एकीकृत समाजवादीको सुनसरीमा १ सय ७५ सदस्य जिल्ला कमिटी घोषणा

  • असोज २६, २०७८
  • ११,७८२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२६ असोज ः युवालाई समेटदै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को सुनसरी जिल्ला कमिटी गठन भएको छ ।

सोमबार इनरुवामा आयोजित जिल्ला कमिटी घोषणासभा कार्यक्रममा गोविन्द निरौलाको अध्यक्षतामा १ सय ७५ सदस्य कमिटी गठन गरिएको हो । निरौला सुनसरीका स्वच्छ छवी भएका पुराना वामपन्थि नेता हुन् ।samajwadi उनले संगठनलाई चलायमान वनाउदै विभिन्न कारणले समेटन नसकेका वामपन्थि नेता कार्यकर्ताहरुलाई एकिकृत गरी पार्टीलाई अघि वढाउने वताएकाछन् ।

कमिटीको उपाध्यक्षमा सिताराम पराजुली, रामचन्द्र मटियैत, सचिव बसन्त सुवेदी, उपसचिव राजेश भण्डारी रहेका छन।

नेकपा एसका केन्द्रिय सदस्य केशव तिम्सीनाले सुनसरी जिल्लाका दुई उपमहानगरपालिका, चार नगरपालिका र छ गाउपालिकाबाट प्रतिनिधित्व रहने गरि कुल १ सय ७५ सदस्य कमिटीमा ४० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चीत गरिएको बताए ।

samajwadi = 3

केन्द्रिय सदस्य तिम्सीनाले विगतमा नेकपा एमाले रहदा नेतृत्वलाई देवत्करण गरि आफ्ना आसेपासेलाई मात्र जिम्मेवारी दिने प्रवृतिको अन्त्य गर्दै विद्रोह गरि नेकपा एसमा आवद्ध भएका नेता कार्यकर्ताहरुलाई जिल्ला कमिटीमा समावेशी समानुपातीक सहभागीता सुनिश्चीत गरिएको दावी गरेकाछन् ।

कार्यक्रममा नेकपा एसका उपाध्यक्ष तथा प्रदेश एक इन्चार्ज धनेन्द्र बस्नेत, उपाध्यक्ष जयन्ती राई, पोलिटव्युरो सदस्य महफुज आलम अन्सारी, केन्द्रिय सदस्य केशव विष्ट, केन्द्रीय सदस्य देवराज कार्की, समाजवादी प्रेस संगठनका केन्द्रिय सहसंयोजक विश्वमणी सुवेदी, समाजवादी प्रेस संगठनका राजकुमार कार्की, केन्द्रिय सदस्य आन्नद श्रेष्ठ, शशी कोइराला, पिवी दियाली, नेपाल पत्रकार महासंधका सुनसरी सहसचिव भोला श्रेष्ठ, नेकपा एसका प्रदेश सदस्यहरु लक्ष्मण चौधरी, दुर्गा कन्दङवा, दुर्गा बुढाथोकी, ब्रह्मदेव यादव, कुशेश्वर खेरवारलगायतको सहभागीता रहेको थियो ।

नेकपा एसको भेलामा अधिकाशं एमालेमा रहेर स्थानिय निकायमा निर्वाचित भएका पुर्व गाविस अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्षहरु, प्रदेश, जिल्ला, गाउँ नगरका पदाधिकारी तथा सदस्य नेता तथा कार्यकर्ताको उल्लेखनिय सहभागीता रहेको थियो ।

कार्यक्रममा प्रेस सेन्टरका मुस्ताक आलमले सो संगठन परित्याग गरि समाजवादी प्रेस संगठनमा प्रवेश गरेका छन

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic