नेकपा एकीकृत समाजवादीमा ५ सदस्यीय स्थायी कमिटी

  • भदौ २०, २०७८
  • ४,४१५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं,२० भाद्र ः नेकपा एमालेबाट अलग भएको नेकपा एकीकृत समाजवादीले ५ सदस्यीय स्थायी कमिटी गठन गरेको छ ।

स्रोतका अनुसार स्थायी कमिटीमा पार्टी अध्यक्ष माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, वेदुराम भुसाल र प्रमेश हमाल छन्।

एकीकृत समाजवादीले एमालेमा रहँदा स्थायी कमिटी सदस्य रहेका नेताहरू सम्मिलित स्थायी कमिटी बनाएको पार्टीले जनाएको छ ।

पार्टीको दैनिक कामकाजको संयोजन गर्ने जिम्मेवारी वेदुराम भुसाललाई दिइएको छ।

भुसालको संयोजकत्वमा गठित सचिवालयमा प्रमेश हमाल, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, विजय पौडेल, जयन्ती राई र जीवनराम श्रेष्ठ छन्।

पदिय जिम्मेवारी नतोकेपनि भुसाललाई महासचिवको भूमिकामा रहने गरी जिम्मेवारी तोकिएको पार्टी स्रोतले जनाएको छ ।

त्यस्तै पार्टीले सवै प्रदेशका इन्चार्जको जिम्मेवारी समेत तोकिसकेको छ ।

जस अनुसार प्रदेश १ को इन्चार्ज घनेन्द्र बस्नेत, प्रदेश २ को इन्चार्ज धर्मनाथ शाह, वागमती प्रदेशको इन्चार्ज केदार न्यौपाने र गण्डकी प्रदेशको इन्चार्ज केशवलाल श्रेष्ठ रहेकाछन् ।

त्यस्तै लुम्बिनी प्रदेशको इन्चार्ज भागवत विश्वासी, कर्णालीमा प्रकाश ज्वाला, उपत्यकामा विश्वनाथ प्याकुरेल, सम्पर्क विशेष प्रदेशको इन्चार्जमा विजय गुरुङ, मोर्चा इन्चार्ज विजय पौडेल, प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा तोकिएका छन्।

त्यस्तै प्रवास क्षेत्रको इन्चार्जको जिम्मेवारी श्रीप्रसाद शाहले पाएका छन्।

यस्तै खनाल संयोजक रहेको दस्तावेज मस्यौदा कमिटीमा अन्य १२ जना सदस्य छन्। कमिटीमा वेदुराम भुसाल, प्रमेश हमाल, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, विजय पौडेल, जगन्नाथ खतिवडा, केशवलाल श्रेष्ठ, सावित्रा भुसाल, रामकुमारी झाक्री, राजेन्द्र राई र गणेश विक छन्।

अव संगठन विस्तारलाई तिव्र रुप दिइने पार्टीले जनाएको छ ।

 

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic