एमालेका नौ नेताको माधव नेपाललाई संयुक्त अपिल

  • भदौ ४, २०७८
  • १,८५३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं,४ भाद्र ः नेकपा एमालेका प्रभावशाली नौ नेताहरुले वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टी पार्टी नछाडन अपिल गरेकाछन् ।

उनीहरूले १० बुँदे सहमति अक्षरंश कार्यान्वयन गर्नुपर्ने लगायतको विषय राखेर उनीहरुले अपिल गरेका हुन् ।

अपिल लेख्ने जिम्मा विगतमा पार्टीभित्रको अन्तरद्धन्द्ध अन्त्यका लागि गठन गरिएको विवाद समाधान कार्यदलका सदस्य समेत रहेका एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावलले पाएका थिए ।

press bigpti

उनीहरूले अपिलमा २७ जेठमा भएको १० बुँदे सहमतिको माइन्यूटमा त्यसलाई कसरी अगाडि बढाउने भन्ने उल्लेख गरिएको सोही अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले अघि बढाउनु पर्नेउल्लेख गरेकाछन् ।

उनीहरुले १४ सांसद माथिको कारबाही फिर्ता हुनुपर्ने र माधवकुमार नेपालले नयाँ पार्टी दर्ताको प्रक्रियाबाट पछि हट्नु पर्ने कुरा उल्लेख गरेकाछन् ।

त्यसैगरी एमाले विभाजनका लागि ल्याइएको अध्यादेश खारेज गर्न सरकारलाई अपिल मार्फत आग्रह गरिएको छ ।

वरिष्ठ नेता माधव कुमार नेपालले निर्वाचन आयोगमा नेकपा एमाले (समाजवादी) नामको दल दर्ताका लागि आवेदन दिएपछि करिव पार्टी विभाजनको अन्तिम तयारीमा रहेको छ । यस अघि नेपाल समूहमा रहेका प्रमुख नेताहरु पार्टी एकताको पक्षमा उभिएका छन् ।

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic