वामदेव गौतमले गरे एमाले परित्याग

  • भदौ १८, २०७८
  • २,७८७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१८ भाद्र ः पार्टी एकिकरणको पक्षमा अभियान चलाएका नेकपा (एमाले) उपाध्यक्ष वामदेव गौतमले अन्तत पार्टी परित्याग गरेका छन्।

गौतमले शुक्रवार पार्टी मुख्यालय थापाथलीमा गएर पार्टी परित्याग गरेको जानकारी गराएका हुन्।

गौतमले पार्टी परित्याग गरेको पत्र अध्यक्ष केपी ओलीलाई पठाएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी गराएकाछन् ।

पत्रको वारेका आफूलाई जानकारी नभएको कार्यालय सचिव तामाङको भनाई रहेको छ ।

यता गौतमका स्वकीय सचिव दीपक टमाटाले सबै जिम्मेवारी र पार्टीबाट राजीनामा दिएको जानकारी दिएकाछन् ।
अबको योजना के हो भन्नेबारे मलाई केही थाहा नभएको टमाटाले बताएकाछन् । २०७७ पुस ५ गतेदेखि नै गौतमा पार्टीमा निष्क्रिय बन्दै आएका थिए।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधीसभा विघटन गरेपछि नेकपा विभाजन भएको थियो।

एमालेभित्र विवाद उत्पन्न भएसँगै एमाले एकताको जिम्मा आफूलाई दिन गौतमले आग्रह गरेका थिए। तर ओलीले गौतमलाई कुनै भूमिका दिएका थिएनन्।

माधव नेपालले गठन गरेको नेकपा एकीकृत समाजवादीमा सहभागी हुने बताएका गौतमले निर्वाचन आयोगमा सनाखत भने गरेका थिएनन्।

एकीकृत समाजवादीले जनताको बहुदलीय जनवादलाई सिद्धान्तको रूपमा मान्ने भए मात्रै उक्त पार्टीमा रहने उनले बताउँदै आएका छन्।

गौतम अव कुन पार्टीमा जाने र के गर्ने भन्नेमा तयारी भईरहेको भन्ने स्पष्ट हुन सकेको छैन् तर आफूले माग गरे अनुसार पद प्राप्त गरेमा नेकपा एसमा जान सक्ने संभावना रहेको वताईको छ ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic