बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे भोलि ३ः१५ बजे शपथ हुदै

  • कार्तिक १०, २०७८
  • २,६१७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं, १० असोज ः मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि बागमती प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्री वन्ने भएकाछन् ।

उनले मुख्यमन्त्रीका लागि गठबन्धनका तर्फबाट ५९ जना सांसदको समर्थनसहित बुधबार साँझ प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष दाबी पेश गरेपछि उनी मुख्यमन्त्री वन्ने भएका हुन् ।

प्रदेश प्रमुख शर्माले बिहीबार दिउँसो ३ बजेसम्म दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दाबी पेश गर्न प्रदेशसभा सदस्यलाई आह्वान गरेका थिए।

समाजवादीका सांसद वसन्त मानन्धरले दिएको जानकारी अनुसार ११० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५६ जना सांसद चाहिनेमा गठबन्धनले ५९ जना सांसदको हस्ताक्षर बुझाएको छ ।

गठवन्धनमा माओवादी केन्द्रका २३, कांग्रेसको २२, एकीकृत समाजवादीका १३ र जसपाका एक जना प्रदेश सभाका सदस्य छन्।

मानन्धरले दाबी पेश भएसँगै बिहीबार दिउँसो ३ः१५ बजेका लागि शपथ ग्रहणको कार्यक्रम तय भएको जानकारी दिएकाछन् ।

गठवन्धन मध्येका दलहरुले प्रदेश नं १ र वाग्मति प्रदेशमा एकिकृत समाजवादीलाई मुख्यमन्त्री दिने गरी सहमति गरेकाछन् ।

 

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic