किशोर राईको प्यानल वडा वडामा क्षेत्रीय प्रतिनिधिसँग भेटघाटमा ब्यस्त नगरमा किशोर राईको आवस्यकता रहेको प्रतिनिधिहरुको भनाई

  • असोज ३, २०७८
  • ३,५६८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३ असोजः नेपाली कांग्रेस धरानको नगर निर्वाचन नजिकिदै गर्दा दुवै किशोर राई नेतृत्वको समूह वडा वडामा क्षेत्रीय प्रतिनिधिहरुसंग भेटघाट र परामर्शमा व्यस्त रहेको छ ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कांग्रेस धरानको नेतृत्वको लागि सभापतिमा उम्मेदवारी दिएका किशोर राई र उनको प्यानल वडा वडामा भेटघाटमा ब्यस्त रहेको हो ।

। असोज ९ गते हुन गईरहेको नगरको निर्वाचनका लागि किशोर राईले संस्थापन पक्षको तर्फबाट उमेद्वारी घोषणा गरेकाछन् ।

धरानका २० वटै वडाबाट निवार्चित क्षेत्रीय प्रतिनिधिहरु र वडाका नेता, कार्यकर्ताहरुसँगको भेटघाट तथा परामर्शलाई किशोर राईको प्यानलले व्यापकता दिएको छ ।

अधिवेशनले आगामी ५ वर्षको लागि नेपाली कांग्रेस धरानको नेतृत्व चयन गर्नेछ ।

सभापतिका उम्मेदवार राईले पार्टी र विभिन्न जनवर्गिय संगठनलाई मजबुत बनाउदै आगामी तीन तहको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्वारलाई फराकिलो अन्तरले विजयी गराउनका लागि आफ्नो नेतृत्वको टीमलाई विजयी गराउन पनि उनले आग्रह गरेकाछन् ।

आफ्नो टिमको उदेश्य आफ्नै नेताको चरीत्र हत्या गर्ने र पार्टी कमजोर वनाउने नभई सवैलाई एकढिक्का वनाएर लैजाने सामुहिक उदेश्य समेत स्पष्ट पारेकाछन् ।

राईले आफ्नो टीमले धरानको कांग्रेसको शिरलाई उच्च बनाउने गरि काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै पार्टी कार्यकर्ताहरुको जस्तो सुकै समस्यापनि सतिसाल वनेर उभिने समेत ठोकुवा गरेकाछन् । उनले सक्षम नेतृत्व आए मात्र कर्ताकर्ताहरुले पार्टी बलियो भएको र अरुसंग प्रतिष्पर्धा गर्ने क्षमता र साहस गर्ने समेत उल्लेख गरेकाछन् ।

दक्ष,सक्षम र क्षमतावान नेतृत्व चयन गर्न समेत उनको समूहले २० वटै वडाका बुथ सभापतिहरु र क्षेत्रीय प्रतिनिधिहरुलाई आग्रह गरेको छ ।

किशोर राईको समूहबाट उपसभापतिद्धयमा राजकुमार थोप्रा, र महेन्द्र तामाङले उमेद्वारी दिएकाछन् भने सचिवद्धयमा रुक्मिणी गौतम (कोपिला) र सुमन श्रेष्ठ छन् ।

त्यस्तै सहसचिवद्धयमा गोपाल कार्की र कमला रुचाल रहेका छन् ।

यता श्याम पोख्रेल समूहले पनि वडा वडामा क्षेत्रीय प्रतिनिधिहरुलाई भेटघाटको क्रमलाई तिव्रता पारेको जनाएको छ ।

निर्वाचनमा दुवै पक्षले विजय आफ्नो पक्षमा रहेको दावी गर्दै आएकाछन् । राई शेरबहादुर समूहका उम्मेदवार हुन भने पोख्रेल पौडल पक्षका उमेदवार हुन् ।

 

 

 

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic