यामाहा महामेलाको पहिलो दिन १५ वाइक विक्रि

  • असोज १७, २०७८
  • ४,९९४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१७ असोज ः यमाहा मोटर साइकल आजबाट धरानमा शुरु भएको ६ दिने महा एक्सचेन्ज मेला आइतवारबाट शुरु भएको छ ।

धरानको छाताचोक स्थित जिएस मार्केट अगाडी खाली चौरमा ६ दिने महा एक्सचेन्ज मेला आजबाट शुरु भएको हो ।

यमाहा महा एक्सचेन्ज मेलाको पहिलो दिन वर्षादको अवरोध भएपनि १५ वटा गाडी विक्री भएको विजयपुर ट्रेडर्सका संचालक प्रभाव खतिवडाले जानकारी दिनुभयो ।

असोज १७ देखि २२ गतेसम्म सञ्चालन हुने महामेला पुराना वाइकहरुको एक्सचेन्ज,फाइनान्स सुविधासमेत ग्राहकहरुलाई उपलब्ध गराइएको छ ।

आधिकारिक विक्रेता खतिवडाका अनुसार पुराना बाइकहरुको मूल्याकन प्रचलित बजार मुल्य भन्दा १० हजार बढी दिइनेछ ।

कुनैपनि व्राण्डको पुरानो वाइक एक्सचेन्ज,जिरो प्रतिशत व्याजदरमा फाइनान्स, ८ हजार देखि १ लाख सम्मको स्क्राच कुपन मार्फत नगद छुट,मेला अवधिभर हेल्मेट,लेगार्ड,वाइक कभर,लगायतको सामानहरु पनि प्रदान गरीने मेलाको विशेषता रहेको खतिवडाको भनाई रहेको छ ।

साथै दशैतिहारमा १ जनालाई ३ वटा सुनको तास उपहार प्रदान गरीने छ ।यो अवसरमा खरीदकर्ता ग्राहकहरुलाई यस वर्षको गाडीको राजश्व समेत तिरीदिनुका साथै एसोसोरीज सामाग्रीहरु निःशुल्क उपलव्ध गराइनेछ ।

धरानमा मेला अवधिभरि १ सय ५० भन्दा वढी बाइक तथा स्कुटर विक्री हुने खतिवडाले दाबी गर्नुभयो ।

 

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

संयुक्त गृल व्यवसायी संघमा उदय

छाल खवर धरान,२८ चैत्र ः संयुक्त ग्रिल उद्योग व्यवसायी संघ धरानको अध्यक्षमा ...

नेकपाद्वारा ट्रेड युनियन र विद्यार्थी संगठन प्रतिब

छाल खवर धरान,२८ चैत्रः कलेजमा विद्यार्थी संगठन तथा ट्रेड युनियनमाथि प्रतिबन ...

धरानका पत्रकार कार्की हङकङमा सम्मानित

छाल खवरधरान,२८ चैत्रः ब्लाष्ट दैनिकका सम्पादक देवेन्द्र कार्की हङकङमा सम्मा ...

नोवेल एकेडेमी र विजयपुर हस्पिटलवीच स्वास्थ्य सहुलि

छाल खवरधरान,२६ चैत्रः नोवेल एकेडेमी वोडिङ स्कुल धरान–११ र विजयपुर हस् ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic