प्रदेश १ को मुख्यमन्त्री राजेन्द्र राई वन्दै आज २ वजे शपथ हुदै

  • कार्तिक १६, २०७८
  • ३९१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१६ असोज ःप्रदेश १ मा गठबन्धन दलको तर्फबाट नेकपा (एकीकृत समाजवादी) पार्टीका संसदीय दलका नेता राजेन्द्र राई मुख्य मन्त्री वन्ने भएकाछन् ।

गठवन्धन दलका तर्फबाट मुख्यमन्त्रीका लागि राइले ५० जना संसदको हस्ताक्षर सहित दावी पेस गरेपछि उनी मुख्य मन्त्री हुने निश्चित भएको हो ।

गठवन्धन दलहरुले राईको नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सोमनाथ अधिकारी समक्ष सोमवार दाबी पेस गरेका थिए ।

सोमबार दिउँसो प्रदेश प्रमुख सोमनाथ अधिकारी समक्ष सांसद्‍हरूले राईको नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेस गरेको पत्र बुझाएका हुन् ।

प्रदेश प्रमुख अधिकारीले पत्र बुझ्दै भोलि मंगलबार २ बजेका लागि शपथ ग्रहणको समय समेत तय गरिसकेका छन् ।

यसअघि एमालेका सांसद् भीम आचार्यले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख अधिकारीले सोमबार नै नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए ।

९२ सदस्यीय प्रदेशसभामा एकल बहुमत रहेको एमालेका ५१ सदस्यमध्ये १० जना प्रदेश सांसद एकीकृत समाजवादीमा गएपछि एमाले ४१ जनामा खुम्चिएको थियो । त्यसपछि आचार्य अल्पमतमा परेका थिए । नेकपा (एस) लाई कांग्रेससहित पाच गठवन्धन दलहरुको ५० सांसद्को समर्थन रहेको छ ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic