७३ जिल्लामा नेकपा (एस.)को कमिटी गठन

  • कार्तिक ६, २०७८
  • ७२६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौँ ,६ असोजः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ७३ जिल्लामा कमिटी गठन गर्न सफल वनेको दावी गरेको छ ।

पार्टीका प्रचार विभाग प्रमुख तथा उपमहासचिव जगन्नाथ खतिवडाले चारवटा गैर भौगोलिक जिल्ला कमिटी समेत गठन गरिएको दावी समेत गरेकाछन् ।

पछिल्लो समय वर्षा, बाढी, पहिरोका कारण कमिटी गठन कार्य स्थगित गरि सामाजिक कार्यमा लागिएको जनाएकाछन् ।

उनका अनुसार सङ्घीय तथा प्रदेशस्तरका निर्वाचन क्षेत्रीय कमिटी, स्थानीय तहका विभिन्न पालिका, वडा तथा टोल कमिटी गठनको प्रक्रिया जारी छ भने विभिन्न जिल्ला र केन्द्रबीच समन्वय स्थापित गर्ने सम्पर्क मञ्चको गठनका क्रममा छन् ।

देशबाहिर विभिन्न प्रवास कमिटीसमेत गठन भइरहेका छन् भने पार्टी निर्माणका पक्षमा देशभरका हजारौं युवा, विद्यार्थी कार्यकर्ताको स्वःस्फूर्त सहभागिता रहेको विज्ञप्तिमा जनाइएको छ ।

पार्टीको आधिकारिक प्रकाशनतर्फ केन्द्रीय मुखपत्रका रूपमा ‘समाजवाद’ र गतिविधिमूलक प्रकाशन (बुलेटिर्न ) का रूपमा ‘कलम’ को प्रकाशन तयारी भइरहेको समेत खतिवडाले जानकारी दिएकाछन् ।

त्यसमध्ये ‘कलम’ को प्रकाशन एक साताभित्र सम्पन्न गर्ने गरी काम अगाडि बढेको जनाइएको छ । पार्टीको आधिकारिक वेबसाइट, विभिन्न सामाजिक सञ्जालमा पार्टीको उपस्थितिका निम्ति प्राविधिक कार्य अन्तिम चरणमा पुगेको उल्लेख गरिएको विज्ञप्तिमा पार्टीका पाँच सङ्घीय सांसदले मन्त्रिपरिषद्मा सहभागिता जनाएको भनिएको छ ।

प्रदेश १ र वाग्मती प्रदेश सरकारको आगामी नेतृत्व पार्टीले गर्ने सहमति ५ दलीय गठबन्धनको बैठकले गरिसकेको जनाइएको छ ।

गत भदौ ९ गते निर्वाचन आयोगबाट दर्ता प्रमाणपत्र प्राप्त गरेको पार्टीले केन्द्रीय कमिटीलाई पूर्णता दिने काम सम्पन्न भएको छ । सम्पूर्ण प्रदेश तथा प्रदेशस्तरका कमिटीका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष, सचिवसहितका पदाधिकारी तोकिएका छन् । केन्द्रीय आयोग र निकायहरु गठन भइसकेका छन् ।

केन्द्रीय विभागका प्रमुख, उपप्रमुखहरु तोकिएका छन् । ती विभागहरुलाई पूर्णता दिनका निम्ति देशभरबाट विभागको कार्यक्षेत्र, प्रकृति र चरित्रअनुसारका छनोट गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।

सबै जनसंगठन, पेशागत तथा सामुदायिक संगठनहरुको विभिन्न तहका कमिटी गठन, पुनर्गठन तथा रूपान्तरणका काम जारी छन् ।

पार्टीको सम्पूर्ण जिल्ला कमिटी, जनसंगठनसहित विविध पेशागत तथा सामुदायिक संगठनका इञ्चार्ज तथा सहइञ्चार्ज तोक्ने काम सम्पन्न भएको जनाइएको छ ।

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic