पब्जी , फ्रि–फायर र टिकटकमा प्रतिबन्ध लगाउन अदालतको आदेश

  • भदौ ४, २०७८
  • ७७७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,४ भाद्र ः मोवाइल गेममा विकृति आउन थालेपछि मोबाइल गेम पब्जी तथा फ्रि–फायर र टिकटकमा प्रतिबन्ध लगाउन बंगलादेशको सर्वोच्च अदालतले त्यहाँको सरकारलाई आदेश दिएको छ ।

बालबालिकाको मानसिक स्वास्थ्यमा असर पार्ने किसिमका अनलाईन गेम र एपहरु तत्काल प्रतिबन्ध गर्न अदालतले आदेश दिएको हो ।

अदालतले यस्ता गेम र एपमाथि प्रतिबन्ध नलगाउनुको कारण १० दिन भित्र पेश गर्न सरकारको नाममा आदेश जारी गरेको छ ।

बंगलादेशमा यस्तो समाचार आएको यो पहिलो पटक भने होइन । यस अघि पनि गत जुनमा बंगलादेशमा पब्जी मोबाइल र फ्रि–फायर प्रतिबन्धको खबरले सनसनी मच्चाएको थियो ।

डेली स्टार ९बंगलादेशी पत्रिका० को रिपोर्ट अनुसार यस्ता एपमाथि प्रतिबन्ध माग गर्दे परेको रिटमा सुनुवाई गर्दै न्यायधीश मोजिबुर रहमान मिया र न्यायधीश कमरुल हुसेन मोल्लाह सहितको बेञ्चले यस्तो आदेश दिएको हो ।

युवा र बालबालिकाको मानसिक स्वास्थ्यमा असर पार्ने एपमाथि प्रतिबन्ध लगाउनको लागि सिफारिस गर्ने गरी प्रविधि विज्ञ, शिक्षाविद् र अधिवक्ताहरुको समिति गठन गर्न बंगलादेशी बंगलादेश टेलिकम्युनिकेसन एण्ड रेगुलेसन कमिसन (बीटीआरसी) लाई आदेश दिनको लागि पनि रिट निवेदकहरुले माग गरेका छन् ।

बंगलादेशमा मोबाइल गेम पछिल्लो समय निकै लोकप्रिय छन् । यस्ता गेमहरु खेलाडि र कन्टेन्ट क्रियकटरको लागि पेशाको रुपमा स्थापित हुँदै आएको एक रिपोर्टमा जनाइएको छ ।

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic