धरानमा भोलि ५५ वर्ष माथिकालाई भेरोसेल खोप लगाईने

  • साउन २५, २०७८
  • १,६४२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर

धरान,२७ साउन : धरानमा ५५ वर्ष र सो भन्दा माथिका नागरिकहरुलाई सोमबार कोरोना विरुद्धको भेरोसेल खोप लगाईने भएको छ ।उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाले आज एक प्रेस विज्ञप्ति जारि गर्दै यस्तो जानकारी गराएको हो ।

स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार भोलि (सोमबार) धरानका २ स्थानमा खोपकेन्द्र तोकिएको छ ।

धरान वडा नं. ८ स्थित सभागृह र वडा नं. १ छाताचौकस्थित पुरानो अस्पतालमा खोपकेन्द्र रहने छ । ५५ वर्ष र सो भन्दा माथिका नागरिकहरुलाई साउन ११, १२ र १३ गते भेरोसेल खोपको पहिलो मात्रा लगाउन धरानमा सात वटा खोपकेन्द्रहरुमा सञ्चालन गरिएको थियो ।

उक्त खोप लगाउनबाट बञ्चित भएका ५५ वर्ष र सो भन्दा माथिका नागरिकहरुलाई तोकिएको खोपकेन्द्रहरुमा बिहान १० देखि ४ बजेसम्म भेरोसेल खोपको पहिलो मात्रा लगाईने व्यवस्था गरिएको स्वास्थ्य महाशाखा प्रमुख मेहताले जानकारी दिनुभयो ।


यस्तै, स्वास्थ्य महाशाखाले गत वर्ष फागुन ४ देखि चैत्र ४ गतेसम्म कोभिड शिल्डको पहिलो मात्रा लगाएकाको लागि खोपको दोश्रोे मात्रा अब केही दिनभित्र नै सञ्चालन गरिने विज्ञप्तिमा उल्लेख गरेको छ ।

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic