युएन नबोदय कलेजमा बिद्यार्थीहरुको आर्कषण प्रवेश परिक्षामा ३६० जना सहभागि

  • भदौ ३, २०७८
  • ६,५७८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३ भाद्र ःपछिल्लो समय होटल मेनेजमेन्ट विषयमा विद्यार्थीहरुको आकर्षण वढन थालेको पुष्टि भएको छ ।

धरान स्थित युएन नवोदय कलेजमा विहिवार आयोजित प्रवेश परिक्षामा सहभागी मध्ये अधिकांश विद्यार्थीले होटल मेनेजमेन्ट विषयमा परिक्षा दिएपछि सो कुराको पुष्टि भएको हो ।

युएन नबोदय कलेज धरान–१६ कलेजमा बिहिबार कक्षा–११ मा भर्ना हुनका लागि विभिन्न विषयको अध्ययनका लागि प्रबेस सम्पन्न गरेको छ ।

bijaya sir

कलेजले कोभिड–१९ संक्रमणको खतरा यथावत नै रहेकाले आधारभुत स्वास्थ्य मापदण्ड पुर्ण रुपमा पालना गरेर प्रबेस परीक्षा लिइएको हो ।

क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापोले बिद्यार्थीहरुको प्रबेस परीक्षा मास्क, सेनिटाईजर लगाएर भौतिक दुरि कायम गरि पुर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गरेर दिइएको जानकारी दिनुभयो ।

भौतिक रुपमा उपस्थित भएर २ सय ५० जना र अनलाईनबाट १ सय १० गरि ३ सय ६० जना बिद्यार्थीले प्रबेस परीक्षा दिएको कलेजले जनाएको छ।

क्याम्पस प्रमुख तुम्बापोले दिएको जानकारी अनुसार ३सय ६० मध्ये २ जनाले होटल मेनेजमेन्टका लागि प्रवेश परिक्षा दिएकाछन् ।
अन्य १ सय ६० जनाले भने विभिन्न विषयमा लागि प्रवेश परिक्षा दिएका थिए ।

गत सालको भन्दा यो साल उत्साहजनक रुपमा बिद्यार्थीको उपस्थिती रहेको कलेजका प्रिन्सिपल तुम्बापोले जानकारी दिनुभयो।

कलेजले यसै शैक्षिक शत्रबाट साईन्स, कम्प्युटर साइन्स र फुड एन्ड न्युट्रीसन गरि तीन वटा नया बिषयहरु थप गरेको छ।

एक दशक अगाडि स्थापना भएको कलेजले आफ्नो छोटो शैक्षिक यात्रामा म्यानेजमेन्ट र होटल म्यानेजमेन्टमा प्रदेस १ टप गरि छुट्टै पहिचान बनाउन सफल भएको छ।

un college 1

प्रदेस नम्बर १ का विभिन्न जिल्लाका एस.ई.ई.टपरहरुको रोजाईमा पर्दै आएको यु।एन।नबोदय कलेजले गुणस्तरिय शिक्षा प्रदान गर्नुका साथै बिद्यार्थीहरुको शारीरिक, मानसिक र बौद्धिक बिकासका लागि विभिन्न प्रकारका अतिरिक्त क्रीयाकलापमा जोड दिदै आएको छ।मिस पुर्वान्चल, मिस धरान जस्ता विभिन्न इभेन्टमा भाग लिइ उत्कृष्ट हुन सफल बिद्यार्थीहरु समेत यसै कलेजमा अध्ययनरत रहेको क्याम्पस प्रमुखरप्रीन्सिपल तुम्बापो बताउनुहुन्छ।

तुम्बापोले भन्नुभयो,हामिले गुणस्तरीय शिक्षा त प्रदान गरेका छौ नै, बिद्यार्थीहरुको समग्र बिकासका लागि अन्य अतिरिक्त क्रीयाकलापमा पनि हौसला प्रदान गर्दै विशेष जोड दिन्छौ, त्यसैले बिद्यार्थीहरुको रोजाईमा यु।एन।नबोदय कलेज पर्दछ।

यसै शैक्षिक शत्रबाट साइन्स भित्र्याएकोले म्यानेजमेन्ट र होटल म्यानेजमेन्टमा जस्तै साइन्समा पनि प्रदेस १ कै ब्रान्ड कलेज बनाउन लागि पर्ने क्याम्पस प्रमुखरप्रीन्सिपल तुम्बापोले बताउनुभयो।

ूहामी यो पटक सिमित विद्यार्थी लिन्छौ तर बेष्ट रिजल्ट दिन्छौ तुम्बापोले भन्नुभयो। कलेजले साइन्स पढ्ने बिद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्ने मात्र नभएर सन्दुक रुइत, महाबिर पुन जस्ता बैज्ञानिक बन्न पुरै उत्प्रेरित गर्ने प्रीन्सिपल तुम्बापोले बताउनु भयो।

un 2

बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका डाक्टर, पुर्वान्चल इन्जिनियरिङ क्याम्पसका इन्जिनियर टिममा भएकाले र सुबिधा सम्पन्न साइन्स ल्याब भएकाले साइन्समा पनि यु।एन।नबोदय उत्कष्ट हुने कलेजले दाबी गरेको छ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic