धरानमा आइतबारबाट यामाहाको महामेला शुरु

  • असोज १५, २०७८
  • ९,४३२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१५ असोज ः यमाहा मोटर साइकलको धरानमा चारदिने महा एक्सचेन्ज मेला आइतवारबाट शुरु हुने भएको छ ।

धरानको छाताचोक स्थित जिएस मार्केट अगाडी खाली चौरमा ६ दिने महा एक्सचेन्ज शुरु हुन लागेको हो ।

नेपालीहरुको महान पर्व विजया दशमी दिपावलिको अवसरमामा ग्राहकहरुको रुचि र आवस्यकतालाई ध्यानमा
राखेर यमाहा महा एक्सचेन्ज मेलाको आयोजना गरीन लागेको यमाहाका आधिकारिक विक्रेता विजयपुर ट्रेडर्सका संचालक प्रभाव खतिवडाले जानकारी दिनुभयो ।

असोज १७ देखि २२ गतेसम्म सञ्चालन हुने यमाहा महामेलामा पुराना वाइकहरुको एक्सचेन्ज,फाइनान्स सुविधासमेत ग्राहकहरुलाई उपलब्ध गराइएको छ ।

आधिकारिक विक्रेता खतिवडाका अनुसार पुराना बाइकहरुको मूल्याकन प्रचलित बजार मुल्य भन्दा १० हजार बढी दिइनेछ ।

कुनैपनि व्राण्डको पुरानो वाइक एक्सचेन्ज,जिरो प्रतिशत व्याजदरमा फाइनान्स, ८ हजार देखि १ लाख सम्मको स्क्राच कुपन मार्फत नगद छुट,मेला अवधिभर हेल्मेट,लेगार्ड,वाइक कभर,लगायतको सामानहरु पनि प्रदान गरीने मेलाको विशेषता रहेको खतिवडाको भनाई रहेको छ ।

साथै दशैतिहारमा १ जनालाई ३ वटा सुनको तास उपहार प्रदान गरीने छ ।यो अवसरमा खरीदकर्ता ग्राहकहरुलाई यस वर्षको गाडीको राजश्व समेत तिरीदिनुका साथै एसोसोरीज सामाग्रीहरु निःशुल्क उपलव्ध गराइनेछ ।

धरानमा मेला अवधिभरि १ सय ५० भन्दा वढी बाइक तथा स्कुटर विक्री हुने खतिवडाले दाबी गर्नुभयो ।

 

 

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic