नेकपा एकीकृत समाजवादीद्धारा ३ सदस्यीय वार्ता समिति गठन

  • कार्तिक १९, २०७८
  • ४९७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं ,१९ असोज ः नेकपा एकीकृत समाजवादीले फरक धार,फरक विचार समूहमा रहेका पार्टी, राजनीतिक समूह र व्यक्तिसँग वार्ता गर्न ३ सदस्यीय वार्ता टोली गठन गरेको छ ।

बुधबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले महासचिव बेदुराम भुसालको नेतृत्वमा उपमहासचिव गंगालाल तुलाधर र विजयकुमार पौडेल सदस्य रहेको वार्ता टोली गठन गरेको हो ।

उपमहासचिव ग‌ंगालाल तुलाधरले वार्ता टोलीले वार्तासम्बन्धी प्रस्ताव पेश गरी पार्टी सचिवालय समितिमा पेश गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।

एकीकृत समाजवादीले केन्द्रीय कमिटीको दोस्रो बैठक कात्तिक २७ र २८ गते काठमाडौंमा गर्ने भएको छ । बैठकले न्यायपालिकामा देखापरेको समस्यालाई गम्भीर रुपमा लिई उपयुक्त निकास निकाल्न पाँच दलीय गठबन्धनमा छलफल गर्ने निर्णय पनि गरेको छ ।

काठमाडौं उपत्यकामा खानेपानी आपूर्ति गर्न सरकारलाई आग्रह गर्ने निर्णय पनि गरेको उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिएका छन् ।

एकीकृत समाजवादीले सरकारको कामलाई अझै प्रभावकारी बनाउन गठबन्धनमा छलफल गर्ने, पार्टीबाट सरकारमा पठाइएका मन्त्री तथा मुख्यमन्त्रीले पार्टीको नीति निर्देशन अनुसार प्रभावकारी रुपमा काम गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै मन्त्री र मुख्यमन्त्रीको सल्लाहकारको नियुक्ति, सचिवालयको गठन गर्दा पार्टीसँग सल्लाह गरेर गर्ने, राजनीतिक नियुक्ति गर्दा केन्द्रमा राजकीय मामिला विभागको सिफारिसका आधारमा केन्द्रीय सचिवालयले निर्णय अनुसार गर्ने र प्रदेशमा पार्टी अध्यक्षको सहमति लिएर प्रदेश इन्चार्ज, प्रदेश अध्यक्ष र मुख्यमन्त्रीको निर्णय अनुसार काम गर्ने निर्णय पनि गरेको उपमहासचिव तुलाधरले जानकारी दिए ।

अग्रगामी आन्दोलनमा लागेका तथा पार्टीको नीति सिद्धान्तलाई आत्मसात गर्ने जो सुकैलाई पनि पार्टीमा आवद्ध गराउने पार्टीको नीति रहेको उपमहासचिव तुलाधरको भनाई रहेको छ ।

गठवन्धन सरकारमा नेकपा एकिकृत समाजवादी सहभागी वनेकोछ । नेकपा एकिकृत समाजवादी पार्टीले वागमति प्रदेश र प्रदेश नं. १ मा एकिकृत प्रदेश सरकारको नेतृत्व गरेको छ ।

प्रदेश १ मा राजेन्द्र राई मुख्यमन्त्री वनेका छन् भने वागमति प्रदेशमा राजेन्द्र पाण्डे मुख्यमन्त्री वनेकाछन् ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic