वन निगमको महानिर्देशकको सेटिङमा अवैधरुपमा काठ सप्लाई मलाई बदनाम गराउन खोजे– महानिर्देशक भट्टराई

  • असोज ४, २०७८
  • ११,०१० पटक पढिएको
  • छाल खबर
alt

भोला श्रेष्ठ
धरान,४ असोज ः बन मन्त्रालय अन्तगएत रहेको नेपाल बन निगम लिमिटेडका कार्यकारी निर्देशकको सेटिङमा गैरकानुनी रुपमा प्रदेश १ को काठ अन्य प्रदेशमा सप्लाई भइरहेको छ ।

निगमका कार्यकारी निर्देशक रामेश्वर भट्टराईको ठाडो निर्देशन र सेटिङमा गैरकानुनी रुपमा काठ अन्य प्रदेशमा सप्लाई हुन लागेको हो ।

निगमको नियमावलि अनुसार राष्ट्रिय बनबाट कटान संकलन भएको सखुवा प्रजातिको काठ ५० प्रतिशत विभिन्न बन कार्यालयलाई र वार्की ५० प्रतिशत काठ निगमले नै चिरान गरी सस्तो र सुलभ मुल्यमा स्थानीय उपभोक्तालाई विक्रि वितरण गर्ने व्यवस्था रहेको छ तर निगमले भने काठ ठेकेदार मार्फत पोखरा र काठमाडौमा सप्लाई गर्ने तयारी रहेको छ ।

निगमको प्रदेश नं १ कार्यालय विराटनगर मातहतको राष्ट्रिय वन मार्फत संकलन भएको सखुवा प्रजातिको गोलिया काठ चिरान गरी सर्वसाधरणलाई सुलभ मुल्यमा विक्रि वितरण गर्नको लागि निगमले इटहरीमा ठेक्का दिएको थियो ।

राष्ट्रिय बन अन्तर्गत सुनसरी, उदयपुर र मोरङका बनबाट गोलिया संकलन हुने गरेकोछ ।

आर्थिक वर्ष २०७७÷०७८ को लागि निगमले काठ चिर्ने ठेक्का सम्झौता इटहरी १ स्थित मनकामना स–मिलसंग गरेता सम्झौता विपरीत चिरान भने इटहरी १६ स्थितसिद्धकालि स–मिलमा चिरान गरीदै आएको निगम स्रोतको भनाई रहेको छ ।

निगमले प्रदेश नं १ मा ३० हजार क्यु फिट काठ चिरानका लागि चिरान ठेक्का लगाएको थियो ।

राम्रो काठ सर्वसाधारणलाई राम्रो काठ विक्रि वितरण गर्नुपर्ने प्रावधान भएपनि भट्टराईको मिलेमतोमा राम्रो काठ मिलबाटै व्यापारीलाई प्रति किवि १५ सय रुपैया लिएर सेटिङमा व्यापारीलाई मिलबाटै विक्रि गर्ने गरेकाछन् ।

सो काठ ठेकेदार रामसुन्दर खड्काले पोखरा काठमाडौ लगेर महंगो मुल्यमा विक्रि गर्ने गरेकाछन् । निगमको नियम अनुसार मिलबाट काठ उठाउनु गैरकानुनी मानिन्छ भने प्रदेश बाहिर लानुपनी गैरकानुनी मानिन्छ ।

सो कार्यका लागि सहज वनाउन भट्टराईको निर्देशनमा प्रदेश १ का प्रमुख विमल विक्रम पन्तको सेटिङमा चिरानका सजिलो पार्नका लागि २ जना कार्यालय सहायक कर्मचारी राख्नुपर्ने व्यवस्था भएपनि १ जना मात्र राखीएको छ भने पाचौ तहको रेन्जरस्तरको प्राविधिक कर्मचारी राखीनु पर्नेमा एक तहको ज्यालादारी कर्मचारी नियुक्ति गरी मनोमानी गरीएको छ । त्यति मात्र नभएर ज्यालादारी कर्मचारीलाई नै मिलको सम्पूर्ण जिम्मेवारी समेत दिइएको छ ।

त्यो वापत ९ रुपैया ५० पैसामा विक्रि गर्नुपर्नेमा प्रतिकेजी १२ रुपैयामा व्यापारीहरुलाई दाउरा बाकल विक्रि गर्ने गरीएको र अनसाइज भ्याट सहित २९ सय ५०मा विक्रि वितरण गर्नुपर्नेमा सर्वसाधारण विक्री वितरण नगरी व्यापारीलाई ६ हजार क्विन्टलमा विक्रि गर्ने गरेको छ ।

केन्द्रबाट काठ लाने स्विकृति आएकोले दिइएको जानकारी गराउदै कानुनी प्रकृया अनुसार नै काठ लान लागेको जानकारी दिएकाछन् ।

मनकामना मिल सञ्चालक झइन्द्र खड्काले चिरानको टेण्डर मनकामनाको फर्मबाट पारेपनि सम्झौता गर्दा नै सिद्धकाली स–मिलबाट चिराउने गरी सम्झौता गरीएको दावी समेत गरेकाछन् ।

सो विषयमा निगमका कार्यकारी निर्देशक रामेश्वर भट्टराईले काठमाडौंमा सर्वसाधारणको काठको माग वढदो मात्रामा रहेको तर काठ नभएकोले ल्याउने तयारी भएको वताउदै कुनै ठाउ विशेषमा सीमित नहुने जिकिर गरेकाछन् ।

उनले आफुले सेटिङमा गरेको हल्ला निराधार भएको दावी गर्दै बदनाम गराउने षडयन्त्र भएको जिकिर गरे ।
अवैध नभई कानुन संगत नै भएको भट्टराईले दावी समेत गरेकाछन् ।

 

 

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

संयुक्त गृल व्यवसायी संघमा उदय

छाल खवर धरान,२८ चैत्र ः संयुक्त ग्रिल उद्योग व्यवसायी संघ धरानको अध्यक्षमा ...

नेकपाद्वारा ट्रेड युनियन र विद्यार्थी संगठन प्रतिब

छाल खवर धरान,२८ चैत्रः कलेजमा विद्यार्थी संगठन तथा ट्रेड युनियनमाथि प्रतिबन ...

धरानका पत्रकार कार्की हङकङमा सम्मानित

छाल खवरधरान,२८ चैत्रः ब्लाष्ट दैनिकका सम्पादक देवेन्द्र कार्की हङकङमा सम्मा ...

नोवेल एकेडेमी र विजयपुर हस्पिटलवीच स्वास्थ्य सहुलि

छाल खवरधरान,२६ चैत्रः नोवेल एकेडेमी वोडिङ स्कुल धरान–११ र विजयपुर हस् ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic