सामाजिक कार्यमा जुटदै मेघा हिमालयन कलेज

  • असोज २२, २०७८
  • ६,८३५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२२ असोज ःमेघा–हिमालयन कलेज धरानले सामाजिक सेवा र सहयोग अन्तर्गत शुक्रबार दुइ मन्दिरलाई फोहोर व्यवस्थापनका लागि डस्टविन हस्तान्तरण गरेको छ ।

कलेजले दन्तकाली र बुढासुब्बा मन्दिरलाई डस्टबिन प्रदान गरेको हो ।

megha = 1

सो अवसरमा कलेजका बिद्यार्थीहरुले मन्दिर परिसरमा सरसफाई समेत गरेका थिए ।

कलेजका एकेडेमिक डाईरेक्टर अर्जुन घिमिरे, प्रिन्सिपल भास्कर पौडेल लगायतले १र१ थान डस्टविन दन्तकाली मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष विश्वराज खनाल र बुढासुब्बा मन्दिरका पुजारी अशोक आले मगरलाई हस्तान्तरण गरेका थिए ।

दर्शनार्थीहरुले पुजा आजा गर्न आउदा हुने फोहोर मैलालाई ब्यबस्थापन गर्न डस्टविनले सहज भएको भएको मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष खनालले बताए ।

megha = 2

कलेजको सामाजिक दायित्व निर्वाह गर्न र बिद्यार्थीहरुलाई सामाजिक कार्यमा सम्लग्न गराउने उदेश्यले मन्दिरलाई डस्टविन प्रदान गरि सरसफाई गरिएको कलेजका एकेडेमिक डाईरेक्टर अर्जुन घिमिरेको भनाई रहेको छ ।

मन्दिर सरसफाई जस्तो पवित्र सामाजिक कार्यमा सहभागी हुन पाउँदा खुशी लागेको कक्षा–११ मा अध्ययनरत छात्रा मुस्कान मगरले बताईन।

डस्टविन हस्तान्तरण र सरसफाई कार्यक्रममा कलेजका एडमिनिस्ट्रेटिभ डाईरेक्टर कैलास लिम्बू, म्यानेजमेन्ट कोअर्डिनेटर चन्द्र वनेम, सञ्चालक सदस्यहरु प्रभाष राजबन्शी, सागर खड्का, नवराज दाहाल, दिपक घिमिरे लगायतको उपस्थिती रहेको थियो।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic