पुलिस स्कुल धरानमा व्यवस्थापन संकायमा कक्षा ११ सञ्चालन आगामी वर्षमा विज्ञान संकाय थप गरीने योजना

  • भदौ ३, २०७८
  • ५,७१७ पटक पढिएको
  • छाल खबर
alt

भोला श्रेष्ठ
धरान,३ भाद्र ः नेपाल पुलिस स्कुल धरानले यस वर्ष देखि व्यवस्थापन संकायमा कक्षा ११ सञ्चालन गर्ने भएको छ ।

स्कुलले शैक्षिक सत्र २०७८ देखि व्यवस्थापन सङ्कायमा कक्षा ११ सञ्चालन गर्ने भएको हो ।

स्कुलले कक्षा ११ का लागि प्रहरी कर्मचारीका छोराछोरीलाई ६० प्रतिशत र सर्वसाधारणका छोराछोरीलाई ४० प्रतिशत सिट अनुपात गरि अनलाइन भर्ना खुलाएको स्कुलका प्रधानाध्यापक डिकेन्द्र रायाले जानकारी दिनुभएको छ ।

प्रवेश परिक्षामा प्रथम हुने विद्यार्थीलाई भर्ना शुल्क नलाग्ने ,बीर अमर तथा अशक्त प्रहरीको सन्तानलाई पूर्ण निःशुल्क पढाइने र प्रहरी हवल्दार भन्दा मुनिका छोरा छोरीलाई प्रहरी कल्याण कोषले छात्रवृत्ति दिने व्यवस्था रहेको प्रिन्सिपल रायामाझीले जानकारी दिनुभयो ।

नेपाल प्रहरी वेलफेयर फन्डद्वारा सञ्चालित यो स्कुलले पहिलो पटक कक्षा ११ सञ्चालनमा ल्याएको हो । यो वर्ष व्यवस्थापन सङ्कायमा सिमित भर्ना खुलाएको पुलिस स्कुलले आगामी वर्षमा विज्ञान सङ्ककाय दुइ सेक्सन हुने गरी कक्षा सञ्चालनमा ल्याउने योजना रहेको उहाँको भनाई रहेको छ ।

के छ पुलिस स्कुलको विशेषता ?

१. प्रदेश नं. १ को आवासीय विद्यालयहरुमध्ये पहिलो रोजाईको सुविधा सम्पन्न भुकम्प प्रतिरोधात्मक आवास तथा आकर्षक कक्षाकोठाहरुको प्रबन्ध भएको ।

२. दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराईने ।

३. बन्द र हडतालमा पनि शिक्षण सिकाई क्रियाकलाप नियमित सञ्चालन हुने ।

४. इन्टरनेट, अध्ययनकक्ष सहितको अत्याधुनिक स्तरको पुस्तकालय, विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशालाको व्यवस्था भएको ।

५. गरिव, जेहेन्दार तथा खेलकुदमा निपूर्ण विद्यार्थीहरुका लागि २५ लाख भन्दा वढी रकमको अक्षय कोष स्थापना गरी प्रत्येक वर्ष छात्रवृति प्रदान गर्ने गरेको ।

६. अमरवीर र अशक्त प्रहरी कर्मचारीको सन्ततिलाई र प्रत्येक कक्षामा कक्षा प्रथम हुने विद्यार्थीहरुलाई जेहेन्दार छात्रवृति अन्तरगत १०० प्रतिशत शिक्षण शुल्क छात्रवृति प्रदान गर्ने गरिएको ।

७. संभवत धरान कै सवैभन्दा वढी क्षेत्रफल ५ बिगाहा भन्दा माथी क्षेत्रफलमा फैलिएको र बाहिरी हल्लाले अध्ययन अध्यापनमा कुनै असर नपर्ने स्वच्छ तथा शान्त वातावरणमा शिक्षण सिकाई क्रियाकलाप हुने ।

८. प्रहरी निजी शैक्षिक गुठी अन्तरगत प्रहरीको श्रमदान र प्रहरी कल्याण कोषद्वारा सञ्चालित गैर नाफामुखी संस्था ।

९. बहालवाला प्रहरी, पूर्व प्रहरीको लागी ६० प्रतिशत र सर्वसाधारणको लागी ४० प्रतिशत अनुपातमा भर्नाको व्यवस्था गरिएको

१०. अतिरिक्त क्रियाकलापको लागि अन्तराष्ट्रिय मापदण्डको डबल कोर्टको ब्याडमिन्टन हल, वास्केटबल कोर्ट, भलिबल कोर्ट, फुटबल मैदान, क्रिकेट पिच लगायतका इनडोर तथा आउटडोर खेलकुदको सुविधा भएको ।

११. सदैब विद्यालयमा विजुलीको आपूर्तिको लागी जेनेरेटरको व्यवस्था गरिएको ।

१२. विद्यार्थीहरुको यातायातको लागि वसको सुबिधा भएको साथै विद्यालयमा सदैव हेल्थ डेस्कको स्थापना गरिएको ।

१३. विद्यार्थीहरुको लागि तत्काल उपचार गर्नका लागि आकस्मिक गाडीको व्यवस्था भएको ।

१४. खेलकुदमा सधै अव्वल र विजेता वन्न सफल हुदै आएको ।

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic