विश्वासको मत पाउँने मुख्यमन्त्री आचार्यको दावी

  • भदौ १९, २०७८
  • ६,५५६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१९ भाद्रः प्रदेश १ सरकार अल्पमतका रहेको चर्चा विपक्षी दलहरुले गरीरहेको बेला मुख्यमन्त्री भीमप्रसाद आचार्यले आफूले विश्वासको मत लिने जिकिर गर्नुभएको छ ।

एमाले विभाजित भएर केही संसद अर्को पार्टीमा गएपनि आफूले विश्वासको मत लिएर छाडने उहाको जिकिर थियो ।

धरानमा–८ स्थित औद्योगिक क्षेत्र भित्र शुरु गरीएको ब्राईट फिड प्रालिको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले सो शनिवार सो दाबी गर्नुभएको हो ।

सरकारले एक महिनाभित्रमा विश्वासको मत लिनै पर्ने हुन्छ, आफ्नै दल विभाजित भए पनि आफूले विश्वासको मत लिएर छाडने आचार्यको भनाई रहेको थियो ।

मुख्यमन्त्री आचार्यले नयाँ राजनीतिक समीकरण निर्माणका लागि दलहरूसँग छलफल भइरहेको समेत जानकारी दिनुभयो ।

उहाले विकास निर्माणको कामलाई तीव्रता दिएर बजेट कार्यान्वयन गर्ने, प्रदेश सरकारको संरचना निर्माणका योजनाहरुलाई तिव्रताका साथ अघि बढाउन आफू लागिपरेको उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री आचार्यले उत्पादन वृद्धि गर्ने, रोजगारी सृर्जना गर्ने क्षेत्रमा उद्योगहरुको महत्वपुर्ण भुमिका रहने समेत वताउनु भयो ।

करिव १७ करोड लगानीमा डेढ दर्जन बढी व्यक्तिहरु मिलेर ब्राइट फिड प्रालि सञ्चालनमा ल्याएका छन् ।
उद्योगले कुखुरा, वंगुरलगायतलाई आवश्यक पर्ने खाद्य पदार्थ उत्पादन गर्नेछ ।

पशुपंक्षीको आहार विदेश र अन्य प्रदेशबाट आइरहेको अवस्थामा धरानमा उद्योग खुलेर आत्मनिर्भर हुने गरि पहल भएको छ।

प्रालिका अध्यक्ष एवं प्रबन्ध निर्देशक गोपाल श्रेष्ठले किसानहरुलाई असाध्यै समस्या भइरहेको कारण आफुहरुले उद्योग सञ्चालनमा ल्याएको जिकिर गरेकाछन् ।

उनका अनुसार लामो समयदेखि पशुपंक्षी पालन गर्ने किसान, दाना वितरक, पशु पोषणविद तथा पशु चिकित्सकहरुलगायत २० जनाको समुह मिलेर उद्योग खुलेको हो ।

श्रेष्ठले उद्योगबाट प्रतिदिन २ सय मेट्रिक टन दाना उत्पादन गर्ने क्षमता रहेको र बजार विस्तार गर्न उद्योगले थप २० करोड लगानी गर्ने योजना बनाएको बताउनु भयो ।

प्रालिमा ५० जनाले प्रत्यक्ष, २ सय जनाले अप्रत्यक्ष रोजगारी पाउने श्रेष्ठले बताए । साथै, देशभरका ६ हजार किसानहरु लाभान्वित हुने उनले भनाई रहेको छ ।

सो क्षेत्र धरानको औद्योगिक क्षेत्र भएकोले त्याहा अन्य एक दर्जन भन्दाबढी उद्योगहरु सञ्चालनमा रहेकाछन् ।

हर्कराज राई सुनसरी १ बाट निर्वाचित

छाल खवर धरान,२४ फागुन ः सुनसरी निर्वाचन क्षेत्र नं १ बाट श्रम संस्कृति पार् ...

झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

छाल खवर धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा र ...

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

पत्रमार्फत सुझाव दिन मनोज भट्टराईको युवालाई आह्वा

छाल खवर धरान,१६ फागुन ः नेपाली कम्युनिस्ट पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ ...

सुनसरी–१ मा एमालेको इतिहास दोहोरिने नेताहरुको  दाव

छाल खवर धरान,१६ फागुन ःनेकपा एमालेले सुनसरी क्षेत्र नं.१ मा आफ्नो पार्टीले ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic