एमाले प्रमुख दुश्मन, चुनावसम्मै वाम लोकतान्त्रिक गठबन्धन गरेर जाने माधव नेपालको राजनीतिक प्रतिवेदन

  • असोज ६, २०७८
  • १९५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,६ असोज ः पार्टी गठन पछि पहिलो पटक बसेको नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठकले राजनीतिक तथा सांगठानिक प्रतिवेदन पास गरेको छ ।

अध्यक्ष माधव नेपालले तयार पारेको प्रतिवेदनमा नेकपा एमालेलाई प्रमुख दुश्मनको रुपमा हेरीएको छ ।

मुलुकमा अहिले दुई प्रकारका राजनीतिक धार रहेको उल्लेख गर्दै केपी ओली नेतृत्वको एमालेले दक्षिणपन्थी धारको नेतृत्व गरेको प्रतिवेदनमा ठम्याएको छ ।

मंगलबार शुरु भएको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष माधव नेपालले पेश गरेको १३ पेज लामो राजनीतिक प्रतिवेदनमा ओली र एमालेलाई प्रमुख दुश्मन किटान गरिएको छ ।

प्रतिवेदनमा एमालेले अलोकतान्त्रिक, असहिष्णु र स्वेच्छाचारी प्रवृति बोकेको दक्षिणन्थी, विदेशपरस्त तथा राजतन्त्रपरस्त शक्तिसँग गठबन्धन गर्ने सोच बोकेको उल्लेख छ ।

त्यसैगरी वाम लोकतान्त्रिक समिकरण (सत्ता गठबन्धन) रहेको यसले लोकतन्त्रको रक्षाका लागि सहकार्य गरेको नेपालले बताएका छन् ।

बर्तमान गठबन्धनलाई चुनावसम्म लैजानुपर्ने प्रस्ताव नेपालको छ । अध्यक्ष नेपालले एमाले एकताका लागि भएको १० बुँदे सहमतिलाई प्राविधिक भन्दै त्यसले कुनै समस्या समाधान नगर्ने बुझेरै आफूहरुले विद्रोह गरेको प्रतिवेदनमा उल्लेख गरेका छन् ।

उनले अव पार्टी मुलुकभर संगठन अभियानमा रहने र जनतालाई ओलीले गरेका दम्भ र अहंकारको वास्तविकताका कारण उत्पन्न समस्याका वारेमा सचेत गराउन कार्यकर्ताहरुलाई निर्देशन दिएकाछन् ।

Pratiwedan of com.Madhavkumar Nepal

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic