एसइइ स्पिकर धरानको टप सात छनौट

  • साउन २०, २०७८
  • २,४५१ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,२० साउन ःयुवा युवतिहरु भित्र रहेको वौद्धिक क्षमतालाई प्रष्फुटन गर्ने उदेश्यले आयोजित एस.ई.ई.स्पीकर, धरान–२०७८ सिजन–१ को ग्रान्ड फिनाले अन्तर्गत २५ प्रतिशत अंकको लागि फिल्ड भिजिट राउन्ड मङ्गलबार सम्पन्न भएको छ।

धरान–१६ स्थित यु.एन.नबोदय कलेजको हलमा भएको कार्यक्रममा सहभागिहरुले सुनसरीको बराहक्षेत्र–८ मा रहेको लगुन एग्रीकल्चर रिसर्च सेन्टर प्रा.लि. शीर्षकमा आफ्नो धारणा राखेका थिए ।

आयोजक ¥याडिकल लाईट नेपाल प्रा.लि.ले आईतबार उत्कृष्ट –७ जना सहभागिलाई रिसर्च सेन्टरको अवलोकन भ्रमण गराएको थियो।

सञ्चालक सुनिल थापाले सेन्टरको बारेमा सहभागिहरुलाई जानकारी गराएका थिए।

अवलोकन भ्रमणका क्रममा प्राप्त सुचनाका आधारमा सहभागिहरुले आफ्नो बिचार ब्यक्त गरेको –याडिकलका अध्यक्ष तिर्थ कार्कीले जानकारी दिए।

अधिकांश सहभागिहरुले सुनिल थापाको उदाहरणिय कामले देसका युवाहरुलाई कृषि पेशामा लाग्न उत्प्रेरणा मिल्ने बिचार ब्यक्त गरे।

उत्कृष्ट ७ मा पर्नेहरुमा दिपेन भण्डारी, अन्कित ढुङ्गाना, अभिषेक राई, मौसम पराजुली, सदिक्षा राई, रेजिना बि.क. र बिनोद काफ्ले रहेका छ ।

सुनिल थापाले २०६४ सालमा लगुन एग्रीकल्चर रिसर्च सेन्टर स्थापना गरि ५ बिघा जग्गामा माछा, कुखुरा, हास, बट्टाई पाल्दै आएका छन।

प्रतियोगीताको निर्णायकहरुमा महेन्द्र बहुमुखी क्याम्पस धरानका उपप्राध्यापक एबम कोशिपत्र दैनिकका सम्पादक राजेस बिद्रोही र समता स्कुल इटहरीका शिक्षक जेपि काफ्ले रहेका छन।एस.ई.ई.स्पीकरमा बाकी ७५ प्रतिशत अंकको लागि फाईनल आगामी शनिबार हुने आयोजकले जनाएको छ।

यसैबिच एस.ई.ई.स्पीकर धरानका उत्कृष्ट–७ जना सहभागिहरुलाई डाईनिङ एटिकेट(खाना शिष्टाचार)सम्बन्धी ज्ञान प्रदान गरिएको छ।

यु.एन.नबोदय कलेजका होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगनमान श्रेष्ठले सहभागिहरुलाई देस बिदेसका स्टार होटलहरुमा काटा(चम्चा कसरी समात्ने, सुप कसरी खाने लगायतका महत्वपुर्ण ज्ञान प्रदान गरे।

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic