धरानको कृषि उपज बजार आठौ पटक नेपाल प्रथम

  • कार्तिक १२, २०७८
  • ५,७६३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१२ असोज ः मेहनत गरे स्थानीय स्तरमा पनि गर्न सकिदैन भन्ने गतिलो उदाहारण धरान–१३ स्थित धरान कृषि उपज वजार स्थल बन्न सफल वनेको छ ।

मुलुक भरका ११ वटा संघीय स्तरका कृषि बजारलाई उछिन्दै धरानको कृषि बजार आठौं पटक प्रथम वन्न सफल वनेको हो ।

कृषि बजार स्थलका व्यवस्थापक लक्ष्मण भट्टराईले कृषि तथा पशुपक्षी विकास मन्त्रालयले धरानको कृषि उपज बजारलाई यो वर्षको प्रथम बजार घोषणा गरेको जानकारी दिनुभएको छ ।

उनका अनुसार देशभरिका ११ वटा सङ्घीय स्तरको कृषि थोक बजारमध्ये उत्कृष्ट हुँदै धरान कृषि बजारले यस पटक समेत गरेर आठौं पटक प्रथम पुरस्कार हात पार्न सफल वनेकोछ ।

धरान कृषि बजराले विगत २०७५ साल यता लगातार प्रथम नजिता हात पार्न सफल बन्दै आएको छ । कृषि मन्त्रालयले हरेक वर्ष विश्व खाद्य दिवसको अवसर पारेर उत्कृष्ट थोक बजारलाई पुरस्कृत गर्ने गरेको छ ।

कृषि बजारका प्रमुख भट्टराईका अनुसार हरेक वर्ष अक्टोबर १६ मा देशभरका उत्कृष्ट कृषि थोक बजारहरूलाई मूल्याङ्कन गरी पुरस्कार वितरण गर्ने गरीएको छ ।

धरानको कृषि उपज बजार स्थल प्रथम, सिन्धुली कृषि थोक बजार दोस्रो र बुटवल कृषि थोक बजारलाई तेस्रो घोषणा गरी पुरस्कृत गरिएको भट्टराईले जानकारी दिनुभएको छ ।

पुरस्कार राशी नगद १० हजार र प्रमाण पत्रले पुरस्कृत गरेको भट्टराईको भनाई रहेको छ । किसान तथा व्यापारीलाई दिइने बजार सेवाको व्यवस्थापन, कारोबारको अवस्था लगायतको अनुगमन र मूल्याङ्कन गरेर वर्षेनी थोक बजारलाई पुरस्कृत गर्ने गरिएको छ ।

प्रथम, दोस्रो र तेस्रो हुने बजारहरूले क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद सहित प्रमाण पत्र पाएका छन् ।

बजार व्यवस्थापन समतिका अध्यक्ष पशुराम कटुवालले व्यवस्थापनमा सवैको सहयोग र सहकार्यका कारण सफलता हात पार्न सफल वनेको वताउनु भयो ।

उहाले आगामी दिनमा पनि थप व्यवस्थित गर्दै यसलाई निरन्तरता दिदै अन्र्तराष्ट्रिय स्तरको बजार वनाउनका लागि स्थानीय सरकार प्रदेश सरकार र संघीय सरकारको सहयोगको अपेक्षा गरीएको वताउनु भयो ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic