नेशनल एकेडेमीले घोषणा ग¥यो छात्रवृत्ति ग्रामीण भेगका २१ विद्यार्थीका लागि छुट्टै छात्रवृत्ति

  • साउन २६, २०७८
  • ८,१८८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२७ साउनः शैक्षिक संस्थाहरु मध्ये प्रदेश नं. १ मै पहिलो आईएसओ प्रमाणपत्र प्राप्त नेशनल एकेडेमी धरानले ग्रामीण भेगका जेहेन्दार विद्यार्थीहरुका लागि कक्षा ११ मा छात्रवृत्तिको व्यवस्था गरेको घोषणा गरेको छ ।

एकेडेमीका प्राचार्य श्रीशीशा राईद्धारा जारी प्रेसनोटमा जनाईए अनुसार ग्रामीण भेगका कुल २१ जना विद्यार्थीहरुलाई यो छात्रवृत्ति वितरण गरिनेछ ।

एकेडेमीमा म्यानेजमेन्ट, एजुकेशन र ह्युमेनिटिज पठनपाठन हुने गरेकोमा प्रत्येक सङ्कायका लागि ७ जनाको दरले छात्रवृत्ति दिइने प्रेसनोटमा जनाइएको छ ।

उक्त छात्रवृत्ति सुनसरी, मोरङ, झापा लगायतका तराई बाहेकका  जिल्लाका विद्यार्थीहरुलाई लागु हुनेछ ।

कक्षा ११ अध्ययन गर्ने चाहने विद्यार्थीको एसईईको प्राप्ताङ्क र अन्तरवार्ताका आधारमा छात्रवृत्तिका लागि विद्यार्थी छनौट गरिनेछ । प्रवेश परिक्षाको प्राप्ताङ्कलाई समेत छनौटको आधार बनाईनेछ ।

छनौट भई नेशनल एकेडेमी अध्ययन गर्ने विद्यार्थीहरुका लागि एकेडेमी परिसरमै सुविधासम्पन्न होस्टलको व्यवस्था समेत गरिएको प्राचार्य राईले उल्लेख गर्नुभएको छ ।

यससहित एकेडेमीले एसईईमा अब्बल ग्रेड प्राप्त गर्ने विद्यार्थीहरु, दलित, आदीवासी जनजाति, सिमान्तकृत, अव्यवस्थित बसोबास, नृत्य संगीत गायन मोडलिङ साहित्य खेलकुदमा अब्बल विद्यार्थीहरुका लागि समेत छुट्टाछुट्टै छात्रवृत्तिको व्यवस्था गरिएको प्राचार्य राईले बताउनुभएको छ । एसईईमा ए प्लस र ए ग्रेट प्राप्त गर्ने विद्यार्थीहरुका लागि विशेष छात्रवृत्तिको व्यवस्था उहाँले बताउनुभयो ।

दुर्गम क्षेत्रका शिक्षा, यातायात आदीबाट बञ्चित साथै आर्थिक अवस्था कमजोर रहेका विद्यार्थीले समेत अन्तरराष्ट्रिय स्तरको शिक्षा लिने अवसर प्राप्त गरुन् भन्ने उद्धेश्यले छात्रवृत्तिको व्यवस्था गरिएको एकेडेमीका सिइओ देवकुमार सुब्बाले बताउनुभयो ।

नेशनल एकेडेमीले शिक्षालाई व्यवसाय भन्दा पनि विद्यार्थीको अधिकारको रुपमा प्रसार गर्न चाहेको उहाँले बताउनुभयो ।

नेशनल एकेडेमीले यसैवर्षदेखि लिम्बु, राई बान्तावा र नेवारी भाषा पनि पठनपाठन गराउने भएको यसअघि घोषणा गरिसकेको छ ।

कलेजले पठनपाठनमा मात्र नभई कार्यालय सञ्चालनमा समेत आधुनिक प्रविधिको उपयोग गर्ने तयारी समेत गरेको जनाएको छ ।

एकेडेमीले यसैवर्ष आईएसओ प्रमाणपत्र चिन्ह प्राप्त गरेको हो ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic