खसी कपको तयारी पुरा उद्घाटन भोली हुने

  • असोज १५, २०७८
  • ७,८०० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१५ असोज ः विष्णु सास्कृतिक युवा क्लव धरान–२० को आयोजनामा हुन लागेको तेस्रो खसि कपको तयारी पुरा भएको आयोजकले जनाएको छ ।

भोली (शनिवार)बाट शुरु हुन लागको सो फुटवल प्रतियोगिताको तयारी पुरा भएको आयोजक क्लवले जनाएको हो ।

आयोजक क्लवका अध्यक्ष विजय लामा तामाङका अनुसार प्रतियोगितामा धनकुटाको सागुरीगढीका केही क्लवहरु,धरानका क्लवहरु गरी २४ टिमको सहभागीता रहनेछ ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजार ट्रफि मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले नगद ३० हजार ट्रफि मेडल र प्रमाण–पत्र प्राप्त गर्ने अध्यक्ष लामाले जानकारी दिएकाछन् ।

प्रतियोगितामा शान्ति युवा क्लव, स्वारा फुटवल क्लव, तातोपानी फुटवल क्लव,डिभिजन फुटवल क्लव, तामाखाम फुटवल क्लव, पटनाली फुटवल क्लव, धापा फुटवल क्लव , हाडी फुटवल क्लव, सिरिसे फुटवल क्लव, चियाबारी फुटबल क्लव, आहाले फुटवल क्लवछन् ।

त्यसैगरी धारापानी फुटवल क्लव, अधेरी फुटवल क्लव, गुम्बा फुटवल क्लव, सुर्यकुण्ड फुटवल क्लव, ठूलो खैरे फुटवल क्लव, चिण्डेडाडा फुटवल क्लव, सानो खैरे फुटवल क्लव, ढुंगी फुटवल क्लव, हर्दिया फुटवल क्लव, विष्ण्ुापादुका भन्ज्याङ फुटवल क्लव, आयोजक ए र आयोजक वि रहेकाछन् ।

विष्णुपादुका क्षेत्रबाट राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरको खेलाडी उत्पादन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरीदै आएको अध्यक्ष लामाको भनाई रहेको छ ।

युवाहरुलाई खेलकुदका अलावा सामाजिक क्षेत्रमा पनि सहभागी गराउने र वडालाई खेलकुद मैत्री वनाउने क्लवको लक्ष्य रहेको समेत लामाले वताएकाछन् ।

असोज १६ गते देखि २६ गतेसम्म आयोजना हुने सो प्रतियोगिताको लागत करिव ५ लाख लाग्ने अध्यक्ष लामाले जानकारी दिएकाछन् ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic