सामाजिक कार्यमा जुटदै मेघा हिमालयन कलेज

  • असोज २२, २०७८
  • ६,८१५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२२ असोज ःमेघा–हिमालयन कलेज धरानले सामाजिक सेवा र सहयोग अन्तर्गत शुक्रबार दुइ मन्दिरलाई फोहोर व्यवस्थापनका लागि डस्टविन हस्तान्तरण गरेको छ ।

कलेजले दन्तकाली र बुढासुब्बा मन्दिरलाई डस्टबिन प्रदान गरेको हो ।

megha = 1

सो अवसरमा कलेजका बिद्यार्थीहरुले मन्दिर परिसरमा सरसफाई समेत गरेका थिए ।

कलेजका एकेडेमिक डाईरेक्टर अर्जुन घिमिरे, प्रिन्सिपल भास्कर पौडेल लगायतले १र१ थान डस्टविन दन्तकाली मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष विश्वराज खनाल र बुढासुब्बा मन्दिरका पुजारी अशोक आले मगरलाई हस्तान्तरण गरेका थिए ।

दर्शनार्थीहरुले पुजा आजा गर्न आउदा हुने फोहोर मैलालाई ब्यबस्थापन गर्न डस्टविनले सहज भएको भएको मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष खनालले बताए ।

megha = 2

कलेजको सामाजिक दायित्व निर्वाह गर्न र बिद्यार्थीहरुलाई सामाजिक कार्यमा सम्लग्न गराउने उदेश्यले मन्दिरलाई डस्टविन प्रदान गरि सरसफाई गरिएको कलेजका एकेडेमिक डाईरेक्टर अर्जुन घिमिरेको भनाई रहेको छ ।

मन्दिर सरसफाई जस्तो पवित्र सामाजिक कार्यमा सहभागी हुन पाउँदा खुशी लागेको कक्षा–११ मा अध्ययनरत छात्रा मुस्कान मगरले बताईन।

डस्टविन हस्तान्तरण र सरसफाई कार्यक्रममा कलेजका एडमिनिस्ट्रेटिभ डाईरेक्टर कैलास लिम्बू, म्यानेजमेन्ट कोअर्डिनेटर चन्द्र वनेम, सञ्चालक सदस्यहरु प्रभाष राजबन्शी, सागर खड्का, नवराज दाहाल, दिपक घिमिरे लगायतको उपस्थिती रहेको थियो।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic