प्रदेश १ मा सरकार परिवर्तनका लागि १० सांसद् धरानमा केन्द्रीत

  • भदौ १५, २०७८
  • ३,३८५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१४ भाद्रः प्रदेश नं १ मा यतिवेला सरकार टिकाउने र सरकार ढाल्ने खेल तिव्र रुपमा वढेको छ ।

सरकार टिकाउनका लागि नेकपा एमाले विभाजनपछि प्रदेश १ सांसदमा तानातानको अवस्था छ ।

एमाले नेतृत्वको सरकार जोगाउन र ढाल्नका लागि एमाले सांसद तानातानको अवस्था सिर्जना भएको हो ।

प्रदेश १ मा नेकपा एमालेका ५१ जना सांसद छन् । तीमध्ये १० जना माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) पार्टीको पक्षमा उभिएका छन् ।

एकल बहुमत रहेको प्रदेशमा १० जनाले साथ छाडेपछि मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकार अल्पमतमा छ । अल्पमतमा परेपछि मुख्यमन्त्री आचार्यले समाजवादी पार्टीमा खुलेका सांसदलाई एमालेमा फर्काउने प्रयास गरिरहेका छन् । तर त्यो प्रयास निरर्थकझैं देखिएको छ ।

सांसद तान्ने प्रयास भएपछि नेपाल पक्षका सांसद विराटनगरको बिग होटलमा बसेका थिए ।

आन्तरिक छलफल र तयारीका लागि भन्दै बिग होटलमा बसेका उनीहरूले बुधबार एमाले त्यागको पत्र निर्वाचन आयोगमा बुझाउने तयारी गरेका थिए । बिग होटलमा बसेका ती १० जना सांसदले विराटनगर पनि छाडेका छन् । उनीहरु धरान आइपुगेको स्रोतले जनाएको छ ।

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यको सत्ता ढाल्ने रणनीति बनाउन छलफलका लागि होटलमा बसेका एमालेका राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्री रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काम्वाङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापालगायत सांसद धरान आइपुगेको स्रोतले जनाएको छ ।

सांसदहरूलाई दवाबमा थुनेर होटलमा राखिएको चर्चा चलेलगत्तै विराटनगर छाडेका उनीहरू एकैपटक बुधबार निर्वाचन आयोगमा आउने स्रोतले जनाएको छ । समाजवादीबाट मुख्यमन्त्री प्रस्ताव गरिएका राजेन्द राईसहित १० सांसद होटलको डिलक्स सुइटमा बस्दै आएका थिए ।

कुनै पनि हालतमा एमालेमा नजाने अडान लिइरहेका १० सांसद आचार्य नेतृत्वको सरकार ढाल्ने छलफलमा जुटिरहेका थिए । तिनीहरु प्रचण्ड र माधवको निर्देशनमा धरानमा आएको र अहिले कुनै गोप्य ठाउँमा रहेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार सांसदहरुलाई अनावश्यक दबाव आएकोले उनीहरु धरान आइपुगेको जनाइएको छ । त्यसको व्यवस्थापन नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य तथा धरान इञ्चाज अइन्द्रविक्रम बेघाले प्रचण्ड र माधवको निर्देशनमा गरेको जनाइएको छ ।

पार्टीका कसैलाई पनि जानकारी नदिई उनले गोप्य ठाउँमा राखेको स्रोतले जनाएको छ । यस विषयमा बुझ्न खोज्दा धरान इन्चार्ज बेघाले फोन उठाएनन् ।

स्रोतका अनुसार सबै दलको सहमतमा राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने लविङमा रहेको हुनाले पनि सांसद्हरु एकमत भएर निर्वाचन आयोगमा हस्ताक्षर बुझाउने तयारीमा छन् ।

यी सांसद नयाँ पार्टीको पक्षमा खुलेका हुनाले पनि उनीहरूले दल त्याग गरे बिहीबार मुख्यमन्त्रीको सपथग्रहण गरेका भीमको सरकार ढल्नेछ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ ।

प्रदेश १ मा एमालेको सभामुखसहित ५१ जना सांसद छन् । तीमध्ये १० जना सांसदले नयाँ पार्टी रोजेका कारण एक महिनाभित्र वर्तमान सरकार ढल्न सक्ने विश्लेषकहरु बताउँछन् ।

सो विषयमा नेता आइन्द्र विक्रम वेघाले पाहुनाको सत्कार गर्नु स्वभाविक भएको वताउदै को कहा वसेको छ के गर्दैछ भन्ने कुरा प्रमुख नभएको तर प्रदेश सरकारको आयु केही िदिनमा सकिने दावी गरेकाछन् ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic