बिएचएममा प्रदेश १ टपर र धरान टपरलाई युएन, नवोदयको नगद सहित सम्मान

  • असोज १७, २०७८
  • ५,७७२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर

धरान,१७ असोज ः युएन, नवोदय कलेज धरान–१६ ले बिएचएममा प्रदेश १ कै दोस्रो हु्ने र धरान कै उत्कृष्ट हुने छात्रछात्रालाई नगद सहित सम्मान गरेको छ ।

कलेजले त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालित बिएचएमको फस्ट सेमेष्टर र तेस्रो सेमेष्टरको नतिजामा सो नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको हो ।

तेस्रो सेमेष्टरबाट प्रिजा डाँगीले धरान प्रथम तथा प्रदेश दोस्रो हुन सफल वनेकी थिइन् ।कलेजका अनुसार प्रिजाले ३ं.८४ जिपिए प्राप्त गरेकी थिइन् ।उनलाई नगद १५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

त्यस्तै, प्रथम सेमेष्टरकी जानुका राईले धरान प्रथम तथा प्रदेश तेस्रो नतिजा ल्याउनु सफल वनेको कलेजले जानकारी दिएको छ ।

कलेजका अनुसार जानुकाले ३.७३ जिपिए प्राप्त गर्न सफल बनेकी थिइन् । उनलाई नगद १० हजारसहित सम्मान गरिएको थियो ।

सम्मानित विद्यार्थीहरुलाई कलेजका अध्यक्ष ज्ञानेश्वर झा, क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापो, होटल म्यानेजमेण्ट को–अर्डिनेटर गगनमान श्रेष्ठ, प्राध्यापकहरु अनमेस बाँस्तोला र स्तुति श्रेष्ठले नगद, सम्म्मान–पत्र, अबिर, खदा लगाएर सम्मान गरेका थिए ।

त्यसैगरी प्रथम सेमेस्टरमा दोस्रो हुने एन्जेला राई र अनिष लिम्बू, प्रथम सेमेस्टरमा तेश्रो हुने स्मारिका दाहाल, तेश्रो सेमेस्टरमा दोश्रो हुने स्टेला लिम्बू र तेश्रो सेमेस्टरमा तेश्रो हुने रीतु राईलाई पनि नगदसहित सम्मान गरिएको थियो ।

त्रिभुवन विश्वविद्यालयले बिएचएमका लागि ३३ कोटा निर्धारण गरेको हुन्छ । ३३ जना विद्यार्थीले नै उत्कृष्ट नतिजा ल्याएको कलेजका अध्यक्ष ज्ञानेश्वर झाले जानकारी दिए ।

विद्यार्थीहरुलाई गुणस्तरीय, सीपमूलक र व्यवहारिक शिक्षा दिन युएन, नवोदय कलेज सक्षम रहेको कलेजका अध्यक्ष झा को दावी रहेको छ ।

कलेजले बिएचएम विषयमा स्थापना देखि नै प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको दावी गर्दै आगामी दिनमा देशमै उत्कृष्ट नतिजा ल्याउनको लागि क्याम्पस प्रमुख डम्वर कुमार तुम्बापोले विद्यार्थीहरुलाई शुभकामना दिएका थिए । क्याम्पस प्रमुख तुम्वापोले प्लस टु होटल म्यानेजमेण्ट र बिएचएममा आफूहरु नै ‘अगाडी रहेको दावी समेत गरेकाछन् ।

कार्यक्रममा बिएचएम तेश्रो सेमेस्टरका विद्यार्थीहरुले प्रथम सेमेस्टरका विद्यार्थीहरुको स्वागतमा विभिन्न आकर्षक गीत र नृत्य प्रस्तुत गरे । नतिजा राम्रो रहनु अनुभवी अध्यापक, मिहिनेती विद्यार्थी, कोअपरेटिभ अभिभावक आदि कारण रहेको उनले खुलाए ।

युएन कलेजले बिएचएम नेपाल टपलाई नगद ५० हजार पुरस्कार र सम्मानपत्र, प्रदेश टपरलाई नगद २५ हजार र सम्मानपत्र, प्रदेश १ सेकेण्ड टपरलाई नगद १५ हजार र सम्मानपत्र, थर्ड टपरलाई नगद १० हजार र सम्मानपत्रले सम्मान गर्ने कार्यक्रम राख्दै आएको उनको भनाइ छ ।

अघिल्लो वर्ष प्रदेश १ मा प्रथम र तृतीय हुने तीनजनालाई छात्रालाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा बिएचएम प्रथम सेमेष्टरकी छात्रा रितु राई, दोस्रो सेमेष्टरकी छात्रा स्टेला मेन्याङ्बो र दोस्रो सेमेष्टरकी छात्रा दिला नेम्वाङ रहेका थिए ।

कलेजमा यस वर्षदेखि विज्ञान सङ्कायलाई पनि ‘ब्राण्ड’ बनाउने ध्येयले आफूहरु लागिपरेको र अधिकांश स्कुलका स्कुल टपरहरु यो सङ्कायका लागि भर्ना भएको क्याम्पस प्रमुख तुम्बापोले जानकारी दिए ।

होटल मेनेजमेन्ट विषयमा युएन निकै चर्तित कलेजको रुपमा स्थाति हुदै आएको छ ।

 

बाथरुममा लडेर प्रचण्ड घाइते

छाल खवर काठमाडौं,२४ वैशाखः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प ...

निवन्ध प्रतियोगितामा श्रृष्टी र सुस्मिता प्रथम

छाल खवर धरान,२२ वैशाखः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ ले आयोजना गरे ...

सुनाखरी इन्टरस्कुल बास्केटबलको उपाधि होलील्याण्ड

छाल खवर धरान,२१ वैशाखः सुनाखरी एकेडेमी धरानले आयोजना गरेको सुनाखरी डिटाउन ३ ...

बहुमतको बलमा पेल्न खोजे विष्फोट हुन सक्छ ः अध्यक्ष

छाल खवर धरान,२० वैशाखः पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपाल ...

हिविस्कस वोडिङ स्कुलको पुस्तक रहित कार्यक्रम अन्र्

छाल खवर धरान,२० वैशाखः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ले हरेक हप् ...

फोकस १६ क्लवद्धारा राष्ट्रिय फुटवल खेलाडी लकेन लिम

छाल खवर धरान,१३ वैशाखः फोकस १६ क्लवद्धारा धरानका राष्ट्रिय खेलाडी लकेन लिक् ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic