धरानमा पहिलो पटक, होटल व्यवस्थापन अध्ययनको लागी एडीएचएम कोर्स शुरु इन्टरनेशनल नाम मात्र होइन कामको पनि

  • साउन २८, २०७८
  • ४,४४७ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,२८ साउन ः प्राइम भिजन इन्टरनेस्नल हस्पिटालिटी म्यानेजमेन्ट कलेज धरानले प्रदेश नं १ कै पहिलो पटक ट्रिपल प्रमाण पत्र प्रदान गरेको छ ।

विद्यार्थीहरुको भविष्यलाई सुरक्षित गर्न कलेजले ट्रिपल प्रमाण पत्र प्रदान गर्न लागेको हो ।

कलेजले बुधवार पत्रकार सम्मेलन गरी कलेजले प्रदान गर्दै आएको सेवाका वारेमा जानकारी दिएको थियो ।

अन्य कलेजको भन्दा आफ्नो कलेजले दिने शिक्षा र अवसर फरक रहेको कलेजका अप्रेशन मेनेजर अभिशेक श्रेष्ठले जानकारी दिनएकाछन् ।

एडभान्स डिप्लोमा इन हस्पिटालिटी म्यानेजमेन्ट विषय अध्यापन आइरहेको छ ।

यस कार्यक्रमले विद्यार्थीहरुलाई हस्पिटालिटी म्यानेजमेन्ट क्षेत्रमा आवश्यक ज्ञान, सीप र दक्षता प्रदान गर्ने श्रेष्ठको भनाई रहेको छ । उनीहरुलाई यस क्षेत्रमा काम गर्दा २१ शताब्दीको चुनौतिहरुको सामना गर्न सक्षम बनाउने दावी समेत श्रेष्ठको रहेको छ ।

एलसिसिआई ग्लोवल क्वालिफिकेसनद्धारा मान्यता प्राप्त संस्थाले अन्तराष्ट्र्य शैक्षिक गूणस्तर मापन एसक्यूएले शैक्षिक गूणस्तरको मान्यतम प्रदान गरेको छ ।

धरानमा एक मात्र मल्टीमीडिया शिक्षा प्रणालीसंगै एसि कक्षामा अध्यापन गराइने आफ्नो कलेज रहेको को–अर्डिनेटर अनिल श्रेष्ठको भनाई रहेको छ ।

यस कलेजमा विद्यार्थीको शैक्षिक गूणस्तर बिकासका लागि निः शुल्क ट्याब्लेट ९पीसी०, झोला र किताबहरु, किचन किट, वाईफाई सुविधाहरु समेत व्यवथा गदै आइरहेको श्रेष्ठको भनाई रहेको छ ।

आफ्नो कलेजले विद्यार्थीहरुको पढन पाउनू पर्ने अधिकारलाई सुनिश्चित गर्न शैक्षिक ऋणको समेत व्यवस्था गरिएको अप्रेशन मेनेजर श्रेष्ठको भनाई रहेको छ ।

कलेजले विदेशका शिक्षण संस्थाहरुमा गरीने गरीएको अनिवार्य स्वास्थ विमा जस्तै धरानमा पनि पहिलो पटक कलेजमा निःशूल्क प्रदान गराइएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार फ्रेन्च भाषा ,ड्राइभिङ कक्षाहरु हरेक हप्ता व्यवहारिक विभिन्न गतिविधिहरुको माध्यमबाट सिकाइने, संगित कक्षा , वास्केटबल , फूटवल , साइक्लीङ्ग , स्वीमीङ्ग जस्ता विद्याथीको रुचि अनूसार अतिरीक्त कृयाकलापहरु गराइने छ ।

विद्यार्थीहरुको स्वास्थ्यलाई ध्यान दिदै बरिष्ठ डाक्टरहरुबाट निः शुल्क स्वास्थ्य तथा दन्त परिक्षण गराइने व्यवस्था गरेको छ ।
नेपालको विभिन्न ५ तारे होटलहरुमा शैक्षिक भ्रमण साथै राष्ट्रीय र अन्तर्राष्ट्रिय ५ तारा होटलहरुमा सशुल्क इंटर्नशिप गराउदै अध्ययनको व्यवस्था मिलाएको जानकारी पत्रकार सम्मेलनमा दिइएको थियो ।

अध्यन अवधिको समयमा पनि स्थानीय बजार मा रोजगार को अवसरहरु व्यवस्था गरिन्छ । हाल धरानमा शिक्षा क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा देखिदै आएको छ ।

विद्यार्थीहरुले एडिएचएम संगै प्लस टु पनि निशूल्क गरि दिएको छ ।

यहाँ डिप्लोमा र अग्रिम डिप्लोमा कोर्स मा केहि फरक छ। डिप्लोमा कोर्स ६ महिनाको तर एडिएचएम मात्र विएचएमको तेस्रो सेमेस्टरको बराबर कोर्स हो ।

यस कार्यक्रमले अन्तर्राष्ट्रिय बेंच मार्किंगले विद्यार्थीहरुलाई अतिरिक्त मूल्य र क्यारियर प्रगति प्रदान गर्ने कलेजको भनाई रहेको छ ।

यसका अतिरिक्त विद्यार्थीहरुलाई विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयहरुमा स्नातक डिग्रीमा प्रवेश लिने अवसर हुनेछ जसले समय र पैसाको बचत हुने श्रेष्ठको भनाई रहेको छ ।

आफ्ना कलेजका बिद्यार्थीहरुले विश्व भरका १५ विश्वविद्यालयहरु मध्ये जुनसुकैमा पनि विएचएम जारी राख्न सक्नेछन् ।
सो कोर्ष सम्पन्न गर्नका लागि दुइ वर्षको ४ लाख २० हजार लाग्ने कलेजले जनाएको छ ।

कलेजले विद्यार्थीहरुलाई क्रेडिट स्थानान्तरण सुविधाहरु समेत प्रदान गर्ने जानकारी दिएको छ ।
्कलेज विगत ४ वर्ष देखि धरानमा सञ्चालन हुदै आएको छ ।

 

 

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic