युएन नबोदय कलेजमा भाद्र–३ मा प्रबेस परीक्षा

  • साउन ३२, २०७८
  • ३,००० पटक पढिएको
  • छाल खबर
alt

खेमबहादुर माझी
धरान,३२ साउन ः यु.एन.नबोदय कलेज धरान–१६ले कक्षा ११ को भर्नाका लागि आगामी भाद्र–३ गते प्रवेश परिक्षाको आयोजना गर्ने भएको छ ।

माध्यमिक शिक्षा परीक्षा(एस।ई।ई) उत्तीर्ण भएका बिद्यार्थीहरुलाई को कक्षा(११ मा भर्ना हुनका अनलाईन मार्फत आवेदन दिएका विद्यार्थीहरुका लागि विभिन्न विषयका लागि प्रबेस परीक्षा आयोजना गर्ने भएको हो ।

कोभिड–१९ सन्क्रमणको खतरा यथावत नै रहेकाले आधारभुत स्वास्थ्य मापदण्ड पुर्ण रुपमा पालना गरेर प्रबेस परीक्षा लिइने क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापोले जानकारी दिनुभएको छ ।

विहान ९ बजेदेखि साईन्स, कम्प्युटर साइन्स र फुड एन्ड न्युट्रीसन गरि तीन वटा नया बिषय अध्ययनकालागि प्रवेश परिक्षा हुन लागेको क्याम्पस प्रमुख तुम्बापोले जानकारी दिनुभएको छ ।

कलेजले आफ्नो एक दशकको शैक्षिक यात्रामा म्यानेजमेन्ट र होटल म्यानेजमेन्टमा प्रदेस १ टप गरि छुट्टै पहिचान बनाउन सफल बन्दै आएको छ ।

युएन नबोदय कलेजले गुणस्तरिय शिक्षा प्रदान गर्नुका साथै बिद्यार्थीहरुको शारीरिक, मानसिक र बौद्धिक बिकासका लागि विभिन्न प्रकारका अतिरिक्त क्रीयाकलापमा जोड दिदै आएको छ।

क्याम्पस प्रमुख तुम्बापोका अनुसार प्रदेस नम्बर १ का विभिन्न जिल्लाका एस.ई.ई.टपरहरुको छनौटमा पर्दै आएको र कलेजमा मिस पुर्वान्चल, मिस धरान जस्ता विभिन्न इभेन्टमा भाग लिइ उत्कृष्ट हुन सफल बिद्यार्थीहरु कलेजमा अध्ययनरत रहेका छन् ।

आफूहरुले गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै बिद्यार्थीहरुको सर्वाङ्गिण बिकासका लागि अन्य अतिरिक्त क्रीयाकलापमा पनि हौसला प्रदान गर्दै आएकोले बिद्यार्थीहरुको रोजाईमा युएन नबोदय कलेज पर्ने गरेको उहाको भनाई रहेको छ ।

यसै शैक्षिक शत्रबाट विज्ञान संकाय शुरु गरीएको जानकारी दिदै व्यवस्थापन संकाय र र होटल म्यानेजमेन्टमा जस्तै विज्ञानमा संकायमा पनि प्रदेस १ कै गुणस्तरीय कलेज बनाउन आफूहरु लागि पर्ने उहाले वताउनु भएको छ ।

यो पटक सीमित विद्यार्थी भर्ना लिने तर उत्कृष्ट परिणाम दिने तुम्बापोको दावी रहेको छ ।

कलेजले साइन्स पढ्ने बिद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्ने मात्र नभएर डा सन्दुक रुइत, वैज्ञानिक महाबिर पुन जस्ता बैज्ञानिक बन्न पुरै उत्प्रेरित गर्ने उहाको बताउनु भयो।

बि.पि.कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका डाक्टर, पुर्वान्चल इन्जिनियरिङ क्याम्पसका इन्जिनियर टिममा भएकाले र सुबिधा सम्पन्न साइन्स ल्याब भएकाले साइन्समा पनि युएन नबोदय उत्कष्ट हुने कलेजले दाबी गरेको छ।

युएन कलेजमा पछिल्लो समय विद्यार्थी निकै आर्कषण वढदै गएको अभिभावकहरुको भनाई रहेको छ । विद्याथीैहरुलाई अध्ययनका अनुभवी दक्ष शिक्षक र शान्त वातावरण नै विद्यार्थीहरुको लागि छनौट विशेषता रहेको विद्यार्थीहरुको भनाई रहेको छ । 233686980_907398653519815_7799169821559359439_n234416012_1005938913475663_7467239628506745566_n (1)234312617_819584038918279_7095034426813151117_n234611143_1025438524878331_3762724554636644025_n234355261_907521490171652_3057774118121350491_n234327344_2574076942737956_6506880963256743572_n234641909_4335003189908610_4248403386866601496_n234876938_369746214715608_3855817440361761966_n234894332_224404519610282_140107383485243308_n234416012_1005938913475663_7467239628506745566_n236152946_345231097332535_8698720382964962425_n235909731_557150055641293_5224253361541869545_n235506257_1626925180846483_2997976059042405531_n236128934_172768331591308_6011423024933770543_n235135797_815089655876319_1003088660538608908_n236633389_348376890345591_7484367940514731950_n236176975_262956772052362_1986763270022428041_n235736140_4307760686001284_1810567181120345183_n236948895_193957949315320_424573986856959341_n238073825_588757725630389_7755372624712626795_n236283128_561597255155692_8176455197728704853_n235764226_965391370973770_8513198361565615708_n235955797_941331479776122_1834052418558879414_n236523239_1215493622233080_8151733703155716102_n235832730_259244859132325_6293225613205898454_n234812930_245283620781508_2473132921627772801_n237209719_579677029693997_7793274480603405279_n

 

 

बाथरुममा लडेर प्रचण्ड घाइते

छाल खवर काठमाडौं,२४ वैशाखः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प ...

निवन्ध प्रतियोगितामा श्रृष्टी र सुस्मिता प्रथम

छाल खवर धरान,२२ वैशाखः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ ले आयोजना गरे ...

सुनाखरी इन्टरस्कुल बास्केटबलको उपाधि होलील्याण्ड

छाल खवर धरान,२१ वैशाखः सुनाखरी एकेडेमी धरानले आयोजना गरेको सुनाखरी डिटाउन ३ ...

बहुमतको बलमा पेल्न खोजे विष्फोट हुन सक्छ ः अध्यक्ष

छाल खवर धरान,२० वैशाखः पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपाल ...

हिविस्कस वोडिङ स्कुलको पुस्तक रहित कार्यक्रम अन्र्

छाल खवर धरान,२० वैशाखः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ले हरेक हप् ...

फोकस १६ क्लवद्धारा राष्ट्रिय फुटवल खेलाडी लकेन लिम

छाल खवर धरान,१३ वैशाखः फोकस १६ क्लवद्धारा धरानका राष्ट्रिय खेलाडी लकेन लिक् ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic