प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त पहिलो बैठकले के ग¥यो निर्णय

  • कार्तिक १७, २०७८
  • ७०७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१७ असोज ः प्रदेश नम्बर १ मा गठवन्धनको तर्फबाट राजेन्द्र राई मुख्यमन्त्री नियुक्त भएकाछन् ।

मुख्यमन्त्री राईmलाई मंगलवार दिउसो ४ वजे प्रदेश प्रमुख सोमप्रसाद अधिकारीले पद तथा गोपनीयताको शपथ गराएका थिए ।

मुख्यमन्त्री राईले चार मन्त्री र एक राज्यमन्त्रीसहित ६ सदस्यीय मन्त्रिपरिषद् पनि गठन गरेका छन् ।

mantri1

नवनियुक्त मन्त्रीहरूमा इन्द्रबहादुर आङ्बो, आर्थिक मामिला तथा योजना मन्त्री, हिमाल कार्की भौतिक पूर्वाधार विकास मन्त्री, केदार कार्की आन्तरिक मामिला तथा कानुन मन्त्री र जयराम यादव सामाजिक विकास मन्त्री बनेका छन् भने विष्णुमाया तुम्वाहाङफे सामाजिक विकास राज्यमन्त्री नियुक्त वनेकीछिन् ।

इन्द्र आङ्वो यस अघिको शेरधन राई मुख्यमन्त्री भएको समयमा पनि आर्र्थिक मामिला मन्त्री थिए भने अन्य मन्त्री र मुख्यमन्त्री भने नया अनुहार हुन ।

पहिलो बैठकले के ग¥यो निर्णय

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वको मन्त्रीपरिषदको पहिलो बैठकले भीम आचार्य नेतृत्वको सरकारले गरेको निर्णय, नियुक्ती र सरुवा खारेजी गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा मंगलबार बसेको पहिलो मन्त्रीपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

अघिल्लो सरकार गठनदेखि नै असंवैधानिक रहेको ठहर गर्दै मन्त्रीपरिषद बैठकले आचार्य नेतृत्वको सरकारले गरेका सबै निर्णय, नियुक्ती र सरुवा पुनरावलोकन गरि खारेजीको प्रक्रियामा लैजाने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले जनाएको छ ।

बैठकले प्रदेशका १३७ स्थानीय तहका १र१ जना अल्पसंख्यक, सिमान्तकृत, दलित र बिपन्नलाई प्राबिधिक शिक्षा अध्ययन गर्न छात्रवृत्ति प्रदान गर्ने पनि बैठकले निर्णय गरेको छ ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic