धरानको कृषि उपज बजार आठौ पटक नेपाल प्रथम

  • कार्तिक १२, २०७८
  • ५,८३८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१२ असोज ः मेहनत गरे स्थानीय स्तरमा पनि गर्न सकिदैन भन्ने गतिलो उदाहारण धरान–१३ स्थित धरान कृषि उपज वजार स्थल बन्न सफल वनेको छ ।

मुलुक भरका ११ वटा संघीय स्तरका कृषि बजारलाई उछिन्दै धरानको कृषि बजार आठौं पटक प्रथम वन्न सफल वनेको हो ।

कृषि बजार स्थलका व्यवस्थापक लक्ष्मण भट्टराईले कृषि तथा पशुपक्षी विकास मन्त्रालयले धरानको कृषि उपज बजारलाई यो वर्षको प्रथम बजार घोषणा गरेको जानकारी दिनुभएको छ ।

उनका अनुसार देशभरिका ११ वटा सङ्घीय स्तरको कृषि थोक बजारमध्ये उत्कृष्ट हुँदै धरान कृषि बजारले यस पटक समेत गरेर आठौं पटक प्रथम पुरस्कार हात पार्न सफल वनेकोछ ।

धरान कृषि बजराले विगत २०७५ साल यता लगातार प्रथम नजिता हात पार्न सफल बन्दै आएको छ । कृषि मन्त्रालयले हरेक वर्ष विश्व खाद्य दिवसको अवसर पारेर उत्कृष्ट थोक बजारलाई पुरस्कृत गर्ने गरेको छ ।

कृषि बजारका प्रमुख भट्टराईका अनुसार हरेक वर्ष अक्टोबर १६ मा देशभरका उत्कृष्ट कृषि थोक बजारहरूलाई मूल्याङ्कन गरी पुरस्कार वितरण गर्ने गरीएको छ ।

धरानको कृषि उपज बजार स्थल प्रथम, सिन्धुली कृषि थोक बजार दोस्रो र बुटवल कृषि थोक बजारलाई तेस्रो घोषणा गरी पुरस्कृत गरिएको भट्टराईले जानकारी दिनुभएको छ ।

पुरस्कार राशी नगद १० हजार र प्रमाण पत्रले पुरस्कृत गरेको भट्टराईको भनाई रहेको छ । किसान तथा व्यापारीलाई दिइने बजार सेवाको व्यवस्थापन, कारोबारको अवस्था लगायतको अनुगमन र मूल्याङ्कन गरेर वर्षेनी थोक बजारलाई पुरस्कृत गर्ने गरिएको छ ।

प्रथम, दोस्रो र तेस्रो हुने बजारहरूले क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद सहित प्रमाण पत्र पाएका छन् ।

बजार व्यवस्थापन समतिका अध्यक्ष पशुराम कटुवालले व्यवस्थापनमा सवैको सहयोग र सहकार्यका कारण सफलता हात पार्न सफल वनेको वताउनु भयो ।

उहाले आगामी दिनमा पनि थप व्यवस्थित गर्दै यसलाई निरन्तरता दिदै अन्र्तराष्ट्रिय स्तरको बजार वनाउनका लागि स्थानीय सरकार प्रदेश सरकार र संघीय सरकारको सहयोगको अपेक्षा गरीएको वताउनु भयो ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic