प्रधानमन्त्री शेरबहादुर देउवाको घरमा चोरी,सम्पति सवै चोरको हातमा

  • असोज ३०, २०७८
  • १,१२७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३० असोज ः प्रधानमन्त्री शेर बहादुर देउवाको घरमा दशैमा चोरी भएको छ । दशैको टिका लगाउन आफन्तकोमा गएका वेला प्रधानमन्त्री देउवाका भाई वस्दै आएको घनगढी स्थित घरमा चोरी भएको उनको पारीवारीक स्रोतल जनाएको छ ।

धनगढी उपमहानगरपालिका –२ सन्तोषी टोलमा देउवाका भाई भरत बहादुर देउवा बस्दै आएका थिए । सोही घरमा शुक्रवार दिउसो दशैको टिका लगाउन आफन्तको घरमा गएको वेला सुनका गरगहना र नगद चोरी भएको हो ।

भरत बहादुरले सन्तोषी टोलमै आफन्तको घरमा टिका लगाउन गएको समयमा चोरी भएको बताएकाछन् ।

भरतबहादुरका अनुसार नगद ४ हजार करिव ३ तोला सुन र ३ तोला चादी चोरी भएको छ भने अन्य सामान सुरक्षित रहेको छ ।

भरत बहादुरले घरको ढोकामा ताल्चा लगाएर टिका लगाउन गएको र आउदा ताल्चा फोडेर दराजको चावी फोडेर नगद र सुन चादीका गहना चोरीएको दावी रहेकाछन् ।

चोरी भएको जानकारी पाउने वित्तिकै त्यस क्षेत्रमा व्यापक रुपमा प्रहरी परिचालन गरीएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिएकाछन् ।

भिआइपीको घरमा भएको चोरीको घटनालाई निकै चासो र रहस्यका साथ हेरीएको वताईको छ ।

सामान्य नागरीकको घरमा ठूलै घटना हुदा पनि खास महत्व नदिने प्रहरी प्रधानमन्त्री कै घरमा भएको घटनाका कारण निकै सकृय वनेको छ ।

 

 

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic