणिज्य संघले सरकारको समक्ष माग गरेको छ ।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले शनिवार विज्ञप्ती जारी गर्दै उद्योगी व्यापारीहरुलाई खोप लगाउन माग गरेका हुन् ।

तेस्रो लहरको कोरोना तिव्र रुपमा फैलदै गएको र त्यसको मार प्रत्यक्ष रुपमा व्यावसायीहरु परेरहेका ले व्यावसायीहरुलाई कोरोना विरुद्धको खोपको व्यवस्था गर्न सकारसंग जोडदार माग गरेकाछन् ।

ज्यानको जोखिममा राख्दै सेवा प्रवाह गरीररहेका व्यापारी तथा व्यवासायीहरुलाई महत्व दिदै अभिलम्ब कोरोना विरुद्धको खोप लगाउने व्यवस्था गर्न नेपाल सरकार समक्ष जोडदार माग गरेको धनकुटा उद्योग बाणिज्य संघद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको हो ।

होटल व्यवासयाी तथा अन्य सवै प्रकारका व्यवासायीहरुले अग्रभागममा रहेर दैनिक सेवा दिदै आईरहेकोमा अहिले दिन प्रतिदिन तिव्र रुपमा कोरोना भाईरस फैलदै गएकाले यसको ठूलो जोखिम व्यावासीहरु परिरहेकाले सवै व्यावसायीहरुलाई सुरक्षित बनाउन कोरोना विरुद्धको खोप लगाउने व्यवस्था तुरुन्त गर्न माग गरेकाछन् ।

व्यवसायीहरुलाई खोपको व्यवस्था अभिवम्भ नगरेर भयावह स्थिति हुन सक्ने समेत धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

कोरोनाबाट आफुपनि बच्न र अरुलाई पनि बचाउन समाजिक दुरी कायम गरी अनिवा माक्स र सेनिटाईजर प्रयोग गर्न समेत हामी सवैमा धनकुटा उद्योग बाणिज्य संघले अपिल गरेको छ ।

धनकुटा जिल्लाम अहिले सम्म २ सय ६७ जना उद्योगी,व्यावसायी,व्यापारीहरु कोरोना संक्रमित भैसेको अहिले पनि १७ जना व्यावसायीहरु कोरोना संक्रमित भई उपचार गराईरहनु भएको र ११ जना व्यावसायीहरुले कोरोना संक्रमित भई निधन भैसेको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताए ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic