वामदेव गौतमले गरे एमाले परित्याग

  • भदौ १८, २०७८
  • २,७६१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१८ भाद्र ः पार्टी एकिकरणको पक्षमा अभियान चलाएका नेकपा (एमाले) उपाध्यक्ष वामदेव गौतमले अन्तत पार्टी परित्याग गरेका छन्।

गौतमले शुक्रवार पार्टी मुख्यालय थापाथलीमा गएर पार्टी परित्याग गरेको जानकारी गराएका हुन्।

गौतमले पार्टी परित्याग गरेको पत्र अध्यक्ष केपी ओलीलाई पठाएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी गराएकाछन् ।

पत्रको वारेका आफूलाई जानकारी नभएको कार्यालय सचिव तामाङको भनाई रहेको छ ।

यता गौतमका स्वकीय सचिव दीपक टमाटाले सबै जिम्मेवारी र पार्टीबाट राजीनामा दिएको जानकारी दिएकाछन् ।
अबको योजना के हो भन्नेबारे मलाई केही थाहा नभएको टमाटाले बताएकाछन् । २०७७ पुस ५ गतेदेखि नै गौतमा पार्टीमा निष्क्रिय बन्दै आएका थिए।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधीसभा विघटन गरेपछि नेकपा विभाजन भएको थियो।

एमालेभित्र विवाद उत्पन्न भएसँगै एमाले एकताको जिम्मा आफूलाई दिन गौतमले आग्रह गरेका थिए। तर ओलीले गौतमलाई कुनै भूमिका दिएका थिएनन्।

माधव नेपालले गठन गरेको नेकपा एकीकृत समाजवादीमा सहभागी हुने बताएका गौतमले निर्वाचन आयोगमा सनाखत भने गरेका थिएनन्।

एकीकृत समाजवादीले जनताको बहुदलीय जनवादलाई सिद्धान्तको रूपमा मान्ने भए मात्रै उक्त पार्टीमा रहने उनले बताउँदै आएका छन्।

गौतम अव कुन पार्टीमा जाने र के गर्ने भन्नेमा तयारी भईरहेको भन्ने स्पष्ट हुन सकेको छैन् तर आफूले माग गरे अनुसार पद प्राप्त गरेमा नेकपा एसमा जान सक्ने संभावना रहेको वताईको छ ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic