इलाम नगरपालिकाले कृषि क्याम्पस सञ्चालनमा ल्याउने चलाउने

  • असोज ३०, २०७८
  • १,९५७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
इलाम,३० असोज ः इलाममा सामुदायिक कृषि क्याम्पस सञ्चालन हुने भएको छ। इलाम नगरपालिकाको पहलमा सो क्याम्पस सञ्चालन हुने भएको हो।

इलाम नगरपालिका–९ शेरामा निर्माण भएर पनि सञ्चालनमा नआएको बसपार्कको भवनमा कक्षाकोठा तयार पार्न लागिएको छ। प्रयोगशाला र पुस्तकालय निर्माण भइरहेको सञ्चालक समितिका सचिव ठाकुरनारायण श्रेष्ठले बताए।

कृषि प्राविधिक उत्पादन गर्ने उद्देश्यले सामुदायिक कृषि क्याम्पस स्थापना गर्न लागिएको हो।

आठ सेमेष्टरको चार वर्षे कोर्ष चार लाख रुपैयाँमा पूरा गर्न सकिने छ। यो क्याम्पस सञ्चालनमा आएपछि जिल्लाभित्रका मात्र हैन बाहिरी जिल्लाबाट समेत विद्यार्थी आउने अपेक्षा लिइएको छ।

पहिलो सेमेष्टरको लागि ४० विद्यार्थीमात्र भर्ना गरिने छ। चार वर्षपछि पूर्ण रुपमा क्याम्पस सञ्चालन हुँदा १६० विद्यार्थी हुनेछन्।

विज्ञान विषय लिई १२ कक्षा उत्तीर्ण गरेका विद्यार्थी, आईएससी गरेका, सिटिइभिटीइमा कृषि विषय अध्ययन गरेका विद्यार्थीले सामुदायिक क्याम्पसमा बिएससीएजी पढ्न पाउनेछन्।

यसै वर्षदेखि भर्ना अभियान सुरु गरिने छ। अब कक्षा १२ को नतिजा प्रकाशित भएपछि क्याम्पसले भर्ना प्रक्रिया सुरु गरेर काम अगाडि बढाउने छ।

पूर्वाञ्चल विश्वविद्यालयबाट यसको सम्बन्धन लिइने जनाइएको छ। त्यसको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। दसैंपछि सम्बन्धनको प्रक्रिया टुङ्गिने बुझिएको छ।

क्याम्पसमा बाली विज्ञान, मत्स्य, पशुविज्ञान र हर्टिकल्चर अध्ययन अध्यापन गराइनेछ। क्याम्पस स्थापना गर्दाको सबै खर्च इलाम नगरपालिकाले बेहोर्ने बताइएको छ।
राससबाट

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic