धरानमा पहिलो पटक, होटल व्यवस्थापन अध्ययनको लागी एडीएचएम कोर्स शुरु इन्टरनेशनल नाम मात्र होइन कामको पनि

  • साउन २८, २०७८
  • ४,४८७ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,२८ साउन ः प्राइम भिजन इन्टरनेस्नल हस्पिटालिटी म्यानेजमेन्ट कलेज धरानले प्रदेश नं १ कै पहिलो पटक ट्रिपल प्रमाण पत्र प्रदान गरेको छ ।

विद्यार्थीहरुको भविष्यलाई सुरक्षित गर्न कलेजले ट्रिपल प्रमाण पत्र प्रदान गर्न लागेको हो ।

कलेजले बुधवार पत्रकार सम्मेलन गरी कलेजले प्रदान गर्दै आएको सेवाका वारेमा जानकारी दिएको थियो ।

अन्य कलेजको भन्दा आफ्नो कलेजले दिने शिक्षा र अवसर फरक रहेको कलेजका अप्रेशन मेनेजर अभिशेक श्रेष्ठले जानकारी दिनएकाछन् ।

एडभान्स डिप्लोमा इन हस्पिटालिटी म्यानेजमेन्ट विषय अध्यापन आइरहेको छ ।

यस कार्यक्रमले विद्यार्थीहरुलाई हस्पिटालिटी म्यानेजमेन्ट क्षेत्रमा आवश्यक ज्ञान, सीप र दक्षता प्रदान गर्ने श्रेष्ठको भनाई रहेको छ । उनीहरुलाई यस क्षेत्रमा काम गर्दा २१ शताब्दीको चुनौतिहरुको सामना गर्न सक्षम बनाउने दावी समेत श्रेष्ठको रहेको छ ।

एलसिसिआई ग्लोवल क्वालिफिकेसनद्धारा मान्यता प्राप्त संस्थाले अन्तराष्ट्र्य शैक्षिक गूणस्तर मापन एसक्यूएले शैक्षिक गूणस्तरको मान्यतम प्रदान गरेको छ ।

धरानमा एक मात्र मल्टीमीडिया शिक्षा प्रणालीसंगै एसि कक्षामा अध्यापन गराइने आफ्नो कलेज रहेको को–अर्डिनेटर अनिल श्रेष्ठको भनाई रहेको छ ।

यस कलेजमा विद्यार्थीको शैक्षिक गूणस्तर बिकासका लागि निः शुल्क ट्याब्लेट ९पीसी०, झोला र किताबहरु, किचन किट, वाईफाई सुविधाहरु समेत व्यवथा गदै आइरहेको श्रेष्ठको भनाई रहेको छ ।

आफ्नो कलेजले विद्यार्थीहरुको पढन पाउनू पर्ने अधिकारलाई सुनिश्चित गर्न शैक्षिक ऋणको समेत व्यवस्था गरिएको अप्रेशन मेनेजर श्रेष्ठको भनाई रहेको छ ।

कलेजले विदेशका शिक्षण संस्थाहरुमा गरीने गरीएको अनिवार्य स्वास्थ विमा जस्तै धरानमा पनि पहिलो पटक कलेजमा निःशूल्क प्रदान गराइएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार फ्रेन्च भाषा ,ड्राइभिङ कक्षाहरु हरेक हप्ता व्यवहारिक विभिन्न गतिविधिहरुको माध्यमबाट सिकाइने, संगित कक्षा , वास्केटबल , फूटवल , साइक्लीङ्ग , स्वीमीङ्ग जस्ता विद्याथीको रुचि अनूसार अतिरीक्त कृयाकलापहरु गराइने छ ।

विद्यार्थीहरुको स्वास्थ्यलाई ध्यान दिदै बरिष्ठ डाक्टरहरुबाट निः शुल्क स्वास्थ्य तथा दन्त परिक्षण गराइने व्यवस्था गरेको छ ।
नेपालको विभिन्न ५ तारे होटलहरुमा शैक्षिक भ्रमण साथै राष्ट्रीय र अन्तर्राष्ट्रिय ५ तारा होटलहरुमा सशुल्क इंटर्नशिप गराउदै अध्ययनको व्यवस्था मिलाएको जानकारी पत्रकार सम्मेलनमा दिइएको थियो ।

अध्यन अवधिको समयमा पनि स्थानीय बजार मा रोजगार को अवसरहरु व्यवस्था गरिन्छ । हाल धरानमा शिक्षा क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा देखिदै आएको छ ।

विद्यार्थीहरुले एडिएचएम संगै प्लस टु पनि निशूल्क गरि दिएको छ ।

यहाँ डिप्लोमा र अग्रिम डिप्लोमा कोर्स मा केहि फरक छ। डिप्लोमा कोर्स ६ महिनाको तर एडिएचएम मात्र विएचएमको तेस्रो सेमेस्टरको बराबर कोर्स हो ।

यस कार्यक्रमले अन्तर्राष्ट्रिय बेंच मार्किंगले विद्यार्थीहरुलाई अतिरिक्त मूल्य र क्यारियर प्रगति प्रदान गर्ने कलेजको भनाई रहेको छ ।

यसका अतिरिक्त विद्यार्थीहरुलाई विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयहरुमा स्नातक डिग्रीमा प्रवेश लिने अवसर हुनेछ जसले समय र पैसाको बचत हुने श्रेष्ठको भनाई रहेको छ ।

आफ्ना कलेजका बिद्यार्थीहरुले विश्व भरका १५ विश्वविद्यालयहरु मध्ये जुनसुकैमा पनि विएचएम जारी राख्न सक्नेछन् ।
सो कोर्ष सम्पन्न गर्नका लागि दुइ वर्षको ४ लाख २० हजार लाग्ने कलेजले जनाएको छ ।

कलेजले विद्यार्थीहरुलाई क्रेडिट स्थानान्तरण सुविधाहरु समेत प्रदान गर्ने जानकारी दिएको छ ।
्कलेज विगत ४ वर्ष देखि धरानमा सञ्चालन हुदै आएको छ ।

 

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic