सरकारी योजनामा ठेकदारको मनोमानी चौतफी विरोधपछि सामान परिवर्तन

  • साउन १९, २०७८
  • २,११६ पटक पढिएको
  • छाल खबर
alt

खेमबहादुर माझी

धरान,१९ साउन ः सरकारी काममा जे गरेपनि हुन्छ भन्ने उदाहरण सुनसरीको तरहरा स्थित ससस्त्र बन रक्षकहरुको लागि निर्माण भईरहेको प्रदेश र्नं १ को व्यारेकको भवनमा देखिएको छ ।

सरकारी भवन निर्माणमा ठेकदारले आफूखुशी कमसल सामाग्री प्रयोग गरी निर्माणलाई अघि वढाएपछि सो कुराको स्पष्ट उदाहरण देखा परेको हो ।

वन रक्षकहरुको लागि प्रदेशस्तरकै तालिम हल निर्माणका लागि केन्द्रबाटै ठेक्का पाएको निर्माण कम्पनीले ठेक्का पाएको थियो ।

काठमार्डौंको ए एण्ड केजि रमिता एम्वुजा जे भि काठमाडौ १४ ले २ करोड ८४ लाखमा भवनको ठेक्का पारेको थियो ।
भवन निर्माणको लागि कम्पनीले २०७७ र्मंसिर १८ गते सम्झौता गरेको थियो । कम्पनीले २०७९ जेठ १८ गते निर्माण सम्पन गर्ने गरी सम्झौता गरेको थियो ।

bhawan =[ 2

भवनमा निर्माण कम्पनीले ढलाईमा १नं इटा प्रयोग गर्नुपर्नेमा २ नं इटा प्रयोग गरेको बन कर्मचारी एवम् प्राविधिकहरुको भनाई रहेको छ ।

सहरी विकासका इन्जिनियर असोक मेहताले ठेकदारले कमसल सामाग्री प्रयोग गरेको जानकारी आएपछि आफूहरु गएर हेर्दा २ र्नं इटा प्रयोग गरेको पाइएको वताए ।

मेहताले ठेकदारले प्रयोग गर्न लागेको कमसल सामाग्री प्रयोग गर्न लागेपछि तत्काल काम रोक्न र १ र्नं इटा ल्याएपछि मात्र काम गर्न चेतावनि दिईसकिएको जानकारी दिएकाछन् । तर ठेकेदारले भने १ र्नं इटा नै प्रयोग गरेको दावी गरेकाछन् ।

जगमा २ र्नं इटा लगाउदा केही वर्षमा नै मक्किएर कोठा मासिने भएकोले तत्काल जगमा प्रयोग गरीएको इटा हटाएर १ न इटा प्रयोग गर्नुपर्ने प्राविधिकहरुको भनाई रहेको छ ।

ठेकेदारको मनोपलि र लोभका कारण भवन कमजोर हुने भएकोले कमसल सामाग्री प्रयोग गर्न रोक लगाएको र पुन सोही सामाग्री प्रयोग गरेमा काम गर्न नै वन्द गराउने प्राविधिक मेहताको भनाई रहेको छ ।

ठेकेदार कम्पनीका साइट मेनेजर अर्जुन दाहालले इट्टाको कारणले दुइ नम्वर इटा आएको वताउदै सो इटा फिर्ता गरी १ नम्वर इटा मगाएको जिकिर गरेकाछन् ।उनले १ नम्वर इटाबाट नै काम गर्ने वताएकाछन् ।

उनले २ लाख इटा सोही प्रकृतिको लगाउदा कार्यालयले केही नभनेको तर इटा नदिएपछि भने वदनाम गराउन खोजेको आरोप लगाएकाछन् ।

जिल्ला वन कार्यालय सुनसरीका प्रमुख दान बहादुर श्रेष्ठले सो विषयमा आफूहरुले पनि ठेकदारलाई सचेत गराई सकिएको वताए ।

जिल्ला बन कार्यालय सुनसरीका प्रमुख दान बहादुर श्रेष्ठले कम्पनीले गैरजिम्मेवारपूर्ण काम गरेकोले काम रोकिएको वताउदै राम्रो सामान लगाएर मात्र काम गर्न भनिएको वताए ।

प्रमुख श्रेष्ठले केन्द्रबाट ठेक्का लगाएको र हेरचाह गर्न भनिएकोले आफूहरुले केही गर्न नसकिएको वताए । उनले ठेकेदारलाई राम्रो काम गर्न भनिएको उनको भनाई रहेको छ ।

कम्पनीका प्रमुख विवस सुवेदीले इटा कम्पनीलाई दोष देखाउदै राम्रो इटा मगाएको र सोहीबाट काम अगाडी वढाउने वताए ।

प्राविधिकहरुले भने २ र्नं को इटा हटाएर पुर्न अर्को लगाएर निर्माण गर्नुपर्ने वताएकाछन् ।
सो विषयमा वन विभागमा सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

 

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic