यामाहा महामेलाको पहिलो दिन १५ वाइक विक्रि

  • असोज १७, २०७८
  • ४,९५७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१७ असोज ः यमाहा मोटर साइकल आजबाट धरानमा शुरु भएको ६ दिने महा एक्सचेन्ज मेला आइतवारबाट शुरु भएको छ ।

धरानको छाताचोक स्थित जिएस मार्केट अगाडी खाली चौरमा ६ दिने महा एक्सचेन्ज मेला आजबाट शुरु भएको हो ।

यमाहा महा एक्सचेन्ज मेलाको पहिलो दिन वर्षादको अवरोध भएपनि १५ वटा गाडी विक्री भएको विजयपुर ट्रेडर्सका संचालक प्रभाव खतिवडाले जानकारी दिनुभयो ।

असोज १७ देखि २२ गतेसम्म सञ्चालन हुने महामेला पुराना वाइकहरुको एक्सचेन्ज,फाइनान्स सुविधासमेत ग्राहकहरुलाई उपलब्ध गराइएको छ ।

आधिकारिक विक्रेता खतिवडाका अनुसार पुराना बाइकहरुको मूल्याकन प्रचलित बजार मुल्य भन्दा १० हजार बढी दिइनेछ ।

कुनैपनि व्राण्डको पुरानो वाइक एक्सचेन्ज,जिरो प्रतिशत व्याजदरमा फाइनान्स, ८ हजार देखि १ लाख सम्मको स्क्राच कुपन मार्फत नगद छुट,मेला अवधिभर हेल्मेट,लेगार्ड,वाइक कभर,लगायतको सामानहरु पनि प्रदान गरीने मेलाको विशेषता रहेको खतिवडाको भनाई रहेको छ ।

साथै दशैतिहारमा १ जनालाई ३ वटा सुनको तास उपहार प्रदान गरीने छ ।यो अवसरमा खरीदकर्ता ग्राहकहरुलाई यस वर्षको गाडीको राजश्व समेत तिरीदिनुका साथै एसोसोरीज सामाग्रीहरु निःशुल्क उपलव्ध गराइनेछ ।

धरानमा मेला अवधिभरि १ सय ५० भन्दा वढी बाइक तथा स्कुटर विक्री हुने खतिवडाले दाबी गर्नुभयो ।

 

प्राईम भिजन कलेजका अभिषेक श्रेष्ठलाई ‘एसियन भिजिनर

छाल खवर धरान, २९ मङ्सिर ः धरान–१२ स्थित प्राईम भिजन इन्टरनेसनल हस्पिट ...

कुलुङ समुदायलाई छुट्टै जातिको रुपमा सूचिकरण गर्न

छाल खवर धरान,२८पुषः नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान सङ्घका अध्यक्ष द ...

जन्मोत्सवमा एल.के. विहानीद्धारा बालबिकास केन्द्रल

छाल खवर धरान,२७ पुषः जन्म दिन मनाउने मानिसका विभिन्न तरीका हुन्छन् । कसैले ...

निर्झर’ ः भावना, प्रकृति र पहिचानको संगम ः धरानमा

छाल खवर धरान,२६ पुषः नेपाली समकालीन कवितामा नयाँ स्वर र संवेदनाको उपस्थिति ...

युरेका स्कुलद्धारा पूर्व विद्यार्थीहरुलाई सम्मान

छाल खवर धरान,२२ पुषः युरेका रेसिडेन्सियल सेकेन्डरी स्कुल धरानले ३२औँ स्थापन ...

डिआइजिपी कपको उपाधी पुलिस स्कुललाई

छाल खवर धरान,२० पुषः सातौं कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजिपी रनिङ फ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic