प्रधानमन्त्री शेरबहादुर देउवाको घरमा चोरी,सम्पति सवै चोरको हातमा

  • असोज ३०, २०७८
  • १,१६७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३० असोज ः प्रधानमन्त्री शेर बहादुर देउवाको घरमा दशैमा चोरी भएको छ । दशैको टिका लगाउन आफन्तकोमा गएका वेला प्रधानमन्त्री देउवाका भाई वस्दै आएको घनगढी स्थित घरमा चोरी भएको उनको पारीवारीक स्रोतल जनाएको छ ।

धनगढी उपमहानगरपालिका –२ सन्तोषी टोलमा देउवाका भाई भरत बहादुर देउवा बस्दै आएका थिए । सोही घरमा शुक्रवार दिउसो दशैको टिका लगाउन आफन्तको घरमा गएको वेला सुनका गरगहना र नगद चोरी भएको हो ।

भरत बहादुरले सन्तोषी टोलमै आफन्तको घरमा टिका लगाउन गएको समयमा चोरी भएको बताएकाछन् ।

भरतबहादुरका अनुसार नगद ४ हजार करिव ३ तोला सुन र ३ तोला चादी चोरी भएको छ भने अन्य सामान सुरक्षित रहेको छ ।

भरत बहादुरले घरको ढोकामा ताल्चा लगाएर टिका लगाउन गएको र आउदा ताल्चा फोडेर दराजको चावी फोडेर नगद र सुन चादीका गहना चोरीएको दावी रहेकाछन् ।

चोरी भएको जानकारी पाउने वित्तिकै त्यस क्षेत्रमा व्यापक रुपमा प्रहरी परिचालन गरीएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिएकाछन् ।

भिआइपीको घरमा भएको चोरीको घटनालाई निकै चासो र रहस्यका साथ हेरीएको वताईको छ ।

सामान्य नागरीकको घरमा ठूलै घटना हुदा पनि खास महत्व नदिने प्रहरी प्रधानमन्त्री कै घरमा भएको घटनाका कारण निकै सकृय वनेको छ ।

 

 

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic