एकीकृत समाजवादीको प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई

  • भदौ २८, २०७८
  • १,०८१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२८ भाद्रः निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र प्राप्त गरे लगत्तै नेकपा (एकीकृत समाजवादी )ले प्रदेश नं १ संसदीय दलको नेता चयन गरेको छ ।

सोमबार बसेको संसीय दलको बैठकले पार्टीका नेता एवं सांसद राजेन्द्र राईलाई दलको नेतामा चयन गरेको पार्टीले जनाएको छ ।

संसदीय दलको नेता चयन गरेपनि दलको उपनेता, मुख्य सचेतक र सचेतक भने अर्को बैठकबाट चयन गर्ने निर्णय भएको पार्टीले जनाएको छ ।

वर्तमान भीम आचार्य नेतृत्वको सरकारलाई समर्थन नगर्ने निर्णय गरेको सांसद उपेन्द्र घिमिरेले जानकारी दिएकाछन् ।

घिमिरेका अनुसार त्यसबारेमा प्रदेशसभा सचिवालयलाई सोमबार नै जानकारी दिइएको छ ।

विगतमा प्रदेश नं १ मा एमाले एक्लैको ५१ जना सांसद हुँदा बहुमतको एकल सरकार गठन भएको थियो । तर १० सांसदले समाजवादी गएपछि अब एमालेसँग ४१ जना मात्र सांसद कायम रहेकाछन् । सरकारलाई बहुमत पाउन ४७ जना सांसदको साथ आवश्यक पर्छ ।

समाजबादीले १० जना संसद आफ्नो पक्षमा पु¥याएपछि वर्तमान सरकार अल्पमतमा परेको छ । तर मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत दिने दावी गर्दै आएकाछन् ।

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic