धरानमा भोलि ५५ वर्ष माथिकालाई भेरोसेल खोप लगाईने

  • साउन २५, २०७८
  • १,६९३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर

धरान,२७ साउन : धरानमा ५५ वर्ष र सो भन्दा माथिका नागरिकहरुलाई सोमबार कोरोना विरुद्धको भेरोसेल खोप लगाईने भएको छ ।उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाले आज एक प्रेस विज्ञप्ति जारि गर्दै यस्तो जानकारी गराएको हो ।

स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार भोलि (सोमबार) धरानका २ स्थानमा खोपकेन्द्र तोकिएको छ ।

धरान वडा नं. ८ स्थित सभागृह र वडा नं. १ छाताचौकस्थित पुरानो अस्पतालमा खोपकेन्द्र रहने छ । ५५ वर्ष र सो भन्दा माथिका नागरिकहरुलाई साउन ११, १२ र १३ गते भेरोसेल खोपको पहिलो मात्रा लगाउन धरानमा सात वटा खोपकेन्द्रहरुमा सञ्चालन गरिएको थियो ।

उक्त खोप लगाउनबाट बञ्चित भएका ५५ वर्ष र सो भन्दा माथिका नागरिकहरुलाई तोकिएको खोपकेन्द्रहरुमा बिहान १० देखि ४ बजेसम्म भेरोसेल खोपको पहिलो मात्रा लगाईने व्यवस्था गरिएको स्वास्थ्य महाशाखा प्रमुख मेहताले जानकारी दिनुभयो ।


यस्तै, स्वास्थ्य महाशाखाले गत वर्ष फागुन ४ देखि चैत्र ४ गतेसम्म कोभिड शिल्डको पहिलो मात्रा लगाएकाको लागि खोपको दोश्रोे मात्रा अब केही दिनभित्र नै सञ्चालन गरिने विज्ञप्तिमा उल्लेख गरेको छ ।

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic