एस.ईई.स्पीकर फष्ट रनर अपलाई धरान मेघा कलेजमा ६५ प्रतिशत छात्रवृत्ति

  • साउन २७, २०७८
  • ८,९९४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२७ साउन ः धरान मेघा कलेज धरान–१२ ले एसइइ स्पिकर धरानकी फस्ट रनर अपलाई प्लस टु अध्ययनका लागि ६५ प्रतिशत छात्रबृत्ती प्रदान गरेको छ।

बुधबार मेघा कलेजका एकेडेमिक डाईरेक्टर अर्जुन घिमिरे र प्रिन्सिपल भास्कर पौडेलद्धारा फस्ट रनर अप रेजिना वि.क.लाई ६५ प्रतिशत छात्र वृत्ति प्रदान गरिएको हो ।

rajina bk copy

विकलाई कलेजका प्रिन्सिपल पौडेल र डाइरेक्टर घिमिरेले खदा लगाएर सम्मान गर्नुभएको थियो ।

रेजिना बुधबार नै कलेजमा म्यानेजमेन्ट बिषय लिएर भर्ना भइ सकेकी छिन।कलेजले गरेको स्वागतबाट आफूलाई थप प्रोत्साहन मिलेको विद्यार्थी वि.क.ले वताईन ।

¥याडिकल लाईट नेपाल प्रा.लि.धरानले आयोजना गरेको एस.ई.ई.स्पिकर धरानको गत श्रावण २३ गते भएको फाईनलमा ूनेपालको बिकासमा जलश्रोतको महत्व शिर्षकमा आफ्नो गहकिलो बिचार ब्यक्त गरि रेजिना फष्ट रनर अप भएकी थिइन।

धरान मेघा कलेज र ¥याडिकल लाईट बिच फष्ट रनर अपलाई ५० प्रतिशत छात्रबृत्ती दिने सहमती भएको थियो ।

कलेजले बिद्यार्थीलाई थप हौसला स्वरुप कलेजको तर्फबाट १५ प्रतिशत थप गरी ६५ प्रतिशत छात्रबृत्ती प्रदान गरिएको कलेजका एकेडेमिक डाईरेक्टर घिमिरेले जानकारी दिनुभयो ।

rajina = 33 copy

छात्रबृत्ती पनि पाएको र कलेजको शैक्षिक बाताबरण, अतिरिक्त क्रियाकलापमा विशेष जोड दिइने कलेजको उदेस्य राम्रो लागेकोले आफु धरान मेघा कलेजमा भर्ना भएको रेजिनाले बताईन। रेजिनाले २०७७ सालको एस.ई.ई. शारदा बालिका नमुना मा.बि.बाट दिएकि थिइन।

हालै प्रकाशित भएको एस.ई.ई.को नतिजा अनुसार उनले ३ दशमलब ५५ जिपिए प्राप्त गरेकी छिन।

उनको प्रतिभालाई प्रोत्साहन गर्न कलेजले कुनै कसुर बाकी नराख्ने कलेजको दावी रहेको छ ।

प्रतिभावान र क्षमतावान विद्यार्थीहरुलाई अघि वढाउन कलेज सधै अग्रसर रहेको कलेजको भनाई रहेको छ ।
धरान मेघा कलेज छोटो समयमा नै धरानमा शिक्षा क्षेत्रमा छुट्टै पहिचान वनाउन सफल वनेको छ ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic