प्रेस सेन्टर सुनसरी अध्यक्षमा तीर्थ कार्की सर्वसम्मत चयन

  • कार्तिक १७, २०७८
  • १,२८० पटक पढिएको
  • छाल खबर
alt

  छाल खवर
धरान,१७ असोज ः नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपाल सुनसरीको मंगलबार इटहरीमा सम्पन्न चौँथो अधिवेशनले तीर्थ कार्कीको अध्यक्षतामा २१ सदस्य नयाँ समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा लेखनाथ दंगाल, महिला उपाध्यक्षमा अनिता रसाइली, सचिवमा अच्युत भट्टराई, सहसचिवमा मनोज निरौला, सहसचिव समावेशीमा दिलबहादुर राई र कोषाध्यक्षमा सविना राई चयन हुनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा मनि काङमाङ, सुमित थापा, राजकुमार श्रेष्ठ, टिकाराम विक, अम्बिका पाँचकोटी, संगीता चौधरी, नगेन्द्र बजगाई र विनिता कटुवाल चयन हुनुभएको छ ।

2 final

बाँकी ६ सदस्य समितिको बैठकले थप गर्ने गरी रिक्त राखिएको छ ।

अधिवेशनले प्रदेश प्रतिनिधिमा रश्मी प्रधान, गोविन्द बस्नेत, विशाल राई, धनकुमार राई (मिलन) र लोकराज निरौलालाई चयन गरेको छ ।

यसैगरी केन्द्रिय अधिवेशन प्रतिनिधिमा गणेश तिम्सिनालाई चयन गरेको छ । बाँकी प्रदेश र केन्द्रिय अधिवेशन प्रतिनिधि समितिको बैठकले चयन गर्ने नवनिर्वाचित अध्यक्ष तीर्थ कार्कीले जानकारी दिनुभयो ।

यसअघिको कार्यसमितिमा सचिव रहनुभएका कार्की पत्रकारिता, क्षमता अभिवृद्धि तथा व्यक्तित्व विकास सम्बन्धि प्रशिक्षक पनि हुनुहुन्छ । दन्तकाली एफएम धरानका सम्पादक तथा कार्यक्रम प्रस्तोता रहनुभएका उहाँ शहिद परिवार समेत हुनुहुन्छ ।

3 final

नेकपा माओवादी केन्द्र सुनसरी इन्चार्ज तथा केन्द्रिय सदस्य निर्मल बरालको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको हो ।

4 final

संगठनका प्रदेश नं. १ इन्चार्ज राजन केडी, संयोजक श्रीशीशा राई, केन्द्रिय अधिवेशन आयोजक समिति सदस्य केशव घिमिरे, गंगा बराल, जनकक्रृषि राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic