लिम्वुवानको सुनसरी सम्मेलन धरानमा

  • कार्तिक १०, २०७८
  • ३,८२९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१० असोज ः संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतको संघीय लिम्बुवान मञ्च, नेपालको सुनसरीको जिल्ला सम्मेलनको घोषणा गरेको छ ।

मञ्चले धरानमा बुधवार पत्रकार सम्मेलन गरी पार्टीको जिल्ला सम्मेलन गर्ने वारे जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष अमर इजमले आगामी कार्तिक २६ गते धरान–१५ स्थित होटल इजिराइडर्स हलमा आयोजना गरीने निर्णय भएको जानकारी दिएकाछन् ।

उनका अनुसार सम्मेलनका तयारीका लागि अमर इजमको संयोजकत्वमा सम्मेलन तयारी समिति गठन गरीएको छ । जसमा सदस्य सचिवमा निर्मल राई,अर्थ संयोजकमा डम्वर थक्लुङ,सदस्यहरुमा सन्जुहाङ सावा,मनोहर थलङ,इन्दु नेम्वाङ र जिवाइल मन्सुरी रहेकाछन् ।

त्यसैगरी प्रचार प्रसार तथा जनपरिचालन संयोजजकमा रमेश राई र अनुगमन समिति संयोजकमा भुपेन्द्र शुन्दर लावति रहेकाछन् ।

जिल्ला भरीबाट २ सय जना प्रतिनिधि र पर्यवेक्षक रहने पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।

प्रदेशको संरचना १० प्लस १ को मोडलमा आफ्नो पार्टी रहेको वताउदै इजमले सम्मेलनले सवल सक्षम नेतृत्व चयन गर्ने जानकारी दिए ।

कार्यक्रमको उद्घाटन केन्द्रीय अध्यक्ष कुमार लिङदेनले गर्ने कार्यक्रम तय भएको समेत वताईएको थियो ।

 

 

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic