बिएचएममा प्रदेश १ टपर र धरान टपरलाई युएन, नवोदयको नगद सहित सम्मान

  • असोज १७, २०७८
  • ५,८३९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर

धरान,१७ असोज ः युएन, नवोदय कलेज धरान–१६ ले बिएचएममा प्रदेश १ कै दोस्रो हु्ने र धरान कै उत्कृष्ट हुने छात्रछात्रालाई नगद सहित सम्मान गरेको छ ।

कलेजले त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालित बिएचएमको फस्ट सेमेष्टर र तेस्रो सेमेष्टरको नतिजामा सो नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको हो ।

तेस्रो सेमेष्टरबाट प्रिजा डाँगीले धरान प्रथम तथा प्रदेश दोस्रो हुन सफल वनेकी थिइन् ।कलेजका अनुसार प्रिजाले ३ं.८४ जिपिए प्राप्त गरेकी थिइन् ।उनलाई नगद १५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

त्यस्तै, प्रथम सेमेष्टरकी जानुका राईले धरान प्रथम तथा प्रदेश तेस्रो नतिजा ल्याउनु सफल वनेको कलेजले जानकारी दिएको छ ।

कलेजका अनुसार जानुकाले ३.७३ जिपिए प्राप्त गर्न सफल बनेकी थिइन् । उनलाई नगद १० हजारसहित सम्मान गरिएको थियो ।

सम्मानित विद्यार्थीहरुलाई कलेजका अध्यक्ष ज्ञानेश्वर झा, क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापो, होटल म्यानेजमेण्ट को–अर्डिनेटर गगनमान श्रेष्ठ, प्राध्यापकहरु अनमेस बाँस्तोला र स्तुति श्रेष्ठले नगद, सम्म्मान–पत्र, अबिर, खदा लगाएर सम्मान गरेका थिए ।

त्यसैगरी प्रथम सेमेस्टरमा दोस्रो हुने एन्जेला राई र अनिष लिम्बू, प्रथम सेमेस्टरमा तेश्रो हुने स्मारिका दाहाल, तेश्रो सेमेस्टरमा दोश्रो हुने स्टेला लिम्बू र तेश्रो सेमेस्टरमा तेश्रो हुने रीतु राईलाई पनि नगदसहित सम्मान गरिएको थियो ।

त्रिभुवन विश्वविद्यालयले बिएचएमका लागि ३३ कोटा निर्धारण गरेको हुन्छ । ३३ जना विद्यार्थीले नै उत्कृष्ट नतिजा ल्याएको कलेजका अध्यक्ष ज्ञानेश्वर झाले जानकारी दिए ।

विद्यार्थीहरुलाई गुणस्तरीय, सीपमूलक र व्यवहारिक शिक्षा दिन युएन, नवोदय कलेज सक्षम रहेको कलेजका अध्यक्ष झा को दावी रहेको छ ।

कलेजले बिएचएम विषयमा स्थापना देखि नै प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको दावी गर्दै आगामी दिनमा देशमै उत्कृष्ट नतिजा ल्याउनको लागि क्याम्पस प्रमुख डम्वर कुमार तुम्बापोले विद्यार्थीहरुलाई शुभकामना दिएका थिए । क्याम्पस प्रमुख तुम्वापोले प्लस टु होटल म्यानेजमेण्ट र बिएचएममा आफूहरु नै ‘अगाडी रहेको दावी समेत गरेकाछन् ।

कार्यक्रममा बिएचएम तेश्रो सेमेस्टरका विद्यार्थीहरुले प्रथम सेमेस्टरका विद्यार्थीहरुको स्वागतमा विभिन्न आकर्षक गीत र नृत्य प्रस्तुत गरे । नतिजा राम्रो रहनु अनुभवी अध्यापक, मिहिनेती विद्यार्थी, कोअपरेटिभ अभिभावक आदि कारण रहेको उनले खुलाए ।

युएन कलेजले बिएचएम नेपाल टपलाई नगद ५० हजार पुरस्कार र सम्मानपत्र, प्रदेश टपरलाई नगद २५ हजार र सम्मानपत्र, प्रदेश १ सेकेण्ड टपरलाई नगद १५ हजार र सम्मानपत्र, थर्ड टपरलाई नगद १० हजार र सम्मानपत्रले सम्मान गर्ने कार्यक्रम राख्दै आएको उनको भनाइ छ ।

अघिल्लो वर्ष प्रदेश १ मा प्रथम र तृतीय हुने तीनजनालाई छात्रालाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा बिएचएम प्रथम सेमेष्टरकी छात्रा रितु राई, दोस्रो सेमेष्टरकी छात्रा स्टेला मेन्याङ्बो र दोस्रो सेमेष्टरकी छात्रा दिला नेम्वाङ रहेका थिए ।

कलेजमा यस वर्षदेखि विज्ञान सङ्कायलाई पनि ‘ब्राण्ड’ बनाउने ध्येयले आफूहरु लागिपरेको र अधिकांश स्कुलका स्कुल टपरहरु यो सङ्कायका लागि भर्ना भएको क्याम्पस प्रमुख तुम्बापोले जानकारी दिए ।

होटल मेनेजमेन्ट विषयमा युएन निकै चर्तित कलेजको रुपमा स्थाति हुदै आएको छ ।

 

हर्कराज राई सुनसरी १ बाट निर्वाचित

छाल खवर धरान,२४ फागुन ः सुनसरी निर्वाचन क्षेत्र नं १ बाट श्रम संस्कृति पार् ...

झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

छाल खवर धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा र ...

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

पत्रमार्फत सुझाव दिन मनोज भट्टराईको युवालाई आह्वा

छाल खवर धरान,१६ फागुन ः नेपाली कम्युनिस्ट पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ ...

सुनसरी–१ मा एमालेको इतिहास दोहोरिने नेताहरुको  दाव

छाल खवर धरान,१६ फागुन ःनेकपा एमालेले सुनसरी क्षेत्र नं.१ मा आफ्नो पार्टीले ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic