धनकुटामा सत्ता पक्षिय दलहरुको पहलमा जनसेवाको कार्य शुरु

  • साउन १९, २०७८
  • १०६ पटक पढिएको
  • छाल खबर

छाल खवर
धनकुटा,१९ साउन ःधनकुटामा क्रियाशिल सत्तापक्षिय लोकतान्त्रिक गठबन्धन दलहरुको मंगलवार सम्पन्न भएको छ ।

बैठकले धनकुटाका सवै जनताहरुलाई कोरोना विरुद्धको खोप दिन र धनकुटा अस्पताललाई साधन स्रोत सम्पन्न बनाई बिशेषज्ञ सेवा प्रदान गर्नका लागी सरकारसंग बिशेष पहल गर्ने लगायतका विभिन्न निर्णयहरु गदै पहल शुरु गरेको हो ।

धनकुटा जिल्लामा स्वास्थ्य खानेपानीको चर्को समस्या भैरहेको अवस्थामा धनकुटामा क्रियाशिल सत्ता पक्षिये र धनकुटा अस्पतालबाट भैरहेको सेवालाई एक सय वेडमा विस्तार गरी थप साधन स्रोत बनाई विशेषज्ञ सेवा प्रदान गर्नका लागी नेपाल सकार समक्ष विशेष पहल गर्ने लगायतका महत्वपूर्ण निर्णयहरु गदै आजै देखी पहल शुरु गरेको नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राईले वताउनु भयो ।

नेपाली कांग्रेस धनकुटाका निर्वतमान सभापती संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठको अध्यक्षतमा भएको सत्तापक्षिय गठबन्धन दलको बैठकले धनकुटाको वेलहारामा एयर पोर्ट निर्माण लागी शुरु गर्न र धनकुटा जिल्लाका सवै पालिकाहरुमा १५ वेड सम्मको अस्पताल निर्माण गरी चिकित्सक सहितको सेवा शुरु गर्न र धनकुटामा भएको यातायत कार्यालयलाई अधिकार सम्पन्न बनाई पूर्वी पहाडी जिल्लाहरुका लागी सेवा उपलब्ध गराउनका लागी नेपाल सरकारसमक्ष विशेष पहल गर्ने निर्णय भएको छ ।

धनकुटामा स्थानीय तहहरुले गरिरहेको अनियमित लगायतको जनविरोधी कार्यको भण्डारफोर गर्ने , सवै तहहरुमा अनुगमन गर्ने र धनकुटा जिल्ला स्थित सरकारी कार्यालयबाट भैरहेको सेवा प्रवाहमा सहजीकरण गर्ने र अनुगमन गर्ने लगायत विभिन्न निर्णयहरु गर्दै धनकुटामा क्रियाशिल सत्तपक्षिय गठबन्धन दलको बैठकले उक्त कार्य आजै देखी शुरु गरिएको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले वताउनु भयो ।

धनकुटामा क्रियाशिल सत्ता पक्षिय गठबन्धन दलहरुको उक्त बैठमा नेपाली कांग्रेसका केन्द्रिय आमिन्त्रत सदस्य संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठ,नेकपा माओवादी केन्द्र धनकुटाका अध्यक्ष ऋषिराम ढुंगाना,जसपा धनकुटाका अध्यक्ष बल वहादुर राई,नेकपा एमाले माधव समुहका नेता राज कुमार तेयुङ्ग,राष्टिय जनमोर्चा धनकुटाका अध्यक्ष कोपिाल शंकर,नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राई,जसपा धनकुटाका नेता नारायण जुन राई लगायतका नेताहरुले सकारी कार्यालय तथा सवै सकारी संयन्त्रहरुले जनताले देखिने र थापा पाउने किसिका काम अभिलम्ब शुरु गर्नु पर्ने वताउनु भयो ।

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic