बजाज एक्सचेञ्ज महामेला असोज १७ गतेदेखि

  • असोज १६, २०७८
  • ७,६९८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१६ असोज ः बजाज नेपालले भोलीबाट एक्सचेञ्ज महामेला संचालन गर्ने भएको छ ।

उक्त मेलामा कुनै पनि ब्राण्डको पुरानो बाइकसंग नयाँ बजाज बाइक साट्न सकिने मेला आयोजक अर्विन एण्ड ब्रर्दश अटो धरानका सञ्चालक अर्विन तामाङले जानकारी दिएकाछन् ।

बजाजले आउँदो वडा दशै तथा तिहारको अवसर पारेर ‘खुसीको तीन डोज’ योजना समेत ल्याएको छ ।

मनपर्ने बजाज ब्राण्डका मोटरसाइकल किन्दा मात्र होइन किन्नु अघि र किनेपछि पनि नगद उपहार पाउने सुविधा ल्याएको हो ।

उक्त योजना अनुसार किन्नु अघि १० हजार रुपैयाँसम्म, किन्दा खेरी १ लाखसम्म र किनेपछि १० लाखसम्म नगद उपहार पाउने बजाजले जनाएको छ ।

ग्राहकले नयाँ बजाज ब्राण्डका मोटरसाइकल योजनाको अवधिमा आधिकारिक आउटलेट बाट मात्र खरीद गर्नु पर्नेछ ।

स्कीम अप्लिकेशनमामा दर्ता गर्दा पहिलो डोज अन्तर्गत १० हजार रुपैयाँसम्म नगद प्राप्त गर्न सकिने छ । जुन मोटरसाइकल खरिद पछि मात्रै भुक्तानी गर्न सकिने बताइएको छ ।

यस्तै मोटरसाइकल खरिद गर्दा दोस्रो डोज अन्तर्गत १ लाख रुपैयाँसम्म थप नगद उपहार प्राप्त गर्न सकिनेछ ।

साथै प्रत्येक मोटरसाइकल खरिद गरेका ग्राहकहरु तेस्रो डोज अन्तर्गत हुने लक्की ड्र मा समावेश हुनेछन । जस अन्तर्गत हरेक महिना १ जना भाग्यशाली ग्राहकले १० लाख रुपैयाँ नगद जित्नु हुनेछ ।

असोज १७ गते देखि २३ गतेसम्म आयोजना हुने महामेला अवधिभर हेल्मेट,लेगार्ड निःश्ल्क प्राप्त हुने भएको छ ।

कुनैपनि व्राण्डको पुरानो वाइक एक्सचेन्ज,शुन्य प्रतिशत व्याजदरमा फाइनान्स, मेला अवधिभर हेल्मेट,लेगार्ड,वाइक कभर,लगायतको सामानहरु पनि प्रदान गरीने मेलाको विशेषता रहेको तामाङको भनाई रहेको छ ।

महामेला धरान–८ स्थित आफ्नै भवनमा सञ्चालन हुने तामाङको भनाई रहेको छ ।

महामेला अवधिभर विभिन्न १५ मोडलका वाईकहरु करिव २०० वटा विक्रि गर्ने लक्ष्य रहेको अर्विन एण्ड व्रर्दश अटोका सञ्चालक तामाङको दावी रहेको छ ।उनका अनुसार एक्स चेन्ज कार्यक्रम अन्य स्थानमा भएपनि महामेला प्रदेश १ अन्र्तगत धरानमा मात्र भएको उनको भनाई रहेको छ ।

खरिदकर्ताले प्राप्त गर्नु भएको नगद उपहारमा नेपाल सरकारको नियम बमोजिम कर कट्टा गरिने बताइएको छ ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic