लिम्वुवानको सुनसरी सम्मेलन धरानमा

  • कार्तिक १०, २०७८
  • ३,८०४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१० असोज ः संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतको संघीय लिम्बुवान मञ्च, नेपालको सुनसरीको जिल्ला सम्मेलनको घोषणा गरेको छ ।

मञ्चले धरानमा बुधवार पत्रकार सम्मेलन गरी पार्टीको जिल्ला सम्मेलन गर्ने वारे जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष अमर इजमले आगामी कार्तिक २६ गते धरान–१५ स्थित होटल इजिराइडर्स हलमा आयोजना गरीने निर्णय भएको जानकारी दिएकाछन् ।

उनका अनुसार सम्मेलनका तयारीका लागि अमर इजमको संयोजकत्वमा सम्मेलन तयारी समिति गठन गरीएको छ । जसमा सदस्य सचिवमा निर्मल राई,अर्थ संयोजकमा डम्वर थक्लुङ,सदस्यहरुमा सन्जुहाङ सावा,मनोहर थलङ,इन्दु नेम्वाङ र जिवाइल मन्सुरी रहेकाछन् ।

त्यसैगरी प्रचार प्रसार तथा जनपरिचालन संयोजजकमा रमेश राई र अनुगमन समिति संयोजकमा भुपेन्द्र शुन्दर लावति रहेकाछन् ।

जिल्ला भरीबाट २ सय जना प्रतिनिधि र पर्यवेक्षक रहने पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।

प्रदेशको संरचना १० प्लस १ को मोडलमा आफ्नो पार्टी रहेको वताउदै इजमले सम्मेलनले सवल सक्षम नेतृत्व चयन गर्ने जानकारी दिए ।

कार्यक्रमको उद्घाटन केन्द्रीय अध्यक्ष कुमार लिङदेनले गर्ने कार्यक्रम तय भएको समेत वताईएको थियो ।

 

 

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic